पोल्यान्ड नेपाल सम्वाददाता
पोर्चुगल
पछिल्लो समय नेपालमा विभिन्न पाटी बिच एकता प्रक्रियाले तिब्रता पाइरहेको बेला प्रबासमा पनि तिनैका भातृ सङ्गठनबिचमा पनि धमाधम एकताले मुर्तरुप लिन थालेको छ।त्यसैको पछिल्लो कडिको रुपमा पोर्तुगलमा रहेका पुर्ब नयाँ शक्ति पाटिको भातृ सङ्गठन र संघिय समाजबादी फोरमको भातृ सङ्गठनबिच एकता गरि नेपाली समाज पोर्तुगल नामाकरण गरिएको छ।हिजो आइतबार दुबै सस्थाका अध्यक्षले एकीकरण गरिएको औपचारिक घोषणा गरेका थिए।नबगठित कार्यसमितिमा सोम शेर्पा अध्यक्ष चुनिएका छन भने सह-अध्यक्षमा भरत ढकाल चयन भएका छन।उपाध्यक्षहरुमा प्रशान्त गुरुङ्ग,रबिन चौधरी,रिन्जी शेर्पा र ओमकार खरेल चुनिएका छन।त्यसैगरी महासचिवमा ईश्वर पाण्डेलाई चयन गरिएको छ भने उपमहासचिबमा राजु लामा,सचिबमा क्रमशः सुशील आचार्य,बिस्णुप्रसाद खतिवडा फुर्बा लामा र अभिषेक माबुङ रहेका छन।त्यसै गरि कोषाध्यक्षमा पेम्बागेलु चयन हुदा सह-कोषाध्यक्षमा भने जिग्मे लामा चुनिएका छन।समाजका हरेक गतिबिधी र क्रियाकलापका सन्दर्भमा औपचारिक जानकारी दिने गरि पाटी प्रबक्ता समेत तोकिएको छ ।प्रबक्तामा प्रकाश गजमेरलाइ तोकिएको छ भने युबाहरुलाइ गोलबन्द गर्न दिनेश गुरुङ्गलाइ संयोजक बनाइएको छ।दुई सस्था बिच एकीकरण हुदा कार्यसमितिको आकार भने ठुलै देखीएको छ।कार्यसमिती सदस्यहरु फुर्बा शेर्पा,बिपिनकुमार यादब,सागर लामा,पुस्प गुरुङ्ग,सोनि शेर्पा,राजु वाइबा ,अस्मिता कडेल,बिना भट्टराई , बलबहादुर राई र युगलकिशोर झा चुनिएका छन।
समाजलाइ चुस्त-दुरुस्त राख्ने गरि सल्लाहकार समिती पनि गठन गरिएको जनाइएको छ।धन शेर्पा संयोजक रहने गरि १९ जनाको सदस्य संख्या राखिएको छ।विभिन्न संघ -सस्थका प्रमुख एब प्रतिनिधिलाइ उक्त कार्यक्रममा डाकिएको थियो भने प्रमुख अतिथि पुर्ब संघिय समाजबादी फोरमकै बैकल्पिक सदस्य पेम्बागेल्बु शेर्पा थिए।विभिन्न सघ-सस्थाका प्रमुख एबम प्रतिनिधिले नया बनेको नेपाली समाज पोर्तुगल शसक्त एबम एक ढिक्का भैइ रास्ट्रीय बिकासमा पहरेदारिको भुमिका निर्बाह गरोस भन्ने शुभकामना प्रदान गरेका थिए।स्मरण रहोस पोर्तुगलमा धेरै सघ -सस्था सक्रिय रहदा नबगठित सस्थाले पनि उदारहणिय कार्य गर्ने अपेक्षा गरिएको छ।