मृत्युवरण आम मानिसको लागि सहज विषय पक्कै हैन।बिदेशमा मनग्य आर्थिक उपार्जन गर्ने उद्देशका साथ अधिक नेपालिहरु आइरहेको परिपेक्षमा कतिपय अवस्था भने नियतिले दु:खद अवस्था निम्त्याउने गर्दछ।अहिले त्यस्तै दु:खद नियतिले नेत्र बहादुर घलेको परिवारलाई प्रताडित बनाएको छ।गत शनिबार उपचारका क्रममा घलेको साओ जोजे अस्पतालमा मृत्यु भएको थियो।घले केही वर्षदेखि पोर्चुगलमा बस्दै आएका थिए।
एन आर एन ए पोर्चुगलले शवलाई अन्तिम सदगतको लागि नेपाल पठाउन पहल सुरु भएको बताएको छ भने उक्त कार्यको लागि एन आर एन एकै सम्योजनमा आर्थिक सङ्गकलन सुरु गरिएको जनाइएको छ।