पत्रकारिता जगतकै अमुल्य धरोहर आचार्य

कलश खरेल
११ मे, वार्सवा। समाजका कृयात्मक कच्चा पदार्थलाई उत्पादनमा परिणत गर्ने एक कलात्मक एवं रचनात्मक कार्यको परिछन्द हो; पत्रकारिताको सुगिन अभ्यास। घटित घटना वा परिदृश्यलाई चुस्तदुरुस्त पर्दापण गर्ने कुशल अन्वेषक हो पत्रकार। समाज परिवर्तन र विकासको पहरेदारी गर्ने पथपरदर्शक पत्रकारको जिवनशैली सायद आम मानिसलाई द्रवीभूत नहुन सक्छ। हेर्दा र सुन्दा जति सरल एवं सामान्य लाग्ने पत्राकारिता क्षेत्र एक संवेदनशिलताको धार पनि हो जहाँ हरेक किसिमका अबरोधलाई सरलीकरण गर्दै सामाजिक न्याय र सिद्धान्तमा दायित्व निर्वाह गर्नु पर्ने हुन्छ।२१ औं शताब्दीको मुल द्वारमा पाइला चालिरहँदा बिगतदेखी बर्तमान सम्म पत्रकारिता जगतमा अनेकन उतारचढाव सृजना भए जुन अबिस्मरणिय एवं पठनिय बिषय छ। बौद्धिक धरातलको उत्कृष्ट सङ्गम पत्रकारिता जगतमा विविध अबरोधका बिचमा पनि कुशल अभियान्ता एवं प्ररणेताको उदय भएको छ जसले संचारको माध्यमबाट समाज परिवर्तन र विकासलाई मुर्त रुप दिन अहोरात्र जिवन समर्पण गरे। आज हामी यहि सेरोफेरोमा रहेर नेपाली पत्रकारिताका जगतका कुशल हिमायती एवं अमूल्य गहना गोबिन्द आचार्यको जीवनकालमा खन्डिकृत रोचक तथा यथार्थ सघर्षका पाटाहरुलाई पर्दामा उतार्ने जमर्को गरिरहेका छौँ। आफ्नो स्नेही जीवन सायद धेरै व्यक्तिलाई प्यारो लाग्छ तर परिस्थितिको मागले व्यक्तिगत जीवन गौण हुँदै समाज विकास र परिवर्तनको संकल्प जब मानिसमा जबर्जस्त हुटहुटि चल्छ, तब समर्पणको डोरी कसिलो हुँदै जान्छ। यस्तै परिवेश र परिस्थितिको शिल्काहरु तेजबोध हुँदै गर्दा आचार्यको जीवन परिवर्तनका खातिर तरबारको धारमा जुधिरह्यो जुन झट्ट सुन्दा कारुणिक तर प्रेणादायी छ।

59825532_298753091012480_5100006920761114624_n

आचार्य बारम्बार मृत्युनजिक पुगेर जीवन वरण गर्ने एक भाग्यमानी र गौरवशाली पात्र हुन्। नेपालमा जतिखेर माओवादी जनयुद्ध सुरु भएको थियो तद् समयदेखि नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आचार्य क्रान्तिको बिगुल चर्काउँदै समाहित हुन पुगे। जेलनेल भोग्दै दर्जनौं पटक सुरक्षा घेराबन्दीमा परेर पनि पुर्नजिवन प्राप्त गर्ने आचार्यको जन्म १९७४, १० मार्चमा बुवा यम प्रसाद शर्मा आचार्य र आमा मायादेवी आचार्यको कोखबाट प्युठान जिल्लाको तेराममा भएको थियो । मध्यम परिवारमा पुत्रको सास्वत स्वरुपमा धर्तिमा पदार्पण भएका आचार्य बाल्यकालदेखि नै बौद्धिक एवं अनुशाशित बालकको रुपमा पृथक परिचय समाजमा स्खलित गरेका थिए। समाजका बडाजनहरुसँग उनी कहिल्यै मनोगत त्रासको भावमा प्रस्तुत भएनन् ताकी अन्तरमनदेखि नै दृढताका साथमा बिषयहरु उठान गर्थे। एस एल सि गाउँकै विद्यालयबाट उत्तीर्ण गरेका आचार्यले कानुन र पत्रकारितामा स्नातकतह सम्म अध्ययन पुरा गरेका छन्। नेपालमा हरेक निम्न बर्ग परापुर्व कालदेखि नै उच्च बर्गबाट शोषित,पिडित एवं विभेदको संकीर्णभावबाट तिरष्कृत हुँदै आइरहेका थिए।

