प्रदीप तिमिल्सिना
म आफै फसेको छु । मैले होइन बरु मलाई जसले दलाल भनिरहेका छन् उनिहरुले कागजात नेपालमा उठाएर मलाई दिए । पोल्यान्डको कम्पनीले जे भन्यो त्यही भनिदिएको थिए । मेरो गल्ती उनिहरुलाई तीन चार महिनामा कागजात बन्छ भनेर कम्पनीले भनेको थियो । पहिले पहिले हुन्थ्यो पनि त्यही भनिदिए तर कागजात लग्ने कम्पनीले मलाई धोका दियो । फेरि मैले उनिहरुसित पैसा माग्दै हिडेको थिएन बरु हाम्रो काम गरिदेउ भनेर उनिहरुले भने मैले के गल्ती गरे ? मैले कागजात यहि पोल्यान्ड बस्ने व्यक्तिहरुकै माध्यमबाट प्राप्त गरेको थिए । मैले व्यक्तिगत रुपमा कागजात उठाएको होइन यहि बसेकाहरुले नै कागजात दिए मैले के गल्ती गरे ?
कम्पनीले जति रकम मागेको थियो त्यही रकम जसले कागजात उठाए तिनिहरुलाई भनिदिए र कागजात अप्लाइको लागि रकम सहित कम्पनीमा दिए उनिहरुले राजिमै दिएका थिए मैले पनि त्यही रकम कम्पनीलाई दिए । जे कम्पनीले भनेको थियो त्यही भने के त्यो मेरो अपराध थियो र ? समयमा यहाँ कागजात निस्केन बरु कम्पनीले उल्टै धोका दियो । सरकारले आफुले बोलेको समयमा काम नै गर्न सकेन के म अपराधी भए र ?
के म मात्रै दलाल ठग फटाहा हो र के नेपालबाट डकुमेन्ट मलाई दिनेहरु दलाल होइनन् र ? मैले जे भने त्यही उनले भने उनैले बरु मलाई दिए मैले पनि कम्पनीले जे भनेको थियो त्यही भने म के अपराधी हो र ?
बिदेश आउन सबैलाई रहर थियो मैले काम गरेकै हो कागजात मैले गोजिबाट दिने होइन । म कुनै कागज बनाउने अधिकार लिएको होइन तर कम्पनीलाई मैले सहकार्य गरेर कागजात बुझाइदिएको हो । अहिले म आफै पिडित छु । वास्तविक्ता अर्कै छ तर मलाई मानौ चोर फटाहाको रुपमा प्रस्तुत गरिदैछ ।चोर कसैको घर फोरेर हिड्छ बलात्कारी कसैलाई जबर्जस्ति गर्दै हिड्छ । म न त बलतकारी हो न त फटाहा उनैले मलाई काम गर्न भने बरु उनैले मलाई कागजात दिए मैले पनि उनिहरुको राम्रै होला भनेर काम गर्ने प्रयास गरे तर अहिलेको समय नै खराब भयो ।मानौ मैले जबर्जस्ति लुटेको जस्तो भो । लुट्नेहरु अरु पनि हुन सक्छन् । बिदेशमा कोहि न कोहि माध्यम बिना काम असम्भव जस्तै हुने तैपनि मैले पोल्यान्ड सरकारको अधिनमा रहेको कम्पनी सित सहकार्य गर्दा पनि पिडित आफै हुनु परेको छ ।बरु मलाई पैसा खायो भनेर परिवार देखि सबैमा अनावश्यक कुरो नबुझेर उल्टै ज्यान मार्ने धम्की देखि मानसिक पीडा धेरै पाइरहेको छु ।
म आफै यहि पोल्यान्ड कम्पनीकै बिरुद्धमा मुद्दा लडिरहेको छु । यो जानकारी पोल्यान्ड नेपालमा दिदा अहिले पोल्यान्ड प्रहरी कार्यालयमा म आफै छु र धेरैलाई मैले मेरो अवस्थाबारे जानकारी गराएको छु ।पोल्यान्ड नेपाल जस्तो आधिकारिक पोल्यान्ड बस्ने नेपालीले बिश्वास गर्ने मिडियाले कृपया मलाई सम्पर्क नगरेर साभार भन्दैमा समाचार प्रकाशित नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।
सबैको नाम दिएर म अरुको बेइज्जत गर्न चाहदैन मलाई बेईज्जेत गरे ता पनि उहाहरुको इज्जतलाई म सम्मान गर्दछु ।मेरो परिस्थिति अवस्था बुझेर र वास्तविक अवस्था के हो त्यो बुझिदिएर लेखिदिए राम्रो हुन्थ्यो । मेरो सोर्है आना गल्ती हो भने म कानुनी सजायको भागिदार हुनुपर्छ तर उहाहरुले नै मलाई कागजात दिनु भो तर बिडम्बना अहिलेको पोल्यान्डको अवस्था ठिक उल्टो भो । तैपनि मैले गल्ती गरेको छु उहाहरुलाई म फसाएको छु ठगेको छु भने म अवश्य दिनेछु । तर पीडा कारबाही मैले मात्र भोग्ने हो कि मलाई नेपालबाट कागजात उठाएर दिनेले पनि भोग्ने हो उहाहरुलाई पनि कसैले मेरो मान्छे भनेर कागजात दिएको हुन सक्छन् त्यसको सम्मान म गर्दछु तर मलाई अपराधी जस्तो व्यवहार कागजात उठाएर दिनेले गर्नु के ठिक हो र ? अहिले समय फरक भएकोले र उहाहरुले दिएको रकम कम्पनीमा दिएको र कसैको मैले आफै हुन्छ म फिर्ता दिउला कम्पनीको बिरुद्धमा मुद्दा लडेको छु तर समय पर्खनु पर्छ भनिरहेको छु केहिको । मैले ठग्ने नियत गरेकै थिएन छैन पनि मात्र समय अहिले फरक भयो । कम्पनीले धोका दियो । मलाई अहिले पिडित भएको अवस्थामा नुन चुक थपिदिएर पीडा नदिनुहुन अनुरोध गर्दछु ।