एस डी अर्पण
८ मे वार्सावा । हिजो भएको युईएफए च्याम्पियन्स लिगको दोश्रो लेग सेमिफाइनलमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ । पहिलो लेगमा ३–० को हार भोगेको लिभरपुलले घरेलु मैदान एन्फिल्डमा गए राती बार्सिलोनालाई ४–० ले हराउदै लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको हो । लिभरपुलले समग्रमा ४–३ को जित निकाल्यो । गत हप्ता हारको बदला लिने दाउमा मैदानमा उत्रिएको लिभरपुलले सातौ मिनेटमा डिभोग ओरिगीको गोलबाट अग्रता लिएको थियो ।
४२ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको लिभरपुलका लागि जर्जिनियो वाईनाल्डमले ५४ र ५६ औं मिनेटमा गोल गरेपछि लिभरपुल जित नजिक पुगेको थियो । ७९ औं मिनेटमा ओरिगीले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलको फाइनल यात्रा सुनिश्चित भएको हो । तुलनात्मक रुपमा लिभरपुल भन्दा बार्सिलोनाले ५७ प्रतिशत बललाई आफ्नो नियन्त्रणमा राखे पनि यो पाली गोलका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो । चोटका कारण महम्मद सलाह र रोबोर्टो फिरिमिनो बिना मैदान उत्रिएको लिभरपुलले बार्सिलोनाको पोष्टमा लगातार आक्रमण प्रहर गर्यो उसले १३ प्रहारसँगै ७ पटक शसक्त ८ प्रहार गरेको थियो जहाँ बार्सिलोनाले मात्र ५ गोलपोस्ट प्रहार गर्न सक्यो । त्यस्तै लिभरपुलले १३ फल खेल्दा २ पहेलो कार्ड पायो भने त्यहि ९ फल खेलेको बार्सिलोनाले ३ पहेंलो कार्ड पायो । लिभरपुलले युईएफए च्याम्पियन्स लिगको उपाधिका लागि जुन १ मा टोटेनहम र अजाक्सबीचको बिजेतासँग भिड्नेछ । सेमिफाइनलको पहिलो लेगमा १–० को जित निकालेको अजाक्स र टोटेनहम, टोटेनहमको घरेलु मैदानमा दोस्रो लेग आज राति खेल्दैछन् ।