२०१९ अप्रिल २७ आज देखि पोल्यान्डमा बिदेशीहरुको कागजात सम्बन्धी केहि नियम संशोधन गरेको छ । पोल्यान्डमा टुरिस्ट भिजामा आएर पोल्यान्डको लागि वर्कपर्मिट वा टि आर सि निवेदन सिधै अस्वीकार गर्नेछ । तर पहिलेको नियम अनुसार युरोपियन युनियनको वा अन्य शेन्जेन देशको कुनै पनि भुभागमा आएर पोल्यान्डमा टि आर सी कागजातको लागि निवेदन गरेर धेरैले अस्थायी कार्ड टि आर सी प्राप्त गरेका थिए । तर अब पूर्ण रुपले पोल्यान्ड सरकारले यो धारा खारेज गरेको छ ।
त्यसैगरी पोल्यान्डमा आफ्नो परिवारलाई भिजिट गर्ने गरी भिजा डि वा भिजा सि लगाएर आएकाहरुको लागि पनि पोल्यान्ड सरकारले टि आर सि अप्लाई गर्नको लागि यो नियमले बन्देज लगाएको छ यद्दपी बिद्द्यार्थीहरुको हकमा भने सरकारले मान्यता दिएको राम्रो कलेजहरुमा आएर राम्रो सित पढेका रेगुलर पढेर ग्राजुयट सकेकाले भने टि आर सि अप्लाई गर्न सक्नेछन् ।