पोल्यान्डमा एन आर एन लगायत संघ संस्था प्रतिनिधि सित पुर्व मन्त्रीको भेट्घाट कार्यक्रम सम्पन्न

गैर आवासीय नेपाली संघ पोल्यान्डको अग्रसरतामा पूर्व मन्त्री रिजाललाई ध्यानाकर्षण पत्र प्रदान गरिएको छ 64779364_700298640411202_7529669924403281920_n

नेपाली काङ्रेसका बरिष्ठ नेता एवम पूर्व संचार मन्त्री डा मिनेन्द्र रिजालले पोल्यान्ड भएका बिभिन्न संस्थाका नेपाली प्रतिनिधिहरुबिच भेट्घाट गर्नु भएको छ । पोल्यान्डमा भएका केही संघ संस्था प्रतिनिधिलाई भेट्घाटमा सबै मिलेर अहिले भइरहेको संबैधानिक अधिकारलाई कार्यान्वयन गर्न जोड दिने , सचेतना मुलक जानकारी दिने । हरेक ठाउँमा जनता पनि जागरुक हुनुपर्दछ र आफुले बिदेश बस्ने नेपालीहरुको समस्या पनि नजिकबाट बुझेको जानकारी गराएका थिए । देशको अर्थतन्त्र बिदेश बस्ने नेपालीहरुबाट पनि चलेको र सबै केही न केही रुपले समाहित भएको जिकिर गरे । अत देश बोकेर हिंडेका बिदेश बस्ने नेपालीहरु प्रति आफ्नो सकारात्मक भूमिका खेलेको जानकारी दिए । एन आर एन ए अध्यक्ष गोपाल राइले एउटा नेपालीले बिदेश आईसकेपछि उसको नागरिकता नै खारेज गर्नु पर्ने अवस्थामा राज्यले नपुर्याओस भनेर आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा एन आर एन पोल्यान्डका संस्थापक अध्यक्ष्य डा बोध राज सुबेदी गुल्मी समाज पोल्यान्डका अध्यक्ष प्रकाश तिवारी पानी अभियान कर्ता एवम इनास केन्द्रीय उपाध्यक्ष मित्र लाल पार्दे , जन संपर्क समिती डा अलिनी पोखरेल सुबेदी प्रवासी नेपाली एकता मन्च पोल्यान्डका संयोजक टंक कटुवाल आनन्द घिमिरे व्यवसायी संयोजक लगायतकाले आ आफ्नो धारणा राखेका थिए ।

हिमालयन यती होटेलमा भएको भेट्घाट कार्यक्रममा सबै नेपालीहरुले नेपाली नागरिकता सम्बन्धी एन आर एन पोल्यान्डले तयार गरेको ध्यानाकर्षण हस्ताक्षर सहित डा मिनेन्द्र रिजाललाई लिखित रुपमै पढेर सुनाइएको थियो र उक्त पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.