एउटै गाउँमा गरिब गुरुवाले दिनभर साऊ महाजनको चाकडीमा समय व्यथित गर्दा पनि साझँ भात खान पाउँदैन थियो ताकी टुलुटुलु हेरेर बस्नु पर्ने बाध्यतामा पिल्सिरहेको हुन्थ्यो। यो कारुणिक एंव दयनीय अवस्थामा गुर्जिएका जनताको निराशा र बेदनालाई निर्मुल गर्न आवाजहरु बिस्तारै तेजबोध हुने क्रममा थिए।तद अबस्थाको एक निरिह क्षेणलाइ चेतनामा रुपान्तरण गर्नु अपरिहार्य थियो जुन परिदृशयको मापन गर्दै आचार्यले कलमको द्वारबाट चेतनामूलक सन्देश प्रवाह गर्ने निधो गरे। फ्लस्वरुप २०४८ सालमा औपचारिक रुपमा मातृभुमी साप्ताहिकमा आबद्ध भई पत्रकारिताको अध्याय सुरु गरेका थिए। उक्त साप्ताहिकमा २ वर्ष धाराप्रवाह रुपमा समाचार, सन्देश प्रवाह गरेका आचार्य २०५० सालमा जनादेश साप्ताहिकमा सम्वाददाता र नेपाल तारा साप्ताहिकमा सह-सम्पादकको रुपमा स्थानान्तरण भए। लेखन र समाचार प्रवाहमा गुणात्मक तेजस्वी ठहरिएका आचार्य २०५१ सालमा जनादेश साप्ताहिककै सह-सम्पादक,२०५६ सालमा कार्यकारी सम्पादक हुँदै २०५८ सालमा सोहि साप्ताहिक पत्रिकाका सम्पादकक पदमा पदोन्नति भए जहाँ २०६३ सालसम्म अनवरत कुशल कार्य सम्पादन गरे। उनको पत्रकारिता यात्रा केबल सिमित घेरा र बाँधमा अनुबन्ध भएनन् ताकी हरेक तह-तप्काको चित्रलाई दुरुस्त पर्दामा उतार्ने बहुआयामिक कलाको ध्वतक थिए। त्यसक्रममा २०६३ सालदेखी १ बर्ष नव चेतना मासिकको प्रधान सम्पादक भैइ कार्य सम्पादन गरे भने २०६४ सालमा लामो समय कार्यरत जनादिशा साप्ताहिकको प्रधान सम्पादकको पदवी ग्रहण गर्दै पत्रिकाको प्रतिस्पर्धात्म्क धारलाई थप सबल एवं अब्बल बनाउन सफल भए। जनयुद्धताका कृष्णसेन अनलाइन र सष्लेषण मासिक पत्रिकाको सम्पादकको रुपमा कुशल कार्य सम्पादन गरेको अनुभव समेत आचार्यले सङ्गालेका छन्। २०५१ सालमा माओवादीले राज्यका विरुद्ध बन्दुक उठाउने निणय गर्दै जनयुद्धमा होमियो तद्समयदेखि नै क्रान्तिलाई शोषित जनताको मुक्ती दिलाउने अस्त्ररुपमा उपयोग गर्नु पर्छ भन्ने अग्रपंक्तिमा थिए आचार्य। गरिब, निमुखा, पिडित जनताको जीवनलाई अँध्यारो जालबाट उज्यालो द्वारमा परिणत गर्ने नारालाई आचार्यले समेत शिरोधार्य गरे। केबल बन्दुकले मात्र शासन परिवर्तन हुने सम्भव थिएन ताकी जनतामा जनचेतना एवं जागरण पैदा गर्नु अपरिहार्य थियो जुन बिषयलाई आत्मासाथ गर्दै आचार्य सहितको समुहले गाउ -गाउँमा सुचना एवं समाचारको प्रवाहद्वारा जनतालाई गोलबन्द गर्न अग्रणी भुमिका निर्वाह गरे।

