WRITER OF TANGLED LIFE : DHIRAJ ADHIKARI
एउटा नेपाली ठिटो अमेरिका गएर अङ्रेजिमा किताब प्रकाशन गरेको छ । भर्खर एक्काइस बर्षको कलिलो उमेरमा अङ्रेजिमा किताब प्रकाशन गरेर अन्लाइन अमेजनमा राख्न सफल भएको छ नेपाली ठिटो धीरज अधिकारी । किशोर अवस्थाको मनोबिज्ञान अझ नेपाली किशोरहरु सम्रिद्द देशमा पुगे पनि मनोवैज्ञानीक रुपमा उनिहरु आफ्नो देश अनि एक्लोपन बिरानो दिक्दारी नयाँ पारिवेशमा रमाउन धेरै चुनौतिका पहाडहरु फोर्नुपर्ने बाध्यतालाई सरल रुपमा आफ्नो किताब ट्याङल लाइफमा प्रस्तुत गरेका छन् ।
पोल्यान्ड नेपाल सित संपर्क गर्दै उनले बताए कि आफु दाङको धर्ना जन्मेर बिदेशी भुमी अमेरिका आउँदा एक्लोपन महशुस गरे यद्दपी परिवार अमेरिका भए पनि आफु कत कता एक्लो भएको बिरानो भएको महसुस गरे अनी उक्त महसुसलाई एउटा किताबको रुप दिने सोच पलायो ।
धेरै बर्ष आफ्ना आफ्नो जन्म भुमी धर्ना गएको बेला त्यहाका साथी भाईहरु र सबै सित सम्झनाहरु उनिहरुका अनुभवहरु बटुल्दै लेख तयार गर्ने सोच पलाएको थियो तर बातावरण मिलेको थिएन । जब अमेरिका बसे अमेरिका अङ्रेजिमा आफ्ना भावनाहरु प्रस्तुत गर्ने बिचार र बिशाल अमेरिकामा आफ्नो छुट्टै पहिचान बनाउने सोचले उनी लागि परे र आज एउटा एक्काइस बर्षे नेपालीले ठिटोले अमेरिकी पुस्तक बजारमा TANGLED LIFE लाइफ नामक किताब निकाल्न सफल भएका छन् । उनको यो यात्राा अबिरल बगोस हाम्रो तर्फबाट शुभकामना ।
एउटा नेपाली ठिटोले अनलाइन बजारमा राखेको किताब यो अमेजनको लिन्कबाट किनेर पनि मगाउन सकिनेछ ।