29-04-2019
सम्पुर्ण पोल्याण्ड निवासी नेपाली दाजु भाई तथा दिदि वहिनीहरुमा नमस्कार।
नेपाली जनसम्पर्क समिती पोल्यान्डको आयोजनामा प्रतिनिधि सभाका सभासद , नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा भुपु स्वास्थ्य मन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यमा पोल्यान्ड बस्ने नेपाली समुदाय बिचमा अन्तर्कृया तथा भेटघाट कार्यक्रम हुने भएकोले निम्न स्थान र समयमा उपस्थित भईदिनु हुन जनसम्पर्क समिति पोल्याण्ड हार्दिक अनुरोध गर्दछौ।
जनसम्पर्क समिती पोल्यान्डको मिती १ मे २०१९ का दिन पुर्व निर्धारित दोस्रो महाधिवेशन बिशेष कारणवस स्थगित भएको जानकारी गराउदछौ। पत्राचार गरिएका पोल्याण्ड अवस्थित सम्पूर्ण सँघसस्था साथै प्रमुख ब्यक्तित्वहरु र हामीलाई माया गर्ने पोल्याण्डवासी सम्पूर्ण नेपाली दिदिबहिनी दाजुभाइहरुमा यसै सुचनालाई आधार मानी कार्यक्रममा उपस्थित जनाईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ र यस कारण तपाइँहरुमा पर्न गएको असुविधा प्रति दु:ख व्यक्त गर्दछौ।
मे १ तारिख बिहान १० बजे
ul.schroegera 82, वार्सा
नेपाली जनसम्पर्क समिती पोल्यान्ड