59773716_398158227706129_7336811912694333440_n

माओवादी युद्ध सुरु गर्नु पुर्व राज्यले माओवादी विरुद्ध रोल्पा र रुकुममा किलोशेरा अपरेसन शुरु भएको थियो जहाँ थुप्रै माओवादी कार्यकर्ताको धरपकड भयो। सुरक्षा चुनौतिलाई मोलेर नै जनयुद्धसुरु हुनु केही समय अगाबै रोल्पा र रुकुमको गाउँ -गाउँसम्म पुगेर जनताको भावना र दृष्टिकोणलाई जनादेश साप्ताहिक मार्फत शिलशिलेवार प्रवाह गरे। जनयुद्धताका ती क्षेत्रबाट दर्जनौंपटक समाचार रिपोर्टिङ गरेर चेतनालाई उचाइमा पुर्याउने अथक प्रयत्न गरे। कति दिन भोकै सुते, कति दिन खाली खुट्टा पैदल यात्रा गरे जुनको लेखाजोखा नै छैन।२०५७ सालमा माओवादीले रुकुमकोट प्रहरी चौकी आक्रमण गर्दा प्रत्यक्ष साक्षी आचार्य थिए जुन कहालीलाग्दो एवं दर्दनाक भएको आचार्य विगतलाई सम्झदै बताउछन्। माओवादी फौजी आक्रमणमा पहिलो पत्रकारको रुपमा आचार्य सहभागी भैरहँदा ३२ जना प्रहरी र ८ जना लडाकुको ज्यान गएको हृदयबिदारक दृशयले उनलाई समजस बनाएको थियो। उनका साथीहरुको निधन हुँदा उनी भने बाँच्न सफल भएका थिए। कतिपय ठाउँको लडाइँमा गोलि लाग्दा लाग्दै छिचोलेर मृत्युबाट जोगिएको अनैकौ दृष्टान्त छन्। खासगरी युद्धकैताका सरकार र माओवादी बिच प्रथम पटक वार्ता हुने क्रममा सम्पर्क स्थापित गराउने शुत्रधारका रुपमा उनले बिशेष भुमिका खेलेको थिए। तद्समयमा प्रधानमन्त्री शेरबहादुर देउवा थिए भने यता नेतृत्वमा प्रचण्ड थिए। पत्रकार महासघंका पुर्व अध्यक्ष सुरेश आचार्यको देउवासँग बिशेष सम्बन्ध थियो जुन कारणले पनि देउवासँग कुराहरु लैजान सहज भएको आचार्य बताउछन्।

राजा बिरेन्द्र र प्रचण्डबीच पनि सन्देश आदानप्रदान गराउन आचार्यले नै मुख्य भुमिका निर्वाह गरेका थिए भने यता केपी ओलि ,माधव कुमार नेपाल र प्रचण्डबीचमा दोहोरो बिचार साटासाट गर्न मध्यस्थता गरेका थिए। जनयुद्ध कालमा खारा भिडन्त, रामेछाप र संखुवासभा लगायतका ठाउँमा दोहोरो भिडन्त हुँदा उनकै आँखा अगाडी साथीहरुले ज्यान गुमाउँदा उनी आफ्नो जीवन अन्तिम घडिबाट मुक्त गर्न सफल भएका थिए।जब २०५८ सालमा सरकार संकटकाल घोषणा गर्दै धरपकड सुरु गर्यो तब उनी राज्य विरुद्ध कलममद्वारा अफहा फैलाएको आरोपमा पक्राउ परेर जेल गए भने पत्रकारिता जगतकै मुर्धन्य व्यक्ति एवं जनादेश साप्ताहिकका सम्पादक कृष्ण सेनलाई २०५९ सालमा पक्राउ गरि ७ दिन पछि क्रुर अमानवीय तबरबाट मारिएको थियो। त्यो कहालीलाग्दो घटनाबाट आचार्य अत्यधिक बिक्षिप्त भएका थिए। आचार्यले जेल जीवन बिताउँदा दर्जनौं पटक क्रुर यातनाबाट स्वयम् प्रताडित भएका थिए भने जीवन अन्तिम दोसाँधमा घुटिघुटि चलिरहेको थियो। परिवार एवं समाजमा आचार्य बेपत्ता भई मृत्युुवर्ण गरिसके भन्ने हल्लाले सन्नाटा छाएको थियो। सायद आचार्य पनि पुनर्जीवन प्राप्त होला भन्ने कुनै पनि क्षण कल्पना गर्न सकेनन् किनकी कुन पल मृत्युले आधिपत्य जमाउछ भन्ने त्रासमा मात्र थिए तर पनि आफ्नो अस्तित्व र स्वतन्त्रताको लडाइँमा रत्तिभर डगमगाएनन्।

