भयानक पोल्यान्ड ठगी घटना सार्बजनिक
जेठ१७
केही समय देखि बैदेशिक रोजगारिका क्रममा विभिन्न ठगिएका घटनाहरु बाहिर आइरहेका छन।पछिल्लो कडिको रुपमा भयानक पोल्यान्ड ठगी घटना सार्बजनिक भएको छ।नेपालको काभ्रेमा स्थायी घर भई बिगत केही बर्षदेखी पोल्यान्ड रहदै आएको प्रदिप तिमिल्सिना भनिने ब्यक्ति सयौ ब्यक्ती बाट लाखौ पैसा ठगी गरि फरार भएको बताइएको छ।प्रति ब्यक्ति ४०हजारका दरले तिमिल्सिनाले रकम एड्भान्स लिएको पिडित युबाहरु बताउछन।आज-भोलि भन्दै एक बर्ष बितिसकेको र कुनै कागजात प्राप्त नगरेको र पैसा फिर्ता माग्दा एजेण्ट सम्पर्क बिहिन भएको पिडित युबाहरुको भनाइ छ।निकै चलाखिपुर्बक एजेण्ट्ले पिडित युबाहरुलाइ बहकाउमा पारेको देखिन्छ। पोल्यान्ड जाने सुन्दर सपना बुनेर बसेका युबाहरुले चर्को ब्याजमा रिण खोजी निज एजेन्टलाइ एक बर्ष अगाडिनै पैसा बुझाएको तर अहिलेसम्म काम नहुदा उता ब्याज बढेको यता भबिस्य पनि अस्त ब्यस्त भएको पिडित बताउछन। पैसा तिर्ने प्रतिबद्धता सहित एजेण्ट सम्पर्कमा नआएको खण्डमा पोल्यान्ड प्रहरी र नेपाल प्रहरि सहितका निकायमा उजुरी दिने तयारी भैरहेको पिडितहरुले जानकारि दिएका छन।
साभार सन्देश नेपाल डट कम
सुसन परियार बिसर्जन
पोल्यान्ड
नोट : कोहि पनि कसै पनि आरोप लगाइएका व्यक्तिले आफ्नो बिचार तपाईं जहाँ हुनुहुन्छ polandnepal17@gmail.com मा पठाउन पनि सक्नुहुनेछ तपाइको बिचार पनि हामी प्रसारित गर्नेछौ यो पनि ख्याल गर्नुहोस् आरोप लगाउने व्यक्तिहरु सफा र आरोपित व्यक्तिहरू भ्रष्ट फटाहा पनि भन्ने नहुन सक्छ तर निष्फिक्री भएर हरेकले आफ्नो विचार दिन पाउने स्वतन्त्रता हामी कुन्ठित हुन दिदैनौ समाजबाट भागेर होइन समाजमै बसेर समस्या समाधान निकालौ ।)