KALASH KHAREL
पोर्चुगल लिस्बनमा एक भब्य कार्यक्रमको बिचमा बरिस्ठ पत्रकार एबम साहित्यकार केजिन राई सम्मानित भएका हुन।खासगरी नेपाली साहित्य ,कला ,सस्कृतीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उनले अग्रणी भुमिका निर्बाह गरेका थिए।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका सस्थापक अध्यक्ष एबम युरोप पत्रकार महासघका अध्यक्ष समेत रहेका राई पोर्तुगलमा प्रस्तावित पत्रकार महासघ शाखाद्वारा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए।नेपाल पत्रकार महासघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अन्तरास्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका कार्यबाहक अध्यक्ष कृष्ण कंडेल र सस्थाका महासचिव बिनोद प्रसाद धिमालले राइलाइ सम्मान गरेका थिए।पोर्चुगलको नेपाली साहित्य इतिहासमा सुरुवातमै २००३ मा अन्तरास्ट्रिय नेपाली साहित्य समाज गठन गरेर राइले नेपाली साहित्यलाइ अन्तर्राष्ट्रिय देशमा शुत्रपात गरि उजागर गरेका थिए। राइले आफ्नो देश त छोडे तर देशप्रतीको माया,लगाब,चिन्तन निरन्तर जारी राखे।
तद कार्यको उच्च मुल्यांकन गर्दै सो सम्मान गरिएको अन्तरास्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले जनाएको छ।