कलश खरेल
१३ मे, वार्सावा ।
गायक तथा सङ्गीतकार वसन्त थापा मौलिक गीतहरु श्रीजना गरेर लोक साङ्गीतिक क्षेत्रलाई कसिलो बनाउने कलाकार मध्य अब्बल स्थानमा आउछन।पछिल्ला दिनहरुमा उनका श्रीजना र साङ्गीतिक कोशेलिले साङ्गीतिक पारखिहरु एकछत्र झुमेका छन।त्यसैको पछिल्लो कडिको रुपमा पिलिपिली जुनकिरी बजारमा आएको छ।गायिका सुनिता गुरुङ्गले बजारमा ल्याएको यश साङ्गीतिक कोशेलिमा गायक थापा, गायिका देबि घर्ती एबम स्वयम् गायिका गुरुङ्गको स्वरले थप मनोमहक बनाएको छ भने अहिलेका चर्चित मोडल अभि रायमाझी र जुना सुन्दासको अभिनय र उत्कृष्ट नृत्यले रङीनता थपिएको छ।नबराज पन्थको शब्द ,गायक थापाकै सङ्गीत रहेको यश एल्बममा दीपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका छन भने ओ.बि .जि इन्टरटेनमेन्टले बजार ब्यबस्थापन गरेको छ।