एस. डी. अर्पण
१७ में, वार्सावा । नेपाली सुपरहिट चलचित्र ए मेरो हजुर -३ वार्सावा पोल्याण्डमा आज १७ तारिकका दिन प्रदर्शन गर्ने भनिएकोमा प्राविधिक कारणवस प्रदर्शन गराउन असमर्थ भएको जानकारी प्राप्त भएको छ। कलिउड पोल्याण्डले सो चलचित्र अर्को शनिवार २५ तारिकका दिन किनो लुनामा कलाकारहरुको साथमा प्रदर्शनमा ल्याउने कुरा पनि जानकारीमा आएको छ। सारिएको मितिले दर्शक स्रोतामा परेको असुविधाप्रति कलिउड पोल्याण्डले क्षमा मागेको छ । वार्सावा पोल्याण्डमा रहेका सम्पूर्ण नेपालीहरुलाई चलचित्र हेर्न आईदिनुहुनका लागि कलिउड पोल्याण्डले अनुरोध गरेको छ । नेपाली चलचित्र लाई माया गरौ।
मिति: २५ मे २०१९ शनिवार
समय: १०:३० बजे बेलुकी
स्थान: किनो लुना
कलिउड पोल्याण्ड