हार्दिक अपिल!!
नमस्कार!
म निरज खरेल पोर्चुगल बाट !
पोर्चुगल मा नेपाली समुदायको बिग्रदो अवस्था जतासुकै लुट, ठगी, ह्यारेसमेन्ट, human trafficking शरीर बन्धक जस्ता कुरा हरु देख्न नसकेर सन् २०१५ सेप्टेम्बर १९ बाट म एक्लैले सुरुवात गरेको सामाजिक जनचेतनामूलक कार्यक्रम मा अहिले आएर बृहत् भइ पोर्चुगल का विभिन्न स्थान मा हुनुहुने ३५ जना सकृय युवा सहयोगी साथीहरूको सहकार्य मा फेसबुक सामाजिक संजाल मा “सहयोगी नेपाली मन पोर्चुगल” ग्रुप/पेज Social awareness अभियान साथै कानुनी/कागजी प्रक्रियामा सघाउन का लागि Admin/Youth team का ग्रुप सदस्य आफैले संकलन गरेको Administration costs मा SNMP YOUTH HELP DESK संचालन गरेका छौ हाम्रो उदेश्य पोर्चुगल आउन चाहनुहुने साथीहरू लाई उचित सल्लाह/परामर्श दिने अनि पोर्चुगल भित्र रहनुहुने साथीहरू लाई बैधानिक कागजी प्रक्रिया, काम,बासस्थान, लगायत ईन्टरनेट अनलाइन बाट हुने सम्पुर्ण काम कानुनी प्रक्रिया को उचित परामर्श दिने र सहयोग गर्ने गरेका छौ, यो हाम्रो अभियान राजनीति भन्दा बाहिर र ब्याक्तिगत स्वार्थ भन्दा माथी उठेर गरेको विशुद्ध समाजसेवा हो, दु:ख/दुर्भाग्य को कुरा यहाँ ४० भन्दा बढी नेपाली जातीय,क्षेत्रीय,पार्टिगत संघ संस्था छन् तर हाम्रो यस् सामाजिक सेवा मा हातेमालो र सहकार्य का लागी हामीले बारम्बार आग्रह अनुरोध गर्दा पनि कहिँ कसैले आजसम्म साथ दिन आएका छैनन् कारण सबै मा खादा, माला र कुर्सी, पद पैसाको मोह छ जुन हामीले दिन सक्दैनौ धेरै पिडित ब्याक्ती हरुका अनुसार NRNA पोर्चुगल मा पदासिन र आसेपासे र राजनैनिक ब्याक्ती हरु ले नै सर्वसाधारण दाजुभाइ दिदिबहिनी हरुलाइ बिना पारिश्रमिक काममा लगाउने कागजपत्र बनाउने बहानामा नजानिदो घुमाउरो पाराले शरीर बन्धक बनाएर महिला दिदिबहिनी हरुको बाध्यता बिवसता को फाइदा उठाउने, दाजुभाइ हरु लाई लुट्ने ठग्ने साथै नेपाल बाट समेत विभिन्न म्यानपावर एजेन्सी र मानवतस्कर गिरोह हरु सङ्ग मिलेर Human trafficking गरि प्रतिब्याक्ती १० लाख नेपाली रुपैया भन्दा बढी रकम उठाइ यहाँ ल्याएर अलपत्र पारेका घटना ले गर्दा यहाँको बिकराल अवस्था छ, साथै त्यसरी आउने हरु पनि आफू यहाँ बैधानिक नभएको कानुनी जानकारी का अभावमा पछि Police Case भयो भने बैधानिक हुनका लागि समस्या हुन्छ कार्ड पाइन्न, साथै कहि कतै जानकारी गराएमा कुट्ने पिट्ने काले गुन्डा लगाइ दिने भनी डर देखाउने भएकाले कानुनी उपचार का लागि जान डराउने गरेका छन् त्यसको उपज हीनताबोध, डिप्रेसन हुने लागुपदार्थ मादकपदार्थ, ड्रग्स का कुलत मा लाग्ने साथै धेरै को मृत्यु समेत भैसकेको छ, हाम्रो अभियान मा सिमित जनशक्ति र कमजोर आर्थिक अवस्था हुदाहुदै पनि हामीले त्यस सम्बन्धि जनचेतनामूलक कार्यक्रम साथै inspiration/motivation हुने किसिमका विविध कार्यक्रम हरु र बैधानिकता का लागि कागजात बनाउन सहयोग त गर्दै छौ र पनी नेपाल बाट पोर्चुगल को कार्ड/ रातो पासपोर्ट बन्छ भनेर विभिन्न प्रलोभन देखाइ human trafficking गरि चेक,माल्टा,इस्टोनिया,पोल्यान्ड लगायतका देश हरुमा अहिले पनि दलाल हरुले हजारौं को संख्यामा नेपाली दाजुभाइ/दिदिबहिनी हरु लाई यहाँ ल्याइसकेको साथै अझै ल्याउदैछन भन्ने जानकारीमा आएको छ, सामाजिक संजाल को पहुच नभएर स्पष्ट सुचना जानकारी नपाएर कत्ती नेपालीहरु दलाल को चङ्गुल मा फस्दैछन साथै कत्तीपय ले अरु लाई जानकारी गराएमा काम नबन्ने, भिषा नलाग्ने भन्ने त्रास मा सबै काम गुपचुप रुपमा हुनेगरेको छ, हामी सङ्ग यस् सम्बन्धी यथेष्ट प्रमाण त छैनन् तर त्यसरी समस्यामा धेरै नेपाली हरू परेका छन् तसर्थ तपाईं संचारकर्मी, मानवअधिकार कर्मी, नेपाल सरकार, स्थानीय प्रशासन लाई यो अनुरोध गर्दछौ कि यस्ता सामाजिक बिकृती विरुद्ध जनचेतना जगाउन अनि नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ ठगिन बाट जोगाउन Social awareness गराउने अनि यस् संबंधि सत्य तथ्य सूचना समाचार सम्प्रेषण गर्ने साथै त्यस्ता तस्कर तस्कर गिरोह लाई पक्राउ गरि कानुनी कार्वाही गर्नका लागि पहल/मद्धत गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं, परदेश को भुमि बाट स्वदेश लाई केही ठूलो सहयोग गर्न नसके पनि आफ्नो वर्कत ले भ्याएको सम्म गर्दैछौ
जय देश !!
भवदीय
निरज खरेल
एडमिन “सहयोगी नेपाली मन पोर्चुगल”
फेसबुक पेेेज
SNMP YOUTH TEAM