कलश खरेल
२२ मे, वार्सवा । कविता, माधुर्यता, रङ्गीनता र मिठासतालाई लयात्मक भावमा समेट्दै उत्कृष्ट गीतको राग सृजना भएको हुन्छ। कर्णप्रिय रागमा मानिसका जीवनमा घटित घटना, परिघटना, दैनिकी कृयालाई छन्दामक शिष्टतामा प्रस्तुत गर्दै चौरङ्गी जीवनको दृश्य कैद गरिएको हुन्छ। गीत एउटा सामुहिक प्रस्तुती पनि हो जहाँ गीतकार, सङ्गीतकार, गायककारको सामुहिक प्रयासबाट उचाइमा पुग्छ। आज विश्व रङ्गमन्चमा फैलिदै,झाङ्गीदै एवं सर्बग्रार्ह्य हुँदै गएको गीत अत्यन्त लोकप्रिय बिधाको रुपमा दर्ज भएको छ। आज सायद कोहि पनि मानिस गीत-सङ्गीत बिना धैर्यतामा बाँधिन सक्दैन किनकी जस्तोसुकै परिस्थिलाई नियाल्न सक्ने दरम्बा गीतको काल्पिय धुनमा मानिसले घोतल्न सक्छ। सङ्गीत बिधा दु:ख, पीडा, दर्द एवं कारुणिकता बिर्साउने देउराली हो भने सुखलाई रङ्गीनतामा बदल्ने माध्यम पनि। जब-जब मानिस पिडाको उत्कर्षमा पुग्छ तब भुलाउने साहारा गीत बन्दछ। कति अदम्य शक्ति लुकेको छ सङ्गीतको छहारिमा! एउटा श्रस्टा, कलाकार जसले केबल दर्शक -श्रोतालाई मनोरञ्जनको किरण कसरी प्रवाह गर्न सकिन्छ भन्ने सन्दर्भमानै ध्यान केन्दृत गर्दैगर्दा उसको व्यक्तिगत जीवन नै सार्वजनिक जीवन जस्तै भएको हुन्छ। कलाकारिता पनि एउटा प्राध्यापक जस्तै हो जसले आफ्नो जीवन दु:खको छाङ्गमा जेलिएता पनि समाज र राष्ट्रलाई मनोरञ्जनसँगै सकारात्मक सन्देश प्रवाह गरेको ज्वलन्त उदारहण हामी माझ छ।
आज हामी नेपाली लोक -दोहोरी क्षेत्रका अमुल्य गहना, बहुमुल्य श्रस्टा एवं बहुचर्चित कलाकार शिव हमालको जीवनमा सुचिकृत संघर्षका खुड्किलासँगै सफलताका रोचक बिषयमा चर्चा-परिचर्चा गरेका छौ। लोक दोहोीमा ह्वात्तै चर्चाको शिखरमा पुग्ने अनि तुरुन्तै हराउने परिपाटी नभएको हैन तर सदाबाहार सङ्गीत पारखीमाझ सर्वप्रिय रहेका मुर्धन्य गायक एवं सङ्गीतकार हमालको चर्चा भने निरन्तर भैरहयो। क्षणिक चर्चाको डुङ्गामा हमालले सयर गर्नु परेन किनकी उनको काबिलियता र दक्षता अदभुत थियो जुन हालसम्म जारी छ। कैयौंपटक संघर्षका बारदलिमा आर्थिक अभावले बादल गर्जेकै हो तर मडारिएको बादलाई निस्तेज गर्न उनी सफल भए। जटिलता र कठिनतासँग हरपल जुध्ने साहासिक व्यक्ति सफलताको डोरी चुम्न सक्छ भन्ने आख्यानका नमुना पात्र हुन् हमाल। बहुआयामिक कलाकार एवं सर्जक हमालको जन्म २०३९ सालमा स्याङ्जा जिल्लाको ज्याग्दी खोलामा बुवा बम बहादुर हमाल र आमा मिठु हमालको ममतामयी कोखबाट भएको हो। हमाल बाल्यकालदेखि नै समाजमा लगनशील, शालिन एवं बौद्धिक व्यक्तिको परिचय बनाएका