कलश खरेल
१४ जुन, वार्सावा । मौलिक एवं दार्शनिक गीत श्रीजना गरेर लोक पारखिमाझ रङ्गीन छाप छोड्न सफल सर्जक नवराज पन्तले पुनः पृथक गीति सङ्ग्रह आम दर्शक-श्रोताहरुमाझ उद्घाटित गरेका छन्।बिगतमा निकै लोकप्रिय र आकर्षक श्रीजनाहरु पस्किसकेका पन्तको यो गीत पनि आम दर्शकले खुलेरै मन पराउने अपेक्षा गरिएको छ।अहिलेका चर्चित गायक तथा सङ्गीतकार वसन्त थापाको लय एवं स्वरमा सुसज्जित यश एल्बममा गायिका मेलिना राइको कर्णपृय स्वरले थप सुनमा सुगन्धता थपेको छ।सुनिल क्षेत्रीले निर्देशन गरेको यस गीतमा स्वयं क्षेत्रीकै अभिनय र मोडल अलिशा शर्माको पनि बेजोड नृत्य रहेको छ भने बजार ब्यबस्थापन अभ्यास डिजिटलले गरेको छ।