सामाजिक विकासका कुशल सम्बाहक डाक्टर सुवेदी

कलश खरेल

२३ अप्रिल, वार्सवा । आम मानिसको साझा गन्तव्य नै सफलताको शिखरमा जिवनका पानाहरुले पहेली खेल्दै सुखद र मनोरम जिवनको अपेक्षा गरेका हुन्छ्न जुन सर्बमान्य फेरिस्त पनि हो।सायद हरेक मानिस प्रयत्न गरिरहेका हुन्छ्न् जहाँ कतिपय सफलताको उद्गम बिन्दुमा पुग्छन भने केही हजारौं कोशिसका बाबजुतपनि उत्साहको डोरी चुम्न नअिरर्थक हुन्छ्न।२१ औ शताब्दी सम्म आइपुग्दा कयौ सफल र बहुकलात्मक व्यक्तित्वहरुको पदार्पण भएको छ जसले सामाजिक न्याय र कल्याणका निमित्त अहोरात्र समर्पण गरेका छन् भने कतिपय अदुरदर्शी एवं विवादास्पद व्यक्तिहरुबाट समाज कलह र दन्दमा पनि फसेको छ।आज हामी जीवनको उत्तरार्धमा आइपुग्दा समेत अबिछिन्नरुपमा लोककल्याणकारी कार्यमा समर्पित मुर्धन्य व्यक्तित्व एंव धरोहर डा बोधराज सुबेदीको सन्दर्भमा चर्चा -परिचर्चा गरिरहेका छौ।

58460531_816904852012177_45966655557206016_n

ब्यस्त जीवन सायद कसको नहोला तर त्यही ब्यस्तताको बाबजुत पनि समयलाई सदुपयोग गर्दै समाज सेवामा तल्लिन सामाजिक विकासका प्रणेता एवं सम्बाहक सुवेदी समग्र नेपालका लागि एक अलौकिक नमुना हुन सफल व्यक्तित्व हुन् । परिस्थिति र समय एकै पल सबैका लागि उदार नहोला तर लगाव र चिन्तनशिलताको दरम्य निरन्तर खाचो हुन्छ जुन परिदृशको साधकि बने सुवेदी।उनले बिबिध कारणबस नेपाल त छोडे तर परदेश पोल्याण्डमा रहेर पनि नेपाली र मातृभुमी नेपालको लागि अन्तरमनदेखी सहयोग र समग्र विकासको पहरेदारी गरिरहेका छन। प्रायः मानिस आफ्नो व्यक्तिगत जिवनीका छालको रङ्गोलिमा केन्द्रित भैरहदा सुवेदी मानव सेवामा अहोरात्र खटिने मानव सेवकका शुत्रधार हुन। वि. स. २०२६ सालमा तनहु जिल्लाको भानुमती गा.बि.समा बुवा पन्डित कृस्णश्याम र ममतामयी आमा तुलसिदेबिका कोखबाट सुपुत्रको रुपमा धर्तिमा अबतरित भएका सुवेदी बाल्यकालदेखि नै तेजस्वी एवं बौद्धिक थिए।बाल्यउमेरै अत्यन्त शालिन र भद्र स्वभाका सुवेदी छिमेकीको नजरमा पनि शब्यताको प्रतीक बनिरहे।बाबू पण्डित र ज्योतिष पेशामा रहेको अवस्थामा भविश्यको उत्तराधिकारी ज्योतिष बनाउने उनको प्रबल चाहना थियो तर छोरा सुवेदी पण्डित हैन दोसाँधमा रहेको मानिसको जिवनलाई पुनर्जीवन दिने डाक्टर बने। धेरैको पेशा फरक हुँदा पारिवारिक समन्वयमा अल्झन पैदा भएका कयौ उदारहण प्रेषित छन तर भाग्यमानी सुबेदिकी धर्मपत्नी एलिनी पोखरेल पनि डाक्टर छिन। श्रीमतीको अतुलनीय साथ र सहयोगले नै सुवेदी सफलताको शिखर चुम्न सफल भएकोमा गर्व गर्छन्। एक छोरा निस्चल र छोरी निशिताका बाबु बनेका सुवेदी पारिबारिक रुपमा पनि अब्बल ठहरिएका छन्।