थिए। विद्यालय एवं गाउँमा हुने हरेक कार्यक्रममा गीत गाउन अग्रसर हुने हमालले दर्शक -दिर्घालाई नतमस्तक बनाउँथे। प्रत्यक्ष दोहोरीमा माहिर हमालका सामु प्रतिस्पर्धीलाई जवाफ फर्काउन दातमा ढुङ्गो चपाए सरह हुन्थ्यो। एस एल सी गाउँकै विद्यालयबाट दिएका हमालले स्नातक सम्मको अध्यन गरेका छन्। २०६१ सालदेखि लोकदोहोरी क्षेत्रमा औपचारिक अध्याय सुरु गरेका हमालले सयौं चर्चित गीतहरु सृजना गरेर दर्शक श्रोताको अन्तरमनमा रङ्गीन छाप छोडेका छन्। उनका सृजनामा मौलिकता ,संस्कृति एवं परम्परागत शैलीलाई बेजोडरुपमा उतारिएको हुन्छ जुन हरेक तह-तप्काका सङ्गीत पारखिले औधी मन पराएका छन्।
देउरालोको भट्टी पसल, पछ्यौरी लेऊ बैना, सानू कहाँ छौ, एक तर्फी माया देखि लालुमै, लाउँछ माया नलाउने हैन र साइलो सम्म आइपुग्दा उनका सृजना हरतरहले अब्बल रहे। गाउँ-परिवेशका लोप हुन लागेका खाशिय शब्द, चलनचल्तीमा रहेका ठोस भाषालाई दुरुस्त गीतमा समावेश गरेर थप चमकता ल्याएका छन्। पछिल्लो समय बजारमा आएको लालुमै गीतले करोडौं दर्शकको मन जित्न सफल भएको छ। निकै छिटो उचाईमा पुगेको यस गीतमा पनि चलनचल्तीमा रहेको परम्परागत भाषालाई लिपिबद्ध गरिएको छ। शब्द, लय र भाकालाई निकै चटिलो रुपमा प्रस्तुत गरिएको यस गीतलाई दर्शक-श्रोताले जिबन्त सम्झिने छन्। हमाल भन्छन् “यहि लोक सङ्गीत क्षेत्रमा उर्जाशिल जीवन खर्चियो अब दिशा परिवर्तन गरेर अर्को कुनै क्षेत्रमा समाहित हुन्छु भन्ने कल्पना समेत गर्न सक्दिन किनकी मेरो जीवन नै लोक गीत बनिसकेको छ”। उनको यस भनाईबाट पनि हमालको हरेक नशा-नशामा लोक गीतको धुनले राप संचार गरेको छ भन्ने पुष्टि हुन्छ। उनी जीवनको हरेक कालखण्डमा पनि दोहोरीको उत्थान र समृद्धिमा लाग्ने अगुवा श्रस्टाको जबर्जस्त छाप बनाउने नैतिकताका धरोहर हु्न्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान उपत्यका सम्मन्य समितिका निवर्तमान अध्यक्ष हमाल हाल भने केन्द्रिय सदस्य रहेका छन्। त्यसैगरी प्रस्तोता समाजका वरिष्ठ उपाध्यक्ष, स्याङ्जाली श्रस्टा सदनको प्रथम उपाध्यक्ष लगायत झन्डै आधा दर्जन संघ-संस्थामा सल्लाहकार र संरक्षकको भुमिका निर्वाह गरिरहेका हमाल कार्यकुशलतामा तेजस्वी ठहरीएका छन्। करिब दर्जन विदेश भ्रमणमा गएका हमालले देशको मौलिक लोक भाकालाई समेत अन्तराष्ट्रिय जगतमा चिनाउने सवालमा बिशेष योगदान पुर्याएका छन्।लोक-दोहोरी विकासमा हमालले पुर्याएको महत्वपूर्ण योगदानलाई नयाँपुस्ताका कलाकारले पनि अनुशरण गर्न सके थप जिवन्त बनाउन कोसेढुङ्गा साबित हुनेछ।