सुदिन आचार्य
2019/06/24 बाग्लुङ नेपाल हाल
पोल्याण्ड
मैले सुनेको युरोप
बाग्लुङ को पश्चिम भेगमा सामान्य परिवारमा जन्मिएको म द्धन्द काल सुरु भएसँगै हुर्केको र त्यसबेला सबैभन्दा मैले सुनेको र बुझेको कुरा पनि अन्याय र अत्याचार बिरूद्ध आवाज उठाउनु पर्छ भने नै हो। म समाजमा अन्याय अत्याचार बिरूद्ध आवाज उठाउन पर्छ भन्ने चेतना द्धन्द कै बातावरण मै हुर्केर होला सानै उमेरदेखि जागरुक पनि थियो। समय संगै हुर्किदै जादा पढाईकै क्रममा द्धन्द चर्कीदै गर्दा बाग्लुङ क्षेत्र द्धन्दको अति मारमा थियो र माओवादी को पकड़ क्षेत्र भएकाले हाम्रो घरमा क्षेत्रीय नेताहरुको राम्रो जमघट हुने स्थान थियो। त्यही पृष्ठभूमिमा हुर्केर होला अन्याय र अत्याचार बिरूद्ध आवाज उठाउनु पर्छ र मानबिय हक हितमा बोल्नुपर्छ भन्ने ज्ञान थियो। समयसंगै क्याम्पस अध्ययनमा पनि सामाजिक सेवा र अत्याचार बिरूद्ध आवाज उठाउने प्रयास गरीयो। देशमै केही गर्नुपर्छ भन्ने सोचसंगै सामाजिक र जागिर लागेको म केही समय देशमै संघर्ष गर्दै राम्रै जागिर र समाज सेवालाई अगाडि बढाइरहेको थिए। सामाजिक सेवा ,क्याम्पसर जागिर गर्नेक्रम जारी नै थियो। त्यस समय मेरा सहपाठी मित्र हरु अमेरिका, अष्ट्रेलिया , क्यानाडा, अन्य यूरोपेली देशहरू जाने होडबाजी थियो। मैले सुनेको पढेको थिएँ ति देशहरू अति बिकसित , आर्थिक सामाजिक र मानब अधिकार मा अब्बल मानिन्छन्। सबै मानिसमा जस्तो मेरो मनमा पनि एउटा सोच आशा पलाएको थियो। बिकसित देश , आर्थिक , सामाजिक,र मानब अधिकार भएको देश जान पाए त भन्ने इच्छा मनमनै पलाउन थालेको थियो। देशको राजनीतिक अवस्था, महग्गीले नेपाली युवा हरूको मनस्थितिमा आएको बेचैनीबाट म पनि टाढा हुन सकिन । त्यसैक्रममा चिनेजानेका साथी आफन्तको सहयोगमा
सुरु भयो युरोप यात्रा
मैले भोगेको पोल्यान्ड
त्यसपछि डकुमेन्ट्र र एम्बेसीको करिब सातदेखि दस महिनाको दौडधुप पछि भीषा हात पर्यो । त्यसैक्रममा पोल्याण्डमा अत्याधिक भिषा दिएको र म भन्दा अघि आउने साथीहरु को भनाई र न्युजअनुसार त्यति उपयुक्त नरहेको र धेरै कम्पनी हरुले अबैधानिक रुपमा काम लगाउने र आर्थिक रूपमा पनि उपयुक्त नरहेको जानकारी पाइयो। त्यस्तै दोधाराकै बिचमा र केही व्यक्ति गत स्वास्थ्यका कारण भिषा प्राप्त भएको झण्डै तिन महिनापछि पोल्याण्ड आउने निर्णय गरियो। र 2018/02/28 गते को काठमाडौं दोहा र 2018/03/01 दोहा पोल्याण्ड कतार एयरवेज फ्लाईटमा आइयो त्यहीबाट सुरु भो युरोप यात्रा मा पहिलो पाइला। पहीलै गासमा ढुङ्गा लाग्यो भनेझैं भो। ल्याण्ड भएर लगेज को पर्खाइमा थियौ चार जना संगै आयका साथिहरु सबैको लगेज आईपुग्दा मेरो लगेज आएन । धेरै समय सम्म कुरीसकेपछि आयो त्यो पनि चोरी भई काटिएको अवस्थामा। त्यसपछि हिडियो कम्पनीमा यहा सबैभन्दा ठूलो समस्या भाषाको भयो । काम सुरु भयो काम पर्याप्त उपलब्ध नगराउने कम्पनी ले र नेपालमा धेरै लगानी लगाएर आएको हुनाले मानसिक र आर्थिक दवाव बढ्दै जान थाल्यो। लगानी धेरै हुनु, भाषाको समस्या, कार्डको अन्यौलता , र कम्पनीको लापरबाहीको कारण धैरैजसो साथीहरु कार्डको खोजीमा पोरचुगल, स्पेन,र फ्रान्स तिर लागे। ति मध्ये केही साथीहरुले यही काम गर्ने निर्णय सहित कम्पनी छोडियो।
त्यसपछि सुरु भो अर्को पाटो । अधिकांश साथीभाइ आफन्तसित हार गुहार गरियो। भनेजस्तै काम पाउन र सरकारी मापदण्ड अनुसार काम पाउनु भनेको फलामको चिउरा चपाउनु बराबरनै हो नै रहेछ। जुन नेपालमा छदा सुनेको मानब अधिकार यूरोपेली देश भनेको कथाको पात्र जस्तो रैछ। सुरु सुरूमा आउने र हातमा सिप नभई आउनेलाई । यहाँ सबैभन्दा ठूलो समस्या भाषाको र कानुनी जानकारी नहुँदा को छ। सुरूमा आउने लाई भाषाकै कारण र कम्पनीले प्रत्यक्ष काममा नराख्ने हुनाले काम खोज्न समस्याले नेपाली, ईण्डियन र वड़्गाली एजेन्सी मार्फत काम खोज्ने बाध्यता छ। त्यही बाध्यताले गर्दा अधिकाश कामदारको आर्थिक र मानबिय शोषण भैरहेको छ। अधिकांश कामदारको समस्या हुदाहुदै पनि भाषाको समस्या कार्डमा कम्पनीकै भर पर्नूपर्ने बाध्यता र कम्पनी बिरुद्ध आवाज उठाएमा काठ नबन्ने डरले आफूमाथि शोषण भैरहेको जानकारी हुदाहुदै पनि अधिकांश कामदार शोषण सहेरै बसिरहेका छन् । कतिपय कामदारहरुले आफू शोषित भयको जानकारी हुदाहुदै पनि धेरै लगानी गरी आयको र कार्डमा पुरै कम्पनीको हात हुने भएकोले आवाज दबाउन बाध्य छन। नेपाल सरकार को आधिकारिक संस्था NRNA गैरआवासीय नेपाली संघ भएता पनि यस संस्थामार्फत अधिकांश कामदारको समस्या र अत्याचार र कानुनी परामर्शमा त्यति ध्यान दिदैन र अधिकांश कामदारको समस्या यहाको कानुनी परामर्श र भीषा र कार्डमा कसरी लिगलाईज हुन्छ। भन्ने चासो लिएको पाईदैन।