पोल्याण्ड पठाउने भन्दै लाखौँ लिंदै म्यानपावरहरु

बैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने भन्दै विभिन्न म्यानपावर कम्पनी तथा एजेन्टहरुले प्रतिकामदार लाखौँ रकम लिइरहेको पाइएको छ। पोल्याण्ड पठाईदिने नाममा अग्रिम १ लाख भन्दा बढी शुल्क लिएको भन्दै पीडितहरुको गुनासो सहित साझा सबाल मिडिया मार्फत मनोज पराजुलीले लेखेको समाचार प्रकाशित भएको छ ।

घटना १.

बौद्धमा रहेको पर्पल एच. आर सोलुसनले पोल्याण्ड पठाई दिने भन्दै आश्वाशन दिएको थियो, सोहि अनुरुप आँफैले भान्जालाई लगेको थिएँ इन्द्र बहादुर के.शीले साझा सबालसँग बताएका छन् “तर महिना दिन हुँदै ६ महिना पुग्यो न त भिषा प्रक्रिया नै शुरु गर्यो, न त पैसा नै फिर्ता गर्यो।’’ पत्रिकामा विज्ञापन देखेपछि विश्वास लागेर म्यानपावर गइयो तर अहिले काम नभएपछि तिरेको रकम फिर्ता माग्दा म्यानपावर संचालक नै सम्पर्क विहिन छ, कार्यालय बन्द छ,” उनले भने। के.शीले आफ्ना भान्जा राजेश क्षेत्रीको पोल्याण्ड पठाउने भन्दै ठगिएको रकम दिलाई दिन विभागमा निवेदन दिन लागेको बताए ।

dfcf2617ac3a280a4e9320cdf720422e1557304893

घटना २.

२०७५ असार ३ गते पोल्याण्ड पठाउने भन्दै ललितपुर सातदोवाटोमा रहेको साई ग्लोबल करियर प्रा. लि का संचालक निरक शाहीले २ लाख रकम लिएको अछामका टोप बहादुर शाहीले साझा सवाललाई बताएका छन् । उनले भने “असार पछि ३/४ महिनामा काम हुन्छ भनेको थियो तर भएन, पैसा फिर्ता माग्दा दिंदैन अब के गरूँ ?” “पोल्याण्डको लागि जम्मा लागत ७ लाख मागेपनि शुरुमा २ लाख लिएको र काम नभए पछि १ लाख फिर्ता गरेको छ अझै १ लाख लिन बाँकि रहेको छ” उनले साझा सबालसँग भने। यस विषयमा साझा सवालले साई ग्लोबल करियरसँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।

घटना ३.

कास्कीका राज कुमार आलेलाई पोल्याण्ड पठाउने भन्दै ग्वार्कोमा रहेको दृष्मा ओभरसिजले २०७४ साउन २२ मा नबिल बचत तथा सहकारी संस्थामा १ लाख रकम जम्मा गर्न लगाएको थियो। तर पोल्याण्ड पठाउन नसकेपछि आफ्नो रकम फिर्ता माग गर्दा २०७४ माघ मसान्तसम्म तिरेको रकमको १० प्रतिशत व्याज सहित फिर्ता गर्ने गरि कागजमा कम्पनीको तर्फबाट सन्दिप तामाङले हस्ताक्षर गरेपनि आजसम्म रकम फिर्ता नभएको आलेले बताएका छन् ।।

d2d3b6c68de53468c8da953ca6652be31557304919
पोल्याण्ड जान लागत र समय कति ?
सरकारले संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत पोल्याण्ड जाँदा सेवा शुल्क ८० हजार ४ सय तोकेको छ। तर त्यस नियम विपरित म्यानपावर तथा एजेन्टहरुले प्रतिव्यक्ति ५ लाख देखि ८ लाख सम्म लिने गरेको गुनासो आउने गरेको छ ।

म्यानपावर कम्पनीले डिमाण्ड स्वीकृती लिए पश्च्यात डिमाण्ड अनुरुप भिषा प्रक्रिया देखि श्रम स्वीकृति सम्म निकाल्न सामान्य अवस्थामा पनि ४ महिना सम्म लाग्ने म्यानपावर व्यवसायी बताउँछन् । तर अहिले भिषा प्रक्रियाको लागि कम्तिमा पनि ६/७ महिना लाग्ने व्यवसायीहरुको भनाइ छ।

प्रमाण भए कारवाही गर्छौं : महानिर्देशक, बैदेशिक रोजगार विभाग
बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्म भुसालले पोल्याण्ड पठाउने नाममा ठगीका प्रमाण भेटीए कानुन सम्मत तरिकाले कारवाही गर्न तयार रहेको बताएका छन्। पोल्याण्ड पठाइदिने भन्दै विभिन्न म्यानपावरले कामदार ठगि गरेको गुनासो आएको छ, विभागले पीडितका गुनासा सम्बोधन गर्छ ? भन्ने साझा सवालको प्रश्नमा महानिर्देशक भुसालले भने “पीडित वा कसैले प्रमाण सहित केहि जानकारी विभागलाई दिएमा हामी तत्काल छानविन प्रक्रिया शुरु गर्छौं, दोषी देखिए कारवाही गर्छौं ।

श्रोत: साझासबाल डट कम

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.