कलश खरेल
पत्रकारिता समाजको अभिन्न चित्रकार हो जहाँ परिस्थिको आवश्यकतामा आधारित सुचांकहरु दलिल भएका हुन्छन् ।भाषागत मर्यादा,परिवेशको विश्लेषण,शैली,शिस्टता,बिनम्रता,धैर्यता र नैतिकता लगायतका गहन बिषयमा पत्रकारको दुरदर्शिता पक्कै हुनु पर्छ।एउटा ड्राइभरले गाडी गलत दिशातर्फ मोडदा वा उत्तेजक शैली अपनाउदा दुर्घटना भएका कयौ दृष्टान्त छन जुन परिदृश्यबाट यात्रु सिकार भएको हामी पाउछौ।पत्रकार पनि एउटा समाजको महत्वपूर्ण ऐना हो जसले चुस्तदुरुस्त चित्रको मार्ग प्रेषित गर्दछ।एउटा पत्रकार वा रिपोर्टर समाजमा लुकेर वा दबिएर रहेका बिषयलाइ उठान गर्दै चेतनाको आकारलाइ उचाइमा पुर्याउने प्रयत्न गर्छ जुन जिम्मेवारीको उत्कृष्ट बिधा हो। तदकार्यमा पत्रकारलाइ हौसला एबम उत्साह चौतर्फी प्रदान गर्न जरुरी छ। यस बिषयमा सायद कसैको दुई मत नरहला।सुचना सम्बाहाक कसैको आग्रह वा पुर्बाग्रहको साक्षी कदापि बन्नु हुदैन।बन्द कोठा भित्र रहेको फोहोरलाइ सफा गर्नु पत्रकारको दायित्व हो जुन निर्बाह पक्कै भएको छ।।कुनै पनि बिषयको उठान सभ्य -शिष्ट तबरबाट उदघाटित गर्न सक्यौ भने सभ्य एबम शालिन समाज निर्माणमा टेबा पुर्याउछ।आक्रोश -आबेग वा अनुत्तरदायी महत्वकांक्षाले कतिपय अबस्थामा बिग्रता वा तिक्तताको राप पैदा गर्दछ जुन कालान्तरमा परिणाम घातक हुन सक्छ।
आजभोली सम्बाद वा बहस पैरबी हरेकजसो टि भि च्यानलमा प्रसारण भएका हुन्छन।एक आपसमा अन्तरसम्बाद हुन जरुरी पनि छ किनकी जनतालाइ सम्बन्धित अधिकारिले सहि सुचना वा गतिबिधी प्रत्यक्ष बहसमार्फत संचार गर्दा जनता समयमै सुचित हुन्छन।यो अत्यन्त गौरवपुर्ण बिषय हो।सम्बाद गर्ने क्रममा प्रस्तोताले सोधेको प्रश्नको जबाफ अतिथिले दिनु पर्दछ। प्रश्नको जुनसुकै कोण र धरातलबाट प्रस्फुटित हुन सक्छन जुन परिस्थितिले निर्धारण गर्ने बिषय हो।कतिपय अबस्थामा आफू अनुकूल प्रश्न हुदा शिर ठाडो गरि हर्षित मुद्रामा जबाफ फर्काउन आतुर हुने तर बिपरित दिशाबाट प्रश्न श्रीजित हुदा जबाफ दिन हिचकिचाउने परिपाटी पनि पनि गलत हुन सक्छ।पत्रकारको शिस्टता,लबज ,वाकपटुता समय सान्दर्भिक हुनु नितान्त आबश्यक छ।अग्रजको नक्कल वा कसैको लबजलाइ प्रेषित गरेर चर्चाको शिखरमा तुरुन्तै पुग्छु भन्ने अभिलाषा उद्धेलित भएको छ भने कालान्तरमा घातक हुन सक्छ।सम्बाद भन्नू नै प्रश्न -उत्तर हो।कतिपय अबस्थामा सोधिने प्रश्न जबाफकर्ता दोसाँधमा तरङ्गीत भएको हुन्छ भने चिडचिडाडले उसलाइ पिरेलेको हुन्छ।बाताबरणलाई संयमित एबम सरल बनाउन सोधकर्ता नै जागरुप हुनुपर्दछ। प्रश्न जटिल एबम ब्याग्यात्मक छ भने पनि विनम्रतापूर्वक सोधदा जबाफ शालिन आउँछ तर त्यही बिषय ठाडो र असभ्य तबरबाट प्रस्तुत गर्दा जबाफ आक्रोशपुर्ण आउन सक्छ।बिषय एउटै हो, प्रश्न समान हो जहाँ जबफ पनि उस्तै हो केबल शैलिमा भिन्नता हुन्छ।बिबिध कोण र सारबाट विश्लेषण गर्दा पत्रकारलाइ आफ्नो अङ्गरक्षक बनाउन खोजिन्छ भने त्यो स्वतन्त्रपत्रकारिता माथिको लगाम हो।तर पत्रकार एबम मिडियाकर्मिले पनि कोहि न कहि शिस्टता एबम बिनम्रतालाई अनुशरण गर्ने अर्को तर्फ अतिथिले पनि अहंकारको भावना त्याग्यौ भने बिबाद न्यून हुन जान्छन् ।