नेपाली जनसम्पर्क समिती पोल्यान्डको आयोजनामा प्रतिनिधि सभाका सभासद , नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा भुपु स्वास्थ्य मन्त्री गगन थापाको प्रमुख आतिथ्यमा पोल्यान्ड बस्ने नेपाली समुदाय बिचमा अन्तर्कृया तथा भेटघाट कार्यक्रम हुने भएको छ ।
मे १ गते पोल्यान्डको राजधानी वारसवामा हुन लागेको भेटघाट एवं अन्तर्कृया कार्यक्रम बिहान देखि विभिन्न व्यक्तित्वको उपस्थितिमा शुरु हुनको गैरहेको जानकारी सभापती डा अलिनी पोखरेल सुबेदीले दिनु भएको छ ।
स्मरण रहोस् नेपालकै चर्चित राजनितिक व्यक्तित्व गगन थापाको उपस्थितिमा हुन लागेको भेटघाट तथा अन्तर्कृया कार्यक्रमले पक्कै पनि बिशेष उत्साह थप्ने बिश्वास नेपाली जन सम्पर्क समित पोल्यान्डले गरेको छ ।
नेपाली जनसम्पर्क समिती पोल्यान्डले निम्न ठाउँमा अन्तर्कृया कार्यक्रमको लागि सबै तयारी भैसकेको र पोल्यान्ड भएका विभिन्न राजनैतिक दल एवं विभिन्न सामाजिक संघ संस्था बुद्धिजीवी सबैलाई अन्तर्कृयामा निम्न समय र निम्न स्थानमा उपस्थिति हुनको लागि हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम हुने समय र स्थान :
मे १ तारिख बिहान १० बजे
Dom Nauki,ul.schroegera 82,