बार्सिलोनाद्वारा लिभरपुल तीन शुन्यले स्तब्द

एस डी अर्पण
२ मे, वार्सवा । हिजो साँझ भएको युईएफए च्याम्पियनस् लिग अन्तर्गत पहिलो लेग सेमी फाईनल खेलमा बार्सिलोनाले लिभरपुललाई शुन्यका बिरुद्ध तीन गोलले स्तब्द पारेको छ । खेलको २६ औं मिनेटमा लुईस सुवारेज बललाई जाली चुमाउदै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै दोश्रो साफको ७५ औं मिनेटमा मेस्सिले अर्को गोल गर्दै अग्रता दोब्बर पारे । तुलनात्मक रुपमा बार्सिलोना भन्दा लिभरपुलले बल आफ्नो पक्षमा बढि खेलाए पनि गोल गर्ने सुनौला अवसरहरु सदुपयोग गर्न नसक्दा नमिठो हार ब्यहोर्न बाध्य भयो । जम्माजम्मी ४ गोलपोस्टमा प्रहार गरेको लिभरपुलका लागि बार्सिलोनाका किपर त्यसलाई असफल बनाउन सफल भैरहे । उता ८२ औं मिनेटमा पाएको फ्री किक मार्फत मेस्सिले अर्को गोल थप्दै फाईनलका लागि स्थान सुनिस्चित बनाए ।

unnamed

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा खेलाइएको उक्त खेलमा पुरा ९० मिनेट पछि थपिएको ५ मिनेट अतिरिक्त समयमा पनि लिभरपुलका कोहि खेलाडीले आफ्नो बललाई जाली चुमाउन सकेनन्, अन्तत बार्सिलोनासँग ३ गोलको नमिठो हार व्यहोर्दै फाईनल खेल्नबाट बन्चित रह्यो । पुरा खेलमा ११ फल गरेको बार्सिलोनाका ३ खेलाडीले पहेंलो कार्ड पाएका थिए भने १५ फल गरेको लिभरपुलका १ खेलाडीले मात्रै पहेंलो कार्ड पाएका थिए । यस अघि मंगलबार भएको अर्को पहिलो लेग सेमिफाईनलमा भने अजाक्सले टोटमहेमलाई शुन्यका बिरुद्द एक गोलले पराजित गरिसकेको छ । यी चारै टिमले फाईनल प्रवेशका लागि पुन: दोश्रो सेमिफाईनल खेल्नेछन् सो खेलहरुमा बार्सिलोना बिरुद्द लिभरपुल मंगलबार तथा टोटेनहम बिरुद्द अजाक्स बुधबार एकपटक फेरी आमुन्ने सामुन्ने हुने छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.