एस. डी. अर्पण
२६ मे, वार्सावा । नेपालमा अपार सफलताका साथ चलि रहेको नायिका झरना थापाले निर्माण गरेको चलचित्र ए मेरो हजुर ३ युरोप भित्रिएको छ । जसको पहिलो युरोप प्रदर्शन हिजो राति पोल्याण्ड वार्सावामा कलाकार तथा नायिका द्वय झरना थापा र सुहाना थापाको साथमा सफलता पुर्वक गरियॊ । चलचित्र हेरेर निस्केका दर्शकश्रोताले चलचित्र राम्रो बनेको र उत्कृष्ट चलचित्र हेर्न पाएकोमा खुसि ब्यक्त गरेका छन् ।कलिवुड पोल्याण्डका सुरज कार्कीले चलचित्रको प्रदर्शनका क्रममा दर्शकहरुको उल्लेख्य उपस्थिले आगामी दिनमा आफुलाई नयाँ राम्रा नेपाली चलचित्रहरु भित्राउन हौसला मिलेको बताउछन्। त्यस्तै झरना थापा एवं सुहाना थापाले चलचित्र हेर्न आएका दर्शक श्रोताहरुलाई आफ्नो चलचित्र प्रति देखाएको मायाले आफुहरुलाई आगामी दिनमा नयाँ चलचित्रहरु निर्माण गर्नमा थप उर्जा थपिदिको बताउछन् । यसै सेरोफेरोमा हामीले चलचित्र हेरी सकेपछि यसको केहि समिक्षा गरेका छौँ ।
कलाकार- सुहाना थापा, अनमोल केसी, सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झा, सजोज खनाल (अतिथि कलाकार)
कथा- सुहाना थापा स्वयमको प्रस्तुतिमा निर्वाण भएको चलचित्र ए मेरो हजुर -३ सामान्य नै छ । जोस र जागरले भरिएको गायक सुपरस्टार अनमोल केसी जसको नाम कृष्ण रखिएको छ । उस्कोलागी संयौ फ्यानहरुको लाईनमा हानथाप गरि राखेको भीडबाट सुपरस्टारको एउटा फ्यान आर्या आर्थात सुहाना थापासंग परिचय हुन्छ र निरन्तरको भेटघाटपछि उनीहरु नजीकिन्छन् । आर्या कृष्णको ठुलो फ्यान भएको कुरा बताउँछिन् र आफ्नो जन्मदिनमा समेत बोलाउन भ्याउछिन् । उता कृष्ण जस्तै अनुहार भएका घनश्यामले आर्यालाई पछ्याइरखेका हुन्छन् र आफुले आर्याको प्रेममा परेरै छाड्ने अड्डी कसेका हुन्छन् तर त्यो कुरा आर्यालाई मन परिरहेको हुदैन । उता कृष्ण र आर्याले एक एर्कालाई मन पराए पनि भन्न सकिरहेका हुदैनन् । एक दिन कृष्णले प्रेम प्रस्ताव राख्न लड़िज होस्टेलभित्र छिर्छ तर जसै गुलावको गुच्छा लिएर अघि बढ्छ आर्याले उसको प्रेम अस्वीकार गर्दै उडाई दिन्छ जुन कुरा उसका साथीहरुलाई अचम्म लाग्छ । त्यसपछि नै आर्याले आफुलाई खतरनाक क्यान्सर रोग लागेको र आफु कुन बेला मृत्यु वरण गर्ने कुरै निश्चित नभएकोले कृष्णलाई दु:खी तुल्याउन नचाहेको रहस्य उद्घाटन गर्छिन । उता कृष्ण पनि आफ्नो प्रेम अस्विकार हुँदा पुरै बेचैन हुन्छ। एउटा अवार्ड कार्यक्रममा प्रत्रकारहरुको प्रश्नले घेरिएका कृष्ण आफु गाउँबाट आएर काठमाडौँमा धेरै संघर्ष गरेको र मेहेनत गर्दै जाँदा अर्पण थापासंगको सम्झौताले आफु मिडियाबाट टाढा रहनु परेको रहस्य उद्घाटन गर्छ । अन्तत: आर्याको क्यान्सर बल्झीए पछि अस्पताल भर्ना गरिन्छ र त्यहि कृष्णको काखमा नै आर्याले प्राण त्याग गर्छे । यसरी अत्यन्त बियोगान्त स्थितिमा चलचित्रको अन्त्य हुन्छ।
