मित्र लाल पार्दे
पोल्यान्ड
पोल्यान्डमा पढ्दै महिनाको खर्च र कलेज फी तिर्न सकिन्छ कि सकिदैन ?
– धेरै धेरै धेरै गार्हो छ । तर निरन्तर संघर्ष र परिश्रम गर्नेहरुलाई कुनैपनि देश नराम्रो हुँदैन । पढाइको उद्देश्य लिएर आउनेहरू पढाइमै ध्यान दिनुपर्ने हुन्छ त्यसैले पढ्दै कलेज फी तिर्छु भन्ने कुरा फलामको चिउरा चपाए जस्तो हुन्छ ।
पोल्यान्डमा महिनाको एक लाख रुपैया पढ्दै कमाउन सकिन्छ कि सकिदैन ?
– पढ्ने समय कटाएर औसत २ देखि ३ युरो घण्टाको हिसाब गर्नुहोस् । आफै जोड्नुहोस् ।
पोल्यान्डमा कार्ड खुलेको छ रे के यो सत्य हो ?
सत्य होइन
पोल्यान्ड फुल समय काम गर्नेहरुले कति कमाउन सक्छन् ?
– औसत ५० हजार
के एउटा कम्पनिमा काम गरेर टि आर सी लिएको व्यक्ति सिधै अर्को कम्पनीमा गएर काम गर्न पाउछ ?
-सिधै पाउदैन यदि कम्पनीको लागि आवश्यक व्यक्ति भएमा कानुनी प्रकृया पुरा गरेर राख्न सक्छन् तर सिप नभएकोलाई कम्पनिहरुले यो झन्झेट लिन चाह्दैनन् ।
कति बर्षमा पी आर हुन्छ ?
-यदि ५ वर्ष सम्म लगातार कामदार भिजामा रहेर ट्याक्स तिरेर पोल्यान्ड कानुनको नियममा रही काम गरेको छ भने उसले पि आर पाउन सक्छ ।
तर पोल्यान्ड भाषा सिक्न पोल्यान्ड सरकारले जोड दिइरहेको छ यद्यपि आजसम्म भाषा त्यति ध्यान नदिए पनि सरकारले पि आर पाउन ५ बर्ष सम्म बसेर काम गरेको र बि १ भाषा सिकेकोलाई पि आर दिन सक्छ अब पोल्यान्डमा पि आर अप्लाइ गर्दा बि १ लेभलको भाषा सिक्नु पर्दछ । अत जुन देशमा बस्ने हो त्यो देशको भाषा सिक्नु अनिवार्य सर्त हो ।
के पोल्यान्डमा अङ्ग्रेजी चल्छ ?
चल्दैन पोल्यान्डको कुनै पनि कार्यालयमा अङ्ग्रेजी जानेका कर्मचारी भए पनि फिटिक्कै अङ्ग्रेजी बोल्न चाहदैनन् बरु हामिसित उनिहरु पोलिश नागरिक झै फरर पोलिशमा बोल्ने गर्दछ्न अत सानोतिनो काम गर्न पोलिश कार्यालयमा जानुपर्दा पोलिश भाषा अलि अलि भए पनि सिकेर जादा काम गर्न सहज हुनेछ ।
पोल्यान्डमा बच्चा जन्मेपछि कति पाउछ ?
– पोल्यान्डमा बच्चा जन्मेपछी १८ बर्ष नहुदासम्म बच्चा हेरचाह पढाइ लेखाइ भनेर ५०० ज्लोटी
यदि बच्चा स्कुल गैरहेको र सम्बन्धित बुवा आमाले काम थोरै भएको अवस्थामा १२३ थपेर ६२३ ज्लोटी महिनाको प्राप्त हुन्छ
यो सुबिधा पि आर मात्र नभएर टि आर सि कार्ड भएका बाबू आमाका छोराछोरीमा पनि हुन्छ ।
पोल्यान्डको प्रधानमन्त्री को हुन् ?
-मोराविच्की
पोल्यान्डको रास्ट्रपति को हुन् ?
-आन्जेय दुदा
पोल्यान्डको जनसंख्या कति हो ?
-झन्डै नेपालको बराबर
पोल्यान्डको क्षेत्रफल कति हो ?
-झन्डै नेपाल भन्दा तीन गुणा
पोल्यान्डको भाषा के हो ?
– पोलिश भाषा
पोल्यान्ड कति सालमा युरोपेली सदस्य रास्ट्र भो ?
-2004 मा
पोल्यान्ड कति सालमा शेङेन सदस्य राष्ट्र भो ?
