कलश खरेल
२ जुन, वार्सावा । लोक साङ्गीतिक बजारमा हरेक समय सयौको संख्यामा नयाँ गीतहरु प्रकाशित भैरहेका छन् ।ब्रगेल्ती गीतहरु बजारमा आइरहदा कुन गीत सुन्ने भनेर दर्शक श्रोतालाई कहिलेकाही छुट्टाउन पनि हम्मे-हम्मे परेको अवस्थामा डायनामिक गायक प्रकाश सपुतको गीतले प्रकाशित भएकै दिनबाट रातारात चर्चाको शिखरमा पुग्यो। युट्युबको ट्रेन्डिङ्ग १ मा एक हप्ता पनि पार नहुदै कसरी आइपुग्यो ? यो प्रश्नले कहि न कहि सर्जक र कलाकारलाई पनि कौतुहुलता छाएको छ। के गायक सपुतको गीत अन्य कलाकारको लागि चुनौतिको विषय बनेको होत? यी प्रशनहरु पक्कै पनि उब्जेका छन्। मुलभुत रुपमा यस गीत भित्रको कन्टेननै लोभलाग्दो पाराले उतारिएको छ। खासगरि परापुर्वकालदेखी गाउँघरमा रोधी बसेर गाइने यथार्थ झलक यसमा उतारिएको छ भने गाउँका ठेट भाषा,शब्द, शैली एकदमै सरल तरिकाबाट प्रस्तुत गरिएको छ जुन दर्शकको लागि विशेष आकर्षणको केन्द्र बन्यो। त्यहाँ कुनै शहरीया शैली वा आधुनिकता देखिदैन। एकदमै सरल भाषामा लिपिबद्ध गीतले गाँउको परिवेश, सामाजिक रितिरिवाज, संस्कार एवं संस्कृतिलाई बेजोडमा रुपमा उतारेको देखिन्छ। के बच्चा ,के जवान के बुढापाका सबै गीतको रागमा मन्त्र मुग्ध छन्।
कुनै वस्तु झिल्काउन सुनको कसि लगाउने प्रचलन छ तर यो गीतलाई चम्काउन कुनै वस्तु चाहिएन। हरेक शब्द -शब्दमा प्राकृतिक सुगन्धता,माधुर्यता तरङ्गीत भएको छ जुन गीतका लागि फलिफाप सिद्ध भएको छ। हामीले फोन मार्फत प्रकाश सपुतलाई जिज्ञासा राखेका थियौ -तपाँईको गीत अत्यन्त छोटो समयमै चर्चाको शिखरमा पुग्यो नि खासमा यसको राज के छ? जवाफमा सपुतले भनेका थिए “गाँउको यथार्थ रोधिलाई पर्दामा ढाल्नु नै यसको निखारता हो”। खासमा सामाजिक चलनचल्तीमा रहेको रोधि गीतनै दर्शकको विशेष रोजाइमा पर्ने रहेछ भन्ने यो गीतले पुष्टि गर्दै गएको सपुतले बताएका थिए। विषेशगरी श्रीमतीले पति जिबित हुँदा दुबै जनाले रोधिमा बेजोड दोहोरी प्रतिस्पर्धा गरेको स्मरण गर्छिन् जुन छोराले सोधेको बखत खुलस्त पार्छिन्। अन्तमा छोरा घरबाट हराएको र छिट्टै आउने बाचा सहित पत्र उदगार गरिएको देखिन्छ।यस्तै -यस्तै समसामयिक विषय-वस्तुलाई निकै चटिलो भावमा प्रस्तुत गरेर मनोरञ्जन सहित सकारात्मक सन्देश गितले दिएको छ। यो गीतले गायक सपुत केबल क्षणिक रङ्गमन्च तयार गर्ने सर्जक होइनन् ताकी मौलिकताको धरातललाई सदैब वकालत गर्छन् भन्ने पुनः पुष्टि भएको छ। उनको काबिलियता फेरि पनि लोक-दोहोरी जगतमा प्रदिकृत भएको छ। सम्बन्धित सबै कलाकारले गायक सपुतको जस्तै लय अनुशरण गर्न सके लोक दोहोरी क्षेत्र थप पृस्कृत हुनेमा दुई मत छैन।