नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा निलम्बित

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजय लामा निलम्बनमा परेका छन् । कान्तिपुर अनलाईनमा प्रकाशित समाचार अनुसार प्राधिकरणले स्पष्टिकरण सोधेर लामालाई ग्राउन्डेड गरिएको उल्लेख छ । पाइलट लामाले चैत १९ गते राति निगमको दुबई उडान रद्दबारे एक अनलाइन टिभीलाई ५५ मिनेट लामो अन्तर्वार्ताका क्रममा आवेशमा आई नियमन गर्ने निकायलाई चुनौती दिदै ‘आफ्नो मानसिक र शारिरीक अवस्था ठिक नभएको’ अभिव्यक्ति दिएपछि उनलाई प्राधिकरणमाहत सिनामंगलमा रहेको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले गत वैशाख ४ गते बुधबार ७ दिने स्पष्टीकरण सोधेको थियो । लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका छन् । विमान उडाउने मुख्य जिम्मेवारी रहने पाइलटले नै आफू तनावमा हुने गरेका लगायतका मानसिक र शारिरीक समस्याबारे व्यक्त गरेकाले उनलाई स्पष्टिकरण सोधेको थियो । त्यसअघि एयर ट्राफिक कन्ट्रोलरहरुको पेशागत संगठन नाट्काले विज्ञप्ति जारी गर्दै लामालाई कारवाहीको माग गरेको थियो । लामाको स्पष्टिकरण पत्र चित्तबुझ्दो नभएपछि प्राधिकरणले आइतबार लामालाई ग्राउन्डेड गरेको थियो । पाईलट विजय लामालाई प्रवक्ताबाट नहटाएसम्म जहाज उडाउन नदिनु भनेर पत्र पत्र पठाएको र सोमबारै निगमले उनलाई प्रवक्ताबाट हटाएको पत्र प्राधिकरणमा पठाएको छ । निगममा ३२ वर्षदेखी कार्यरत लामा नवौं तहका वरिष्ठ क्याप्टेन हुन् । हाल उनी एयरबसको वाइडबडी उडाउँछन् ।

1556534162lamabijaya

क्याप्टेन लामा नेपालको हवाई उड्डयन कानुनबारे जानकार नभएको प्राधिकरणले जिकिर गरको छ । प्राधिकरणका अनुसार क्याप्टेन लामा नागरिक उड्डयन नियम अनुसार जहाज उडाउन योग्य थहरिएनन् । उनलाई पहिला कानुनको कक्षामा राखिने र पछि पनि उनको गैरजिम्मेवारी अभिव्यक्ति सुनिएमा मेडिकल जाँच गराउने उल्लेख गरिएको छ । उनले आफैं तनावमा रहेको स्वीकार गरेकोले प्राधिकरणले उनलाई जाँच्नुपर्ने दायित्व रहेको समेत जनाएको छ । क्याप्टेन लामाले आक्रोशित हुँदै आफ्नो अन्तर्वार्तामा पाइलट लगायत उड्डयनकर्मीलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणलाई ‘आफ्नो इजाजतपत्र खारेज गर्न’ चुनौती पनि दिएका थिए । गत सोमबार बुझाएको स्पष्टिकरणपत्रमा उनले आफू पाइलट बाहेक नायक, पत्रकार, समाजसेवी, प्रशिक्षक पाइलट रहेको उल्लेख गर्दै स्पष्टिकरणमा कानुनी आधार नभएको जिकिर गरेका थिए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.