-2007 साल
पोल्यान्डमा सबै भन्दा धेरै समय बसेका र हालसम्म बसिरहेका नेपाली व्यक्ती को हुन् ?
अहिले सम्मको प्राप्त जानकारी अनुसार दुर्गा मास्के उनी झन्डै ५५ बर्ष अघि पोल्यान्ड आएर पोल्यान्ड नै कर्मथलो बनाएर बसेका छन् हाल रिटायर्ड जीवन बिताइरहेका छन् ।
पोल्यान्डमा नेपालीहरुले गर्ने काम के हो ?
कृषि रेस्टुरेन्ट चिकन कम्पनी फिश कम्पनी ब्लु बेरि रेस्टुरेन्ट लगायत विभिन्न ठाउहरु जहाँ भाषा नभएपननि श्रम गर्नुपर्दछ र हालैका दिनमा केही नेपालिहरुले सानोतिनो व्यवसाय गर्ने क्रम बढ्दैछ साथै केही नेपालीहरु जस्तै बोध राज सुवेदी , उदय राज आचार्य अलिनी पोखरेल सुवेदी जस्ता केही व्यक्तित्वहरु पढाइ सकेर डाक्टर पेशा अङालेर पनि बसेका छन् ।
निरन्तर आफ्नो पेशामा कटिबद्द भएर राम चन्द्र न्यौपाने रिता न्यौपाने प्रकाश तिवारी होम नाथ सापकोटा नरेश सापकोटा बिक्रम महर्जन ठग बहादुर बस्नेत जस्ता व्यक्तिहरुले रेस्टुरेन्ट व्यवसायलाई अगाडि बढाइरहेका छन् ।
पोल्यान्डमा गोपाल भट्ट जस्ता व्यक्तिहरु पोल्यान्डका युनिभर्सिटीमा पढाउने काम गर्छन् ।
टि पि अधिकारी कोपर्निकस अनुसन्धान केन्द्रम अध्ययन गरेर खगोल बिज्ञानलाई अमेरिका ग्रीस पुगेर अन्तरास्ट्रिय रुपमै युवा बैज्ञानिकको उपमा दर्ज पाएका व्यक्ती हुन् ।
पोल्यान्डमा के कति नेपाली संस्थाहरु अस्तित्वमा छन् र आउन खोजिरहेका छन् ।
पोल्यान्डमा कानुनी रुपमा दर्ता भएको संस्था एन आर एन हो र जसका अध्यक्ष गोपाल राई हुन्
अन्य अस्तित्वमा रहेका संस्थाहरु
इनास पोल्यान्ड, प्रवासी नेपाली एकता मन्च , जनसम्पर्क समिती पोल्यान्ड ,हुन् यद्यपि ब्रदर हुडपोल्यान्डले खेल सम्बन्धी बन्धु ग्रुप पोल्यान्डले साङितिक कार्यक्रम सम्बन्धी कृयाकलाप गर्दै आएका छन् त्यसै गरि शेर्पा समाज पोल्यान्ड , पत्रकार समिती पोल्यान्ड ,कलिउड पोल्यान्ड , व्यवसायी समिती पोल्यान्ड पनि अस्तित्वमा आइरहेका छन ।
फेसबुक र अनलाइन मार्फत सूचना प्रदान गर्ने ग्रुपहरु नेपालीज इन पोल्यान्ड पोल्यान्ड नेपाल नमस्ते पोल्यान्ड एकता नेपाली समाज पोल्यान्ड रहेका छन् ।
के पोल्यान्डमा स्वास्थ्य विमा अनिवार्य छ ?
– हरेक कामदार एवम बिद्यार्थीहरुलाई स्वास्थ्य विमा अनिवार्य छ । अन्यथा पोल्यान्ड सरकार उपचार गराउन वाध्य छैन ।
८ के पि आर पाएको व्यक्तिले सिधै अरु ठाउमा काम गर्न पाउछ ?
– पाउछ भोट् हाल्ने अधिकार बाहेक अरु सामाजिक अधिकार पाउछ ।
टि आर सी टेम्पोररी रेसिडेन्ट कार्ड पाएपछि सिधै अरु देशमा काम गर्न पाइन्छ ?
– पाइदैन
के तीन महिनामै पोल्यान्डमा पि आर कार्ड बन्छ ?
-बन्दैन
पोल्यान्डका केही उत्साही युवाहरुको समूह ब्लिस ग्रुपको भिडियो सन्देशबाट पनि पोल्यान्ड सम्बन्धी केही जानकारी लिन सकिनेछ ।