कलश खरेल
२४ मे, वार्सावा । जनताले आफ्नो इच्छाएको व्यक्तिलाई अभिमत दिने प्रत्यक्ष विधिनै चुनावी प्रकृया हो।हिन्दुबादी नेताको रुपमा चिनिदै आएका प्रधानमन्त्री नरेन्द्र मोदिले यसपटक पनि भारी बहुमत सहित बिजय हासिल गरेका छन् ।अबको ५ बर्षको लागि सरकार चलाउन उनले जनताबाट प्रत्यक्ष अनुमोदन पाएका छन।जसरी विपक्षीले चुनाब पुर्ब अबको केही दिन मात्र मोदी सरकारमा रहने र त्यसउपरान्त सदाका लागि बाहिरिने प्रचार गरेको थियो जुन परिणामले गलत साबित गरेको छ।मुख्यतः मोदी भारतीय जनताको नजरमा विशेषगरी २ बिषयमा उत्तम ठहरिए:(१) रास्ट्रवाद अन्तर्गत भारत -पाकिस्तानको सिमास्थित जम्मु कस्मिरको बिषयमा जबर्जस्त अडान लिनु ।(२) कालो धनलाइ जफत गर्दै नोटबन्दी गर्नु।यी उल्लेखित लगायत अन्य बिषयमा मोदी अडानका साथ उभिनुले आन्तरिक तहमा जनताको बिश्वास जितेका छन् । अर्को तर्फ बिगतको तुलानामा काङ्ग्रेस आइले जितमा केही सुधार आएपनि अपेक्षाकृत हुन सकेन।सरकारका कम्जोरी औल्यान उद्धत हुने तर आफ्नो कमजोरी सुधार्ने दिशामा काङ्ग्रेस चुक्यो।मुलतः मोदीलाई चौकिदारको रुपमा चित्रण गरियो जुन मोदीलाई घुमाउरोरुपमा फलिफाप भएको छ। मोदीले चुनावी अभियानमा भनेका थिए”म जनताको सेबक हु ताकि सदैब हक-हितको लागि चौकिदारी गरिरहनेछु”।
राहुलको आरोप थियो :मोदीले धनाढ्य र उच्च बर्गका व्यक्तिहरुको मुकुन्डो ओढेर गरिब जनतालाइ भ्रम छरिरहेका छन् ।तर सतहिमा आम जनताले राहुलको भनाइमा बिमती राखे जुन चुनाबी परिणामले स्पष्ट पारेको छ।काङ्ग्रेस अर्को तर्फ परिबारबाद तर्फ उन्मुख हुदा पार्टीले पराजय भोग्नु परेको पार्टीकै कतिपय नेताको आरोप छ किनकी सक्षम र क्षमताबान नेताले चुनाबमा उम्मेदवारी दिन अबसर पाएनन् । मोदीका लागि पनि आगामी दिन अबसर सङ्गै चुनौती थपिएको छ।चुनाबी प्रचारका क्रममा जनताका सामु प्रतिबद्धता व्यक्त गरिएअनुरुप कार्यान्वयनमा लैजानु पर्ने हुन्छ जुन अपेक्षित सहज भने पक्कै हुने छैन ।