य

नेपाली काग्रेसका चर्चित युबा नेता एबम सांसद गगन थापा युरोपका विभिन्न देशको भ्रमणका क्रममा नेपाली काग्रेस सम्बद्ध नेपाली जनसम्पर्क समिती पोल्यान्डले हिजो आयोजना गरेको बिशेष अन्तर्कृया कार्यक्रममा भाग लिन २ दिन अघि पोल्यान्ड आइपुगेका थिए।थापाकै प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समितिका उपसभापती जीवन के.सिको स्वागत मन्तव्यद्वारा अन्तरक्रियाको सुरुवात गरिएको थियो भने गैर आबासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष गोपाल राई,सस्थापक अध्यक्ष एबम संरक्षक बोधराज सुवेदी,पानी अभियान कर्ता एबम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका केन्द्रिय उपाध्यक्ष मित्रलाल पार्दे,प्रबासी नेपाली एकता मञ्चका अध्यक्ष टंक कटुवाल व्यवसायी होम नाथ सापकोटा लगायतले आ-आफ्नो धारणा राखेका थिए । त्यसक्रममा यहाँका प्रतिस्ठित सघ सस्था गुल्मी समाजका पोल्यान्डका अध्यक्ष प्रकाश तिवारी ,इनास पोल्यान्डका कार्यबाहक अध्यक्ष अमित कुमार यादब,पत्रकार समिती पोल्यान्डका अध्यक्ष कलश खरेल, व्यवसायी समिति संयोजक आनन्द घिमिरे ब्यबसायी होमनाथ सापकोटा लगायत अन्य नेपाली समुदायको उपस्थिती थियो।उक्त भेटघाट कार्यक्रममा उपस्थित नेपाली समुदायले थापा समक्ष नेपाल बिकासको सन्दर्भमा केही प्रश्नहरु पनि राखेका थिए भने जबाफका क्रममा थापाले आगामी दिनमा सम्पुर्ण राजनितीक दलले भाषण र आश्वावासनमा मात्र केन्दृत नभई साच्चिकै नेपाली जनताको मन जित्ने गरि बिकासको परिणाम निकाल्नु पर्ने बताएका थिए।
उक्त कार्यक्रममा एन आर एन अध्यक्ष गोपाल राइले दोहोरो नागरिकता नेपाली श्रमिकहरुको ठगी जस्ता बिषयवस्तुहरु उठाएका थिए ।

डा बोध राज सुबेदीले सकिन्छ नेपालीलाई सहयोग गरौ सकिन्न दु:ख दिने नगरौ र नेपालमा हरेक व्यक्तिहरु बिदेशिनुको कारण पत्ता लगाएर स्वदेशमै केही गर्न सकिने अवस्था सरकारले निर्माण गर्नु पर्छ र राजनीति दलहरु पनि देश निर्माणमा सबै मिलेर गाडी बढ्नु पर्दछ भनेर सुझाब दिएका थिए ।

पानी अभियानकर्ता मित्र लाल पार्देले राज्यले पानी हरेक व्यक्तिको घर आगनमै पानी पुर्याउन राज्य लाग्नु पर्दछ र उक्त आवाज सदनमा पुगोस भनेर आफ्नो धारणा राखेका थिए । प्रवासी नेपाली एकता मन्च पोल्यान्डका सन्योजक टन्क कटुवालले यस अन्तर्कृया कार्यक्रमको लागि जन संपर्क समिती पोल्यान्डलाई धन्यवाद र आभार प्रकट गरेका थिए ।

पोल्यान्डमा नेपाली काङ्रेसप्रति आस्थावान होमनाथ साप्कोटाले आफ्नो मन्त्ब्य राख्दै सम्पूर्ण नेपाली नेताहरुलाई देशमा केही गर्ने अवसर निर्माण होस् । बिदेशी नेपालीहरुका समस्याहरुलाई सदनमा बुलन्द रुपमा उठाउन आग्रह गरेका थिए साथै मायाको चिनो स्वरुप आफ्नो एक साहित्यिक कृति प्रदान गरेका थिए ।


विभिन्न वर्ग समुदायको जमघट भएको कार्यक्रम्मा गगन थापाले नेपाली जनसमुदायहरु मिलेर बरु आफ्नो देशमा सानो भए पनि लगानी गर्नु पर्दछ । अब दान दिएर होइन बरु देशमा सानो ठुलो उद्द्योगहरुको लागि लगानी गरेर हजारौको जीवन स्तर अगाडि बढ्छ । स्वास्थ्य सम्बन्धी आफ्नो मन्त्री कालमा गरेको बिमा सम्बन्धी कार्यक्रम लगायत बिभिन्न सामाजिक पाटाहरुमा चर्चा गरेका थिए ।थापाले अगाडि बोले : देशमा कान्डै कान्डै भैरहेको छ जोसुकैले कान्ड गरेर बितन्डा गरुन् ती सबैलाई कारबाही नगर्दा सम्म देश अगाडि बढ्दैन । बिदेशमा बस्ने नेपालीहरुको अधिकारबारे आफू सचेत भएको र शुरूवातमा एक्लै भएर पनि आवाज उठाएको आज धेरै अधिकार गैर आवासीय नेपालीहरुले प्राप्त गरेको बारे प्रष्ट पारे । पोल्यान्डको बिकासप्रति आफू प्रभावित भएको र पोल्यान्डबाट आफुले धेरै सिकेको र विभिन्न ठाउको अवलोकनले धेरै कुराहरु बुझ्न पाएकोमा सबै प्रती धन्यवाद व्यक्त गरेका थिए । नेपाली काङ्रेस जन संपर्क समिती पोल्यान्ड प्रति आभार प्रकट गर्दै अब देश बिकासको लागि संघियतामै टेकेर अगाडि बढ्न सकिन्छ अब नयाँ राजनीतिक लडाईं लड्न जरुरी छैन । बिभिन्न देशमा नेपालको साथ साथै प्रजान्तन्त्र आएर ठुलो प्रगती गरे तर ति हामीहरु राजनैतीक लडाइमा धेरै समय खेर फाल्यौ । यो अवस्थामा उ र त्यो भन्नु भन्दा हामी सबै उत्तिकै जिम्मेवार छौ । यद्यपि राजनैतिक परिवर्तनसितै सकारात्मक कामहरु पनि नभएका होइनन् तर पनि संतोषजनक जनक हुन सकेको छैन । हामीहरु नै मिलेर देश अगाडि बढाउन सकिन्छ । प्रजातान्त्र समाजवादको वकालत गर्दै आएको पार्टी नेपाली काङ्ग्रेस रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गरेको जिकिर गरे ।
उक्त कार्यक्रम जनसम्पर्क समिती पोल्यान्ड महामन्त्री नारायण चालिसेले सन्चालन र सभापति एलिनी पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। सभापति पोख्रेल सुबेदीले यस किसिमको गरिमामय कार्यक्रम सफल पार्न विभिन्न व्यक्ती संस्था एवं पदाधिकारीहरुलाई धन्यावाद व्यक्त गरेकी थिइन् । कार्यक्रम व्यवस्थापनको लागि नरेश सापकोटा , कविन्द्र सुवेदी, दिपेन्द्र सिलवाल लगायतका व्यक्तिहरुले विशेष भुमिका निर्वाह गरेका थिए ।

स्मरण रहोस् माननीय गगन थापाको स्वागतार्थ हिमालयन यति रेस्टुरेन्ट परिवारले अपृल ३० गते साझ रात्री भोजको कार्यक्रम आयोजना गरेको थियो ।