सबल पक्ष: अभिनय- चलचित्रको सबल पक्ष भनेकै यसको अभिनय हो । चलचित्रमा भएका कलाकारहरु सबैले न्याय पूर्ण अभिनय गरेका छन् । चलचित्रमा पहिलो पटक डेब्यु गरेकी नायिका सुहाना थापाको अभिनय हेर्दा उनको यो पहिलो चलचित्र जस्तो लाग्दैन । उनको अभिनय हेर्दा कुनै निखारिसकेकी नायिका भन्दा कम जस्तो लाग्दैन । त्यस्तै अनमोल केसी, सलोन बस्नेत, रबिन्द्र झा, अर्पण थापाले आफ्नो भूमिका राम्रैसंग निभाएका छ्न् । गीतसंगीत: चलचित्रको गीतसंगीतको कुरा गर्दा उत्कृष्ट नै मान्नु पर्छ। खासगरी अहिलेका युवा पुस्ताले रुचाउने खालको गीत सृजना गरेका आशिश अविरल, कल्याण सिंह, कोशिश छेत्री, प्रतिक पौडेल, पुस्पन प्रधान को काम प्रसंशा योग्य नै छ । त्यस्तै चलचित्रको अन्य पक्ष्को कुरा गर्दा यसको नेर्देशकिय पक्ष पनि हो, जसले यति ठुलो संगो टिमलाई अगाडी बढाएका छन् ।
कमजोर पक्ष: चलचित्रको कथावस्तुमा कुनै नौलो पन पाँइदैन, यस किसिमको कथा केहि पुराना कलिवुड तथा बलिवुडका चलचित्रहरुमा पनि देख्न पाईन्छ। त्यस्तै केहि दृश्यहरु विश्वास गर्न गाह्रो छ जस्तो कि सँधै आफ्ना साथीहरुसंग रहने आर्या, कृष्णसंग भेट्ने बेलामा भने एक्लै स्कुटरमा धक्का लगाई राखेको देखाईञ्च जुन अलि पत्याउन गाह्रो देखिन्छ । त्यसगरी कृष्णले आर्याको क्षातीमा लेखि दिएको अटोग्राफ पहिले सिधा लेखिनु तर पछि केहि छड्के देखिनु अलि अपाच्य जस्तो देखिन्छ। त्यसैगरी अमेरिकामा रहेको आफ्नो बुवासँग आर्याले कुरा गर्दा दुवै तिर दिउँसैको दृश्य देखाईञ्छ जबकि अमेरिका र नेपालबीचको समय करिब १० घण्टाको छ । त्यसैगरी सँधै घनश्याम र हरि (अनमोल र सलोन) आफ्नै मोतर्साईकलमा हिड्ने गरेकोलाई फिल्मको अन्त्यमा घरबेटीको मोटरसाईकल चलाएको अलि अस्ववाविक लाग्छ । त्यस्तै कहिले आर्याको अनावश्यक धेरै साथीहरु देखाउँदा कहिले झिझो लाग्ने छ। यद्यपि यी केहि झिना गल्ति कमिकमजोरीहरु भएपनि चलचित्र हेर्न लायकको बनेको छ । चलचित्र हेर्न बसे पछि दर्शकहरुले काटेको टिकटको पैसा खेर जाने खालको छैन । यसैले नेपाल देखि युरोप तथा जहाँ नेपालीहरु भएका विश्व भरि नै ए मेरो हजुर ३ को चर्चा चुलिएको छ । चलचित्र टिमले आगामी दिनमा यस्तै राम्रा चलचित्रहरु निर्वाण गरोस् शुभकामना ।