आफ्नै गृह जिल्लामा अबस्थित भिमाद गाउँको जनज्योती स्कुलबाट एस एल सि उत्तिर्ण गरेका सुवेदी अध्यनमा निकै तीक्षण थिए जहाँ अल्छी र नैराशयता उनमा मुखारित हुन सकेन। बौद्धिक बिद्यार्थीको गणनामा उत्कृष्ट स्थानमा आउने सुबेदिले केही समय आफ्नै स्कुलका बिद्यार्थीलाई ट्युसन पढाएर उच्च शिक्षा अध्यनका लागि केही खर्चको जोहो गरेका थिए।उच्च शिक्षाका लागि गृहजिल्लाबाट राजधानी काठमाडौमा स्थानान्तरण भए जहाँ उनका लागि परिवेश एवं वातावरण पृथक थियो। अध्यनकै शिलशिलामा साथीहरु नेवारी भाषामा सम्बाद गरिरहदा सुबेदिले अग्रेजिमा बोलेको अनुमान गर्दै भ्रममा परे यधपी त्यो अनौठो सम्योग थियो। अध्यनका क्रममा नेपाली ढाका टोपी उनको शिरमा कहिल्यै छुटेन जसको कारण उनलाई टोपेको उपनामले समेत साथीहरुले बोलाउने गर्थे। युक्रेनमा केर्नोब्ली न्युक्ल्यीर दुर्घटना भएपछी पोल्याण्डबाट नेपाल आयात पाउडर दूध पिउन हुन्न भन्ने अग्रणी मोर्चामा सुवेदी सरिक भए।तद बिषयलाइ मुद्दा बनाएर बिरोध प्रदशनका क्रममा सुवेदी पनि पक्राउ परे।झन्डै २३ दिनको जेलको तितो अनुभव सङ्गालेका सुबेदिले के पि वोलि र राधाकृष्ण मैनालिलाइ समेत जेलमै भेटने मौका समेत पाएका थिए तद्समय भाबनाहरुको आदानप्रदान समेत भएको थियो।क्याम्पसमै अब्बल र तेजस्वी बिद्यार्थीको चिनारी बनाएका सुबेदिले परिक्षामा सर्बोत्कृस्ट भै मेडिकल अध्यनका लागि छात्रवृत्ति प्राप्त गर्न सफल भए।उनका लागि एक अबिस्मरणिय र मननिय भनाइ जुन आज पनि उनको मानसपटलमा गुन्जिरहन्छ। शिक्षा मन्त्रालयमा एक रिपोर्ट बनाउने क्रममा कुनै एक अधिकारीले भनेका थिए “पोल्याण्डबाट आयातित दूध पिउन हुन्न भनेर तिमिले आन्दोलन गरेउ त्यसकारण थप अध्यन गर्न तिमिलाइ पोल्यान्ड पठाइदै छ”।यो भनाइ सुनिरहँदा उनी केही समय असमजस्स भए यधपी आफ्नो रफ्तार भने जारी राखे। त्यस क्रममा उनले पोल्याण्ड आउन अनुमतिका खातिर प्रहरी कार्यालय अनुमती पत्र बनाए भने अदालतमा समेत महिनौ रिपोर्ट बुझाउन धाइरहन्थे।

विभिन्न अबरोध र जटिलतालाई पन्छाउदै अन्ततः सुवेदी पोल्याण्ड आइपुगे। अध्ययनमा तेजस्वी एवं प्रखर सुवेदिले पोल्यान्डको रोस्वो मेडिकल विश्वबिद्यालयमा समेत आफ्नो जादु देखाए जहाँकि सयौ बिधार्थीबिचमा उत्कृष्ट हुँदै औपचारिकरुपमा डाक्टरको पदबी ग्रहण गर्न सफल भए। क्यानसर रोगका विशेषज्ञ डाक्टर सुवेदी युरोपकै चर्चित पोल्याण्डमा अबस्थित सर्जिकल ओक्नोलोजि डिपार्टमेन्ट ओफ युरोपियन हेल्थ सेन्टरमा कार्यरत छन जहाँ तुलनात्मकरुपमा उनको कार्यकुशलता बेजोड रुपमा बोमिचित भएको छ। आफ्नो उत्कृष्टता र लगनशिलताको छबिलाई थप मजबुत र कसिलो बनाउदै लगेका छन।उनीसँग आउने हरेक बिरामी उत्साही भएर फर्किन्छ ताकी उनको सल्लाह र शैलीनै बिरामीको लागि बरदान साबित भएको छ।उनी केबल अस्पतालमा मात्र केन्द्रित रहेर व्यक्तिगत जीवनलाई रङ्गिन बनाउने अभिलाषामा बिलिन भएनन् ताकी नेपालिको सेवामा समर्पित हुने घुट-घुटिले उनलाई पैरबी बनायो फलस्वरूप २००० देखि २००६ सम्म सुबेदिले पोल्याण्डका विभिन्न शहरमा शब्य कार्यक्रमको आयोजना गरि नेपाललाई कोण-कोणमा चिनाउन अगुवाइ गरे।उनी सिमित घेराको माथमा रोकिएनन् समग्र रास्ट्रको अगुवाइ गर्ने उद्घोष गर्दै पोल्यान्डबासी नेपालिलाई हरपल साथ र सहयोग गर्ने पुनित उद्देश्यका साथ २००७ सालमा नेपालीहरुको गौरवपुर्ण संस्था गैर आवासिय नेपाली संघ स्थापना गरि २००९ सालमा औपचारिकरुपमा संस्थापक अध्यक्षको नेतृत्वमा आसिन हुन पुगे।