उनको जीवन खोला सरि बगिसकेको थियो केबल समुन्द्रमा बिलिन हुन बाँकी थियो।अरुको हातमा लिलामी भएको जीवन फर्केर आफ्नै तक्दिरमा बिराजमान हुन्छ भन्ने कल्पना कसले गर्न सक्छ र! समयको बार्दली उनको पक्षमा मडारियो फलस्वरूप उनी रिहा हुन सफल भए। मृत्युको मुखबाट पुनर्जीवनको दरम्बामा रुपान्तरण भैरहदा उनी नाफा मै बाँकी जिवन प्राप्त भएको महशुस गर्छन। उनको पत्रकारिता यात्रालाई कसि लगाउन रोक्नेले रोक्न खोजिरहे,छेक्नेले छेक्न खोजिरहे तर उनको निस्पक्ष पत्रकारिता प्रतिको निस्ठा र लगाव उत्कर्षमा पुग्दै गयो परिणामस्वरूप उनी पुनः सक्रियताकासाथ अगाडि बढिरहे। २०६१ मा स्थापना भएको क्रान्तिकारी पत्रकार सघंको सस्थापक, २०६३ मा सरकारसँग बृहत शान्ती सम्झौता लगत्तै क्रान्तिकारी पत्रकार सघको उपाध्यक्ष हुँदै २०६५ सालमा सम्पन्न पत्रकार महासघको निर्वाचनबाट केन्द्रिय उपाध्यक्षमा निर्बाचित भएका थिए। सक्रियतालाई उचाइमा पुर्याउने क्रममा २०६८ जेठ देखि २०७० जेठ सम्म नेपाल सरकार न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष ,२०७० मा क्रान्तिकारी पत्रकार सघको अध्यक्ष, २०७२ मा प्रेस सेन्टरको अध्यक्ष हुँदै २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सल्लाहकारमा नियुक्त भएका थिए भने २०७४ मा पत्रकार महासंघको चुनावमा ३ वर्षे कार्यकालका लागि अध्यक्षमा निर्बाचित भएका थिए।

60285765_431896217355777_5325370511981543424_n

नेपालमा अहिले पनि उनकै नेतृत्व मा रहेको पत्रकार महासंघले अभिव्यक्ति स्वतन्त्रता ,प्रेस स्वन्त्रता ,पत्रकारिताको सस्थागत विकास एवं श्रमजिवि पत्रकारको हक-हितको पक्षमा अहोरात्र खटिरहेको छ जुन एकदमै प्रेरणादायी छ। अमेरिका,बेलायत, कोरिया लगायत युरोपका विभिन्न विदेशी राष्ट्रहरु भ्रमण गरी पत्रकारिताको विविध आयाम सन्दर्भमा विशेष अनुभव संगालेका आचार्य प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, कृष्ण सेन पत्रकारिता पुरस्कार एवं श्रमजीवी पत्रकारिता पुरस्कार लगायत दर्जनौं पुरस्कारबाट विभूषित भैसकेका छन्। कार्यसम्पादनमा निकै अब्बल ठहरिएका आचार्य कदापी हतास मनस्थितिद्वारा कार्य प्रारम्भ गर्दैनन ताकी उनी परिणाम दीर्घजीवी बनाउने दिशामा कटिबद्ध छन्। आज पनि पत्रकार महासंघको नेतृत्व समालिरहँदा हरेक पल पत्रकारकै हितलाई केन्द्रमा राखेर समबन्धित पक्षलाई खबरदारी गरिरहेका छन्। एउटा मानिस जेल-नेल भोग्दै वधशालाको मुखमा अल्झिएको जीवनलाई पुनः उज्यालो किरणमा बदल्दै राष्ट्र र जनता कै उत्थानमा समर्पण गर्नु पक्कै पनि महानताको उदाहरण हो। जटिल समयको पखेटा कुन बेला सलबलाउछ भन्ने निश्चित हुँदैन जहाँ सम्मव्यक्तिमा धैर्यता र निष्ठा अनन्त सम्म रह्यो भने कुनै दिन जनताको आस्थाको धरोहर बन्न सक्छन् भन्ने आख्यान आचार्यको इमान्दारीता र नैतिकताले पुष्टि गरेको छ। पत्रकारिता जगतका गौरवपुर्ण पात्र एवं अनुकरणीय व्यक्तित्व आचार्यको जीवनको पाटोलाई नयाँपुस्ताका पिढिले सद्मार्गमा अनुशरण गर्न सके फलदायी हुने निश्चित छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.