सानुबाबु सिलवाल अमेरिका
कहाँ जान्छ त एन आर एन आइ सिसिको उठ्ने करोडौ शुल्क?
माथिल्ला एबम गरि खाने र हुनेखाने प्रबासिहरुको गुड्डी हाक्ने र प्रचारको चौतारि जस्तो देखिएको रकमि सस्था एन आर एन कसरि