लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले नेपालबाट आएका वरिष्ठ पत्रकार तथा बेलायतस्थित नेपाली अगुवाहरुसँग अन्तरक्रिया गरेको छ ।
लन्डनको ह्यारो बरो फुटवल क्लवमा शनिवार सम्पन्न अन्तरसंवादमा बेलायतस्थित नेपाली समाजका अगुवाहरुले नेपाली संघसंस्था र पत्रकार एकअर्का संग हातेमालो गरी अघि बढनु पर्नेमा जोड दिए । लन्डन ह्यारो बरो फुटवल क्लवमा शनिवार सम्पन्न अन्तरसंवादमा सहभागीले सामाजिक अभियन्ता र पत्रकारलाई पारस्परिक सहयोगका लागि हातेमालो गर्न आग्रह गरेका हुन ।
नेपालबाट निजी भ्रमणमा बेलायत आएका नेपाल प्रेस काउन्सिलका सदस्य खिल बहादुर भण्डारी, अनलाईन खवर डटकमका समाचार सम्पादक मातृका पौडेल र नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य तथा पूर्व पत्रकार तथा एन आर एन अभियन्ता संगीता मरहट्टा
को सहभागिता मा बेलायतस्थित संघसस्थाका अगुवाहरुवीच अन्तरसंवाद गरिएको थियो ।
एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले सामाजिक संस्थाहरुबीच हातेमालो जरुरी रहेको बताए । उनले एनआरएनएले समाजमा खेलेको राम्रा कामलाई पत्रकारिताले विश्वभर फैलाउन मद्दत गरिरहेकोमा धन्यवाद दिए । अध्यक्ष फगामीले आगामी दिनमा पनि एनआरएनए र पत्रकारवीच सहकार्य जरुरी रहेकाले यस्ता अन्तरसंवादलाई जारी राख्नुपर्नेमा जोड दिए ।
प्रवासी नेपाली मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले औपचारिक कार्यक्रममा मात्र सीमित नरही अनुसन्धानमूलक समाचार सम्प्रेषणका लागि पत्रकारहरुलाई आग्रह गरे । तमुधी यूकेका अध्यक्ष नन्दजंग गुरुङले तमुधीयूके पत्रकारसँग हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए ।
कार्यक्रमका संयोजक तथा नेपाल पत्रकार महासंघ यूके शाखाका वरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले अन्तरसंवादले सामाजिक अगुवा र पत्रकारलाई एकअर्कामा बुझ्न सजिलो हुने विश्वास लिएको बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ युकेका सल्लाहकार भागीरथ योगीले प्रवासमा नेपाली मिडिया, मिडिया काउन्सिल विधेयक, प्रवासीका समाचारलाई नेपाली संचार माध्यममा सिधा पहुचका विषयमा समुहगत छलफल चलाएका थिए । जसमा प्रेस काउन्सिलका सदस्य भण्डारी, पत्रकारहरु पौडेल, आचार्य र संगीता मरहठ्ठाले भाग लिएका थिए । उक्त अन्तरसंवादमा फलोरबाट उठाइएका प्रश्नहरुको चारै जनाले जवाफ दिएका थिए । महासंघ यूके शाखाका अध्यक्ष नरेश खपांगी मगरको अध्यक्षतामा सम्पन्न अन्तरसंवादको संचालन महासंघ यूके शाखाका महासचिव संजयभक्त कडेलले गरेका थिए । अन्तरसंवाद कार्यक्रममा शाखाका वरिष्ठ उपाध्यक्ष ध्रुव अर्यालले धन्यवाद ज्ञापन गरे भने महासंघ यूके शाखाका अध्यक्ष मगरले सहभागी सवैप्रति कार्यक्रममा सकृयतापूवर्क सहभागीता जनाएकोमा आभार प्रकट गरेका थिए ।
अन्तरसंवादमा जनप्रगतिशील मंच यूकेका अध्यक्ष सुरेश गौतम, तमुधी यूकेका पुर्वअध्यक्ष ज्ञाम गुरुङ, सोलिसिटर राजु थापा, एनआरएनए उपाध्यक्षहरु पुनम गुरुङ, प्रेम गाहामगर, आइसिसि सदस्य रामशरण सिंखडा, एनआरएनए अभियन्ता कृष्ण तिमल्सेना, समाजसेवी आरती श्रेष्ठ, सरस्वती केसी, कलाकार सनम वैराग, सिर्जनशील नेपाली समाज यूकेका पुर्वअध्यक्ष धनवहादुर सार्की, गुल्मी समाज युकेका पूर्वअध्यक्ष राम गलामी, अध्यक्ष टोप पल्ली, नेपाल प्रेस यूनियन यूकेका अध्यक्ष विपिन निरौला, पत्रकार राजेन्द्र भट्ट, नेप्लीज सेफ एसोसियसनका अध्यक्ष दधि आचार्य, व्यवसायी कमल पौडेल, व्यवसायी कृष्ण तिवारी, नेप्लीज व्रिटिश कम्यूनिटीका अध्यक्ष मिलन घिमिरे, साहित्यकार खगेद्र नेपाली, बर्न्टओक नेपाली समाजका अध्यक्ष उदय गुरुङ, पत्रकार फडिन्द्र भट्टराई, व्यवसायी विष्णु खरेल, सामाजसेवी क्षमता ढकाल, कमला राना लगायतको सहभागिता थियो ।