उनकै नेतृत्वमा प्राकृतिक बिपत्ती,आकस्मिक घटना वा कुनै दुखद घटनाबाट प्रताडित नेपालीलाई राहत प्रदान गरि आलो घाउमा मलम लगाउने लोककल्याणका सारथि बने। बेसहाराको साहारा बनेका सुवेदी स्वच्छ-पबित्र मनका सम्बाहक बनेका छन्।२००९ देखि २०१७ सम्म सस्थाको कुशल नेतृत्वदायी भुमिका निर्बाह गरेका सुवेदीले सामाजिक तथा लोककल्याणकारी कार्यको खम्बा बनिरहे।उनी एक दुरदर्शि दृस्ठिकोणलाई अङ्गिकृत गर्ने अभियान्ता हुन जस्ले पोल्यान्डका पुर्ब रास्ट्रपतिदेखि नेपालका रास्ट्रपति एवं प्रधानमन्त्रीलाई सिधै सम्बाद गरि नेपालीको समस्यालाई समाधानको दिशा पहिल्याउन अहम भुमिका निर्बाह गर्दै आएका छन्।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेशागत स्वास्थ्य सम्मेलनमा पनि भाग लिदै आएका सुवेदी पेस्सो, एस्सो जस्ता लगायतका सघं-संस्थाका सदस्य छ्न भने अन्तर्राष्ट्रिय डाक्टर सङ्गठनका संस्थापक प्रथम अध्यक्ष पनि भएका छन।उक्त सङ्गठन सुप्रिम मेडिकल काउन्सिल बाट मान्यता प्राप्त हो।रोचक विषय त के छ भने सुवेदीका दाजुभाइ नै फरक-फरक देशको एकै पटक गैर आबासिय नेपाली सघका अध्यक्ष थिए जुन २००९ देखि २०११ सम्मको बिषय थियो।उनका भाइ धुर्बराज सुवेदी पनि अन्तर्राष्ट्रिय समुदायमा सामाजिक विकासका अभियान्ताको रुपमा चिरपरिचित छन्।पोल्याण्डमा हरेक तह-तप्कामा प्रख्यात नाम सुवेदी हरेक नेपाली जन-जनमा रङ्गिन छाप छोड्न सफल अभुतपुर्ब गहना हुन।जस्तोसुकै समस्या पैदा भएपनी अभिभाबकिय भुमिकामा रहेका सुवेदीलाई समयमै जानकारी प्रदान गर्न सके समाधानमा अगुवाइ गर्छ्न जुन समस्त नेपालीको लागि विश्वसनीय एवं भरोसाको केन्द्रबिन्दु हो। स्वास्थ्य समबन्धी समस्या,कानुनी जटिलता वा भाषागत उल्झन पैदा भएमा पोल्याण्डवासी नेपालीका अभिवावक एवं परोपकारी कार्यका सम्बाहक सुबेदिलाई सुचना प्रवाह गर्न सके हरसम्भब समाधानमा पहलकदमी हुन सक्छ। व्यक्तिगत स्वार्थ सायद सबैमा निहित रहन्छ यधपी तद विषयलाई गौण राखी सर्बाङ्गीण समाज विकासमा सुवेदी जस्ता नमुना बेक्तिहरु बेजोडरुपमा समाहित हुनु नै समग्र नेपाल रास्ट्रको निम्त्ती सर्बोत्तम हितकर रहेको देखिन्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.