एसईई नतिजा सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले गत चैतमा लिएको माध्यमिक शिक्षा कक्षा १० (एसईई) परीक्षाको नतिजा आज बिहीबार सार्वजनिक  गरेको छ।सार्वजनिक भएको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् जसमा ९ हजार ५९६ छात्र र ७ हजार २८६ छात्रा रहेका छन् । त्यस्तै प्रकाशित नतिजाअनुसार ए जीपीए ल्याउनेहरुको संख्या ४८ हजार ९६० छन् जहाँ २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले उल्लेख गरेको छ । त्यसैगरी बी जीपीए ल्याउने बिद्यार्थीहरुको संख्या ७४ हजार ११० छ जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा रहेका छन् । यसैगरी बी प्लस जीपीए प्राप्त गर्ने बिद्यार्थीहरु ६० हजार ७०६ जना छन् जसमा ३४ हजार १६६ छात्र र २६ हजार ५४० छात्राहरु छन् । ४५ हजार ७८९ छात्र र ५१ हजार ५१० छात्रागरी कुल ९७ हजार २९९ ले सी प्लस ल्याएका छन् भने ४२ हजार ८८३ छात्र र ५३ हजार ३३६ छात्राहरु गरी कुल ९५ हजार २ सय ९ जना सी जीपीए ल्याएका छन् । प्रकाशित नतिजाबमोजिम
४३ हजार ८४० जना विद्यार्थीले डी प्लस ल्याएका छन् जसमा छात्रतर्फ १९ हजार १३३ र छात्रातर्फ ३४ हजार ७०७ रहेका छन् । ४ हजार ४२९ जनाले डी जीपीए ल्याए जसमा १८६६ छात्र र २५६३ छात्रा हुन् ।

गत १० चैतबाट २१ गतेसम्म सम्मपन्न परिक्षामा देशभरिबाट सामुदायिक विद्यालयतर्फ ३ लाख २५ हजार ३३० र निजी विद्यालयबाट १ लाख ३३ हजार ९४५ विद्यार्थीहरुले परिक्षा दिएका थिए । जस अन्तर्गत साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । त्यसगरी यसपाली निकै चर्चामा रहेका नायिका करिश्मा मानन्धर र नेकपा सांसद शान्ता चौधरी पनि एसईईमा सहभागी भएका थिए, जहाँ नायिका करिश्मा मानन्धरले बी प्लस जीपीए प्राप्त गर्न सफल भएकी छिन् भने सांसद चौधरीले बी जीपीए प्राप्त गरेकी छन् । उता चौधरीसंगै परिक्षा दिएकी उनकी छोरीले भने बी प्लस जीपीए ल्याउन सफल भएकी छिन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.