कलश खरेल
२८ मे, वार्सावा।नेपाली लोक गीत बजारमा उम्दा लोक गायक प्रकाश सपूत भर्सेटाइल गायकको रुपमा चिरपरिचित छन्। जस्तोसुकै गीत सृजना गर्न सक्ने काबिल गायक सपुतले यस पटक पनि आम दर्शक झुमाउने साङ्गीतिक कोशेली गलबन्दी बजारमा पस्केका छन्। गाउँको लवज, ठेट शब्द र शैलीलाई निकै उत्कृष्ट रुपमा गीतमा सम्योजन गरिएको छ जुन दर्शकलाई अन्तरमनदेखी मोहित गर्न सफल भएको छ। बोलमयाकै टिम समिलित यस गीतमा गायक सपुत र गायिका शान्ती श्री परियारको मनोमहक आवाज लिपिबद्ध गरिएको छ भने शब्द-सङ्गीत पनि स्वयं गायक सपुतले गरेका छन्।अहिलेकि चर्चित मोडल अन्जली अधिकारी र गायक सपुतले लट्ठै पार्ने अभिनयले गीतलाई थप रोचक बनाएको छ।