बिदुर शर्मा
जबजब मान्छेको नैतिकता मा प्रश्न उठ्छ तबतब उसले विभिन्न सफाइ दिदै आफू सहि भएको पुष्टि गर्न खोज्छ,यो हरकसैले गर्छ। यदि पोल्यान्डका दलालहरु ठिक छन् भने किन हामी संग सार्वजनिक रूपमा सहयोग माग्दैनन ठिक छन् भने किन गुपचुप हुनुपर्यो
छाती ठोकेर भन्नू पर्यो छलफलमा आउनु पर्यो तर मान्छे पिडित बनाउनु भएन होइन काम गर्दागर्दै सहि हुदाहुदै बिगृएको छ भने भन्नू पर्यो हामी घाँस खाने जनावर होइनौ मान्छे हौ ?किन पटक पटक एकपछी आर्को झुट बोल्दै हिड्छ्न पोल्यान्डमा दलालहरु ? किन सहि सत्य बोल्दैनन मैले पनि बुझेको छु पोल्यान्ड सरकार निष्ठुरी छ मेरो हकमा भन्दा,अरुको त अझै धेरै समय भएको छ । हामी कसैलाई कागजात दिदा भन्छौ कसैलाई याद हुनुपर्छ होला ?मलाई अफठ्यारो पर्यो भनेर हामिलाइ विश्वास गर्ने हरुले मान्छ्न? जतिसुकै सफाइ पोल्यान्डका दलालहरुले दिए पनि म मान्ने वाला छैन ।मान्छेलाई सधैं एकनास हुँदैन तर कति झुट बोल्छन् कागजात आएको भए त हामी पनि बुझ्छौ । घाँस खाने जनावर हामी पनि पक्कै होइनौ खर्च हुन्छ थाहा छ विना खर्च प्रक्रिया अगाडि बढ्दैन तर कागजात नै हातमा यहि पोल्यान्ड बसेकोलाई न परेपछि कसरी बिश्वास गरौ । आफैलाइ सोधेर पोल्यान्डका दलालहरु काम गरेका छौ कि नाइ ।पैसा धेरै थोरै के लिन्छौ ल्याउ तर यहाको प्रक्रिया र कागजात त पाउनु पर्यो नि ?जुन समयमा गर्ने काम नगरेर झुट बोल्दै नानाथरीका कुरा बनाएर अरुको समय र पैसामा खेल्ने लाई कुन कोण बाट ठिक भनौ झुट बोल्ने दलाल साथिहरुलाई ? हामी दलाल साथिहरुलाई जबर्जस्ती गरेका हौँ ?होईन ☝️हामी विश्वास गरेका हौँ तर हामीलाई घात गरियो । अब पोल्यान्डमा बसेका हामिलाई कागजात परेको भए बोल्ने थिएनौ होला तर हातमा नपरेपछि कति समय मा फिर्ता गर्छौ दलाल साथी हरु हो कि त खर्च कहाँ गर्यौ रिपोर्ट पेश गर हामिलाई पनि थाहा छ काम गर्दा खर्च हुन्छ कुकुर झै तिमिहरु हिंड्नुपर्छ तर कागजात आउँछ भनेर सधै भ्रममा पार्न त भएन नि ?आम जनताहरु कै माझमा म मेरो तर्फबाट मैले दलाल साथिलाई समय दिने छु। यदि त्यो समयमा भुक्तानी भएन भने आम जनसमुदाय लाई अगाडि राखेर कहाँ खर्च भएको त्यो समेत म दिनेछु कहाँ कति टाढा कति यात्रा त्यो दिनेछु सहि हुनुपर्यो सहि भए माफ मात्र होइन अरु क्षतिपुर्ती पनि देउला तर झुट प्रमाणित भएमा कानुनी कार्वाही गर्न पनि पछि हट्ने छैन ।यदि सत्य कुरा गर्दा कसैले मार्न खोज्छ भने म मर्न तैयार छु।मलाइ कसैको एक रुपैयाँको लोभ छैन ।कट्टु झारी सके पछि दस कट्टु लागाएनि लाज छोपिदैन महोदय !यस्ता काम गर्दा चुनौती आउछन् तर हल्का रुपमा लिदा यो विकराल परिणाम आउन थालेको हो ।यदि तिमी दलालहरु मेरो ठाउँमा भएको भए के हुन्थ्यो होला? सोचौ त
अब हामिलाइ दोषी देखाएर कुनै पनि हालतमा कोहि पनि उम्कन सक्दैनन् ।बरु पश्चताप गर्दै गल्ती लाई सुधार्न तर्फ लागेमा अवश्य हित हुनेछ कल्याण हुनेछ भलो हुनेछ । !हामी पनि मानव हौँ ,सबका पीडा बुझ्छौं ।माफ मागे माफी पनि दिन्छौं ,निहुँ खोजे त हामी पनि कसरी हेरेर बसौं र ठगी हिड्ने दलाल महोदय ?