मे १० देखि ए मेरो हजुर ३ युरोपका विभिन्न शहरहरुमा

एस डी अर्पण

८ मे, वार्सवा ।यस बर्षकै उकृष्ट नेपाली कथानक चलचित्र “ए मेरो हजुर ३” लिएर नायिका द्वय झरना थापा र सुहाना थापा सहितका कलाकारहरु पोल्याण्ड सहित यूरोपका विभिन्न देशहरुमा चलचित्र प्रदर्शनका लागि आउने भएका छन् । मे १० मा आउने कलाकारहरु नेदरल्याण्ड, बेल्जियम, डेनमार्क, स्पेन, पोर्चुगल, पोल्याण्ड, नर्वे, जर्मनी र अस्ट्रियाका विभिन्न सहरहरुमा आउने छन् । पोल्याण्डको वार्सवामा भने १७ मे को राति किनो लुनामा नायिकाहरुसहित कलाकारहरु चलचित्र प्रदर्शनका लागि आउने छन् भने अर्को दिन मे १८ मा अर्को शहर उचमा प्रदर्शन गरिने छ । देश भरी सफलता पुर्बक ५१ औं दिन मनाएको ए मेरो हजुरले भर्खरै सम्पन्न ११ औं एएनआई छायाँछवि डि सिने अवार्ड २०७६ बाट उत्कृष्ट चलचित्रको अवार्ड जित्न सफल भएको छ । लामो समयसम्म राम्रो नेपाली चलचित्रको खडेरी परेको नेपाली दर्शकलाई ए मेरो हजुर -३ले ठुलै राहत दिईराखेको छ ।

देशका ठुला मल्टिप्लेक्सहरुमा दर्शकहरुको भिडम् भिडले चलचित्रको ब्यापारले झन् उकासिदै छ । नायिका झरना थापाकी छोरी सुहाना थापाले डेब्यु गरेकी यस चलचित्रमा अहिलेका जल्दाबल्दा नायक अनमोल के सी ले अभिनय गरेका छन् । त्यस्तै अन्य कलाकारहरुमा अर्पण थापा, सलोन बस्नेत, रबिन्द्र झा, रुपा घिसिङ्ग, रक्ष गौतम, बिशाल पहाडी, रेयर राई र सरोज खनाल रहेका छन् । सुहाना इन्टर टेन्मेंटको प्रस्तुति रहेको चलचित्रमा कथा झरना थापा तथा सुमन पौडेलले लेखेका हुन् । फेसबुक मार्फत सार्वजनिक गरिएको भिडियोमा नायिका द्वयले यी देशका शहर बाहेक अन्य देशका सहरहरुमा चलचित्र ए मेरो हजुर ३ प्रदर्शन गर्न चाहनेले कार्की, मेघनाथ ढकाल तथा युवराजलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । देशभरि सफलता पुर्वक प्रदर्शन भैराखेको ए मेरो हजुर ३ ले युरोपमा रहेका दर्शक श्रोताको पनि मन जित्न सफल रहोस् शुभकामना ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.