बिदेशमा रहनु भएकाहरुले पनि सरकारलाई खबरदारी गर्नुहोस् डा. रिजाल

२० जुन वार्सावा ।युरोपको पश्चिमी देश डेनमार्कसहितका देशहरुमा रहेका नेपाली जनसम्पर्क समितिलाई प्रशिक्षण दिन, निकै छोटो समयका लागि पोल्याण्ड आइपुग्नु भएका मोरंग क्षेत्र न. २ (जुन स्व. गिरिजा प्रसाद कोईरालाको क्षेत्र पनि हो ) प्रत्यक्ष तर्फ  निर्वाचित प्रतिनिधिसभाका सांसद, नेपाली कांग्रेसका जुझारु नेता एवं पूर्व सूचना तथा संचारमन्त्री, साथै नेपाली कांग्रेसको छाँया सरकारका अर्थमन्त्री डा. मिनेन्द्र रिजालसंग केहि समसामयीक राजनैतिक जिज्ञासाहरु राखेका थियौ। रिजाल पोल्याण्डमा रहेका नेपाली कांग्रेससंग आस्थाराख्ने जनसमुदायहरुद्वारा स्थापित जनसम्पर्क समिति पोल्याण्डकि सभापति एलिनी पोखरेल सुवेदीको निमन्त्रणालाई स्वीकार गरी वार्सवा आईपुग्नु भएका हो ।

64803766_2398808893700333_7070410428651667456_n

प्रश्न: सर्व प्रथम युरोप भ्रमण के कति उदेश्यले आउनु भयो? यो तपाईंको व्यक्तिगत भ्रमण हो या नेपाली कांग्रेसको पार्टीको कार्यक्रमले आउनु भयो यसबारे स्पष्ट पारि दिनु हुन्छ कि ?

जवाफ: म डेनमार्कमा डानेस अन्तर्गत डिआईपिजी, जुन संसार भरका देशहरुको लोकतन्त्रको पर्वको रुपमा आयोजना गरिएको कार्यक्रममा उपस्थित हुन आएको हुँ । यो लोकतन्त्रको पर्व वानहोम भन्ने टापुमा सम्पन्न भयो । त्यसैगरी युरोपका विभिन्न देशहरुमा नेपाली कांग्रेसको जनसम्पर्क समितिसंग प्रशिक्षणको कार्यक्रम तय गरिएको छ, यसैबिच केहि दिन पोल्याण्ड र चेक रिपब्लिक पनि यहाँका नेपालीहरुको अवस्था बुझ्न र पोल्याण्डलाई नजिकबाट नियाल्न आएको छु । दोश्रो विश्व युद्धमा ध्वस्त भैसकेको पोल्याण्डको ईतिहास पढ़नेछु र चेक रिपब्लिकमा इतिहास हेर्नेछु, किनकि पोल्याण्ड दोश्रो विश्व युद्दमा ध्वस्त भएपनि चेक रिपब्लिक ध्वस्त भएन ।

प्रश्न: पहिलो विश्व युद्ध पछि मात्रै स्वतन्त्र भएर दोश्रो विश्व युद्धमा लगभग ध्वस्त भैसकेको देश पोल्याण्डले यति धेरै प्रगति गरि सक्यो। पूर्वी युरोपको उदाउँदो शक्तिको रुपमा तिब्र विकास गरिराखेको छ, यहाँ पुर्वाधारहरु निर्वाणमा प्रसश्त पुंजी खर्च गरि राखेको छ र जनता मुखी बजेट ल्याईराखेको छ यी सारा कुराहरुबाट नेपालले के सिक्न सक्छ ?

जवाफ: पक्कै पनि धेरै कुराहरु सिक्न सकिन्छ । यहाँको यातायातको सुबिधा, समयतालिकाहरु, जनतालाई कसरि धेरै भन्दा धेरै सुबिधा दिने आधारभूत आवश्यकताहरु परिपूर्ति गर्ने, जनताबाट उठाइएको कर जनताकै हितको लागि खर्च गर्ने र आम मानिसको जीवन स्तर उकासेर सम्बृद्ध नेपाल बनाउनको लागि धेरै कुराहरु सिक्न सकिन्छ । अझ हाम्रो देश त प्राकृतिक श्रोत र सम्पदाले भरिपूर्ण छ, ति श्रोत साधनहरुको परिचालन गर्ने, खानीहरु उत्खनन गरि देशको विकास गर्ने तर्फ लम्किनु पर्ने देख्छु । हाम्रो देश पनि एक दशक भन्दा बढी गृहयुद्धमा फस्यो अहिले लोकतान्तिक संघिय गणतान्त्रिक भैसकेको छ तर सरकार यति नालायक हुँदै छ कि गफ मात्रै धेरै गर्छन् विकासका कामहरु गर्ने कुनै संकेत देखिदैन ।

प्रश्न: २०७५/२०७६ को बजेट प्रति नेपाली कांग्रेसको धेरै असन्तुष्टि देखियो तपाईं आफैँ पनि प्रतिपक्ष पार्टीको तर्फबाट निकै आलोचना गर्नु भयो। के प्रतिपक्ष भए पछि आलोचना मात्रै गर्ने कि रचनात्मक हिसाबले सरकारलाई सहयोग गर्न सकिन्छ ?

जवाफ: हामी प्रतिपक्षको एउटा प्रमुख काम नै सरकारलाई सचेत गराउनु हो । सरकारले गल्ति गर्यो भने रोक्ने, ज्यजादी गर्न लग्यो भने बलियो आवाज उठाउने हामीले बारम्बार सरकारलाई प्रश्न प्रतिप्रश्न गरेका छौँ, हाम्रा चेलीहरु बलात्कृत भई रहे दोषी ले खै सजाय पाएको, भ्रष्टाचार दिन दुई गुणा रात चौगुना बढ्यो, भ्रष्टाचारीलाई खै जेल हालेको, सरकारी जग्गा बेचियो सरकारले कारवाही गर्नुको सट्टा उल्टै बचाउ गर्यो । अस्ति सम्माननीय राष्ट्रपति ज्यूले पनि उहाँको व्यक्तिगत योजना तथा कार्यक्रम सुनाउनु भयो, हिजो सम्म नेपालको सरकार भएको देश कसरी वहांको कसरी मेरो सरकार हुन गयो हामीले बिरोध गर्यौ। तर सरकारले गल्ति स्विकार्नुको सट्टा स्पस्टिकरण दियो जुन एकदमै आलोकतान्त्रिक अभ्यास भयो, के हामी चुप लागेर बस्ने ? हामीले संसद अबरुद्द गर्यौ मैले प्रतिपक्ष पार्टीको तर्फबाट संसदमा कुरा राखे कि यो कहाँसम्मको अलोक्तान्तिक सरकार हो । यसपालिको बजेटमा पनि कुनै काम गर्ने आधार नभई मिथ्था सपनाहरु बाढ्ने प्रयास गरिएको छ । अब देश संघीय कोलातान्त्रिक गणतान्त्रमक प्रवेश भैसकेको छ हामीसंग स्थानीय, प्रादेशिक र केन्द्रिय गरि तीन स्तरको सरकार बनि सकेको छ नेपालमा अहिले छ हजार त्रिचालिस वार्डमा सरकार छ सात सय त्रिपन्न गाउँपालिका, र सातै प्रदेशमा सरकार छ, नेपालमा राजतन्त्र छैन गणतन्त्र छ, अहिले राणा शासन होइन लोकतन्त्र छ त्यसैले अब यसो भएन वा त्यसो भएन भनेर सुख पाईदैन तर सरकार काम कम कुरा धेरै गर्छ ।

प्रश्न: अहिले प्रवासमा रहेका नेपालीको एउटै पिडा हुने गर्छ कि हामीले देशमा केहि गर्ने वातावरण भएन, हामी नेपालीले कैहिलेसम्मा बिदेशी भूमिमा श्रम बेच्न बाध्य हुने?

जवाफ: यो निकै दुखद कुरा हो कि हामी हाम्रो सक्रिय जनताहरुको श्रमलाई देश विकासमा लगाउन सकेका छैनौ, सरकारलाई थाहा होला मलाई थाहा छैन सरकारले के आधारमा बैदेशिक रोजगारीमा गएका तपाईहरु जस्ता युवाहरुलाई स्वदेश फर्काउने कुरा गर्दै छ । पहिला त देशमा भएका युवाहरुलाई रोजगार दिनु पर्यो अनि विस्तारै विदेश जान कम होला र त्यसरी अवसरहरु देशमै सृजना हुन थाले पछि बल्ल न बिदेशिएका तपाईहरु जस्ता युवाहरुलाई स्वदेश फर्काउन सकिन्छ । त्यसै भाषणका लागि झुठ्ठा आस्वासनहरु सरकारले नबाडोस हरेक दिन हजारौको संख्यामा बैदेशिक रोजगारीमा जान बाध्या छन्, युरोपको भन्दा धेरै कठिन जीवन यापन गर्दै अरबको ४५/५० डिग्रीमा काम गर्न बाध्य छन्, प्रत्येक दिन औसदमा २ जनाको मृत लाश नेपाल आउछ, यसको अन्त्य कहिले हुने बडो चिन्ताको विषय छ, त्यसैले जबसम्म नेपाल सरकारले देशमा प्रशस्त रोजगारी सिर्जना गर्दैन तबसम्म यस्ता घटनाहरु घटिरहन कम हुदैन ।

प्रश्न: अन्त्यमा के भन्न चाहनु हुन्छ? तपाईलाई प्रवासमा रहेका नेपालीहरुले सम्बृद्ध नेपाल निर्वणका लागि कसरी सरकारलाई झक्झक्याउन सक्छन जस्तो लाग्छ?

जवाफ: तपाईहरु जस्तो युवाहरु नेपाल फर्किनु भएको भए धेरै राम्रो हुन्थ्यो हामी सबै मिलेर सरकारलाई झक्झक्याउन मद्दत पुग्थ्यो, यदि अहिले फर्कनु हुन्न भने पनि प्रवासबाटै सामाजिक संजालहरुमा सरकारका कमि कमजोरीहरुलाई औल्याइदिनुस्, हल्ला गर्नुहोस्, खबरदारी गर्नुहोस् यसले पक्कै नेपाल सरकारलाई काम गर्न झक्झक्याउने छ । अन्त्यमा मलाई केहि महत्वपूर्ण कुराहरु राख्ने मौका दिनु भएकोमा तपाईं लगायत पोल्याण्डनेपाल परिवारलाई धेरै धन्यवाद दिन चाहन्छु।

प्रस्तुति: शिवधर महतो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.