कलश खरेल
१६ जुन, वार्सवा । लोक-दोहोरी इतिहास उकेल्ने हो भने रामप्रसाद खनाल यस्ता गायक हुन् जसले छाँयामा परेको लोक-दोहोरी क्षेत्रलाई चलायमान गराउन अत्यन्त महत्वपूर्ण भुमिका खेले। बिगतमा जतिखेर नेपाल टेलिभिजनमा प्रत्यक्ष लोकदोहोरी प्रशारण हुन्थ्यो त्यतिखेर आम लोकपारखी गीत सुन्न एकछत्र हुन्थे । तद् समयको एक सारथि खनाल विविधकारणले देश त छोडे तर नेपाली मन,नेपाल प्रतिको माया,स्नेह रत्तिभर कम गरेनन् । जसको परिणाम हो पछिल्लो पटक बजारमा आएको पन्चेबाजा गीत दुलाहा -दुलही।खनालकै शब्दमा सुसज्जित गीति सङ्ग्रहमा स्वयं गायक खनालकै स्वर र चर्चित गायिका पुर्नकला बि.सिको माधुर्य स्वरले रङ्गीनता थपिएको छ।लोकप्रिय सङ्गीतकार थानेस्वर गौतमको सङ्गीत रहेको यश कोशेलीमा सङ्गीत सम्योजन आशिष अबिरलले गरेका छन्। पछिल्लो समयका सर्बाधिक चर्चित निर्देशक शंकर बि.सि ले निर्देशन गरेको भिडियोमा अभिनय पनि स्वयं बि.सि र मोडल करिशमा ढकालले गरेका छन्। दुबै जनाको उत्कृष्ट अभिनयले गीत थप निखारिएको छ। गायक खनालले आफ्नो युट्युब च्यानल सस्क्र्याईब गर्ने दर्शकलाई पुरस्कार समेत घोषणा गरेका छन्। लक्की ड्रहबाट चुनिने दर्शकबाट प्रथमलाई ५० हजार रुपियाँ, दोस्रोलाई ३० हजार रुपिया र तेस्रोलाई २० हजार रुपैयाँ प्रदान गर्ने खनालले बताएका छन्। उक्त रकम राम प्रसाद खनाल युट्युब च्यानलमा सस्क्र्याईबरको संख्या एक लाख नाघेपछि प्रदान गर्ने गायक खनालले पोल्यान्ड नेपाललाई जानकारी दीएका छन्।