पत्रकार कलश खरेल को एक कार्यक्रम का बिच बिदाइ।
जिबनमा भेटिनु छुटिनु रित नै हो तर कतिपय भेटिनु भन्दा छुटिनु ज्यादा पिडादायक हुदो रहेछ। हो यस्तै महसुस का साथ पछिल्लो क्रम्मा वार्स पोल्यान्ड को मेट्रोपोलिटेक्निका स्थित होटल हिमालय यति मा धेरै समाजसेवि अधिकारकर्मी र सामाजिक ब्यक्त्तित्वहरुले एक होनाहार, मिलन्सार र कुसल पत्रकार लाई पोल्यान्ड बाट बिदाइ गरेका छन। हो पोल्यान्ड आगमन को दुई बर्स बित्न नपाउदै पत्रकार समिती पोल्यान्ड का सस्थापक अध्यक्ष विशेष कारण बस पोल्यान्ड छाडि जाने भएपछि पत्रकार समिती पोल्यान्ड ले एक कार्यक्रम का बिच पोल्यान्ड स्थित विभिन्न सामाजिक र राजनैतिक संघ सस्था लाई जानकारी गराइ उहाको बिदाइ का लागि चियापान कार्यक्रम सम्पन्न गरेको छ। गैर आवासिय नेपाली संघ पोल्यान्ड का सस्थापक अध्यक्ष डा बोधराज सुबेदीले पत्रकार कलश खरेलको बिदाइ ले पोल्यान्ड मा रहेका नेपाली लाइ ठूलो घाटा भएको र सके सम्म पोल्यान्ड मै रहन आग्रह गर्दै बिदाइ गर्दा अत्यन्तै असहज लागि रहेको बताएका थिय भने विभिन्न आगन्तुक अतिथी हरुले पोल्यान्डमै पहिलो पटक कोहि बिदाइ हुदा कार्यक्रम नै राखी बिदाइ गरिएको यो पहिलो पटक हो जस्ले गर्दा कलश खरेलले छोटो समयमा पनि पोल्यान्ड मा आफ्नो उदाहरणीय कार्य बाट सबैको मन जितेको बताए ।
इनास पोल्यान्डका अन्तरास्ट्रिय उपाध्यक्ष एवं पानी अभियन्ता पोल्यान्ड नेपाल संरक्षक तथा पत्रकार समिती पोल्यान्ड संरक्षक मित्र लाल पार्दे ले उहाँ नहुदा मेरो दाहिने हात नै भाचिएको भन्दै भावुक भएको उक्त कार्यक्रममा उपस्थित जनसम्पर्क समिती पोल्यान्डका सभापती डा एलिनी पोख्रेल सुवेदी र प्रवासी नेपाली एकता मन्च का अध्यक्ष टन्क कटुवाल मन्च कै सचिब बिनोद आचार्य र गुल्मि समाज का सहसचिब तारा पौडेल को समेत उपस्थिती रहेको थियो। आफू चाहेर भन्दा पनि विशेष कारण बस बिदाइ हुन लाग्दा निक्कै गारो भएको भएपनि छोटो समयमा पोल्यान्ड मा अवस्थित नेपाली ले दिएको माया साथ र सम्मान को सदैब सम्झना गर्ने र जहाँ रहे पनि नेपाली र नेपाल को हितमा कलम चलाउने भन्दै केही भावुक समेत बहेका पत्रकार कलश खरेल स्वयं उक्त कार्यक्रम मा अन्तिम अध्यक्षता गरेका थिय। पत्रकार समिती पोल्यान्ड का उपाध्यक्ष झकेन्द्र सापकोटा को स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम को संचालन र सहजिकरण स्वयं समितिका सचिब सुसन परियार बिसर्जन को रहेको थियो।
सुसन परियार बिसर्जन
पोल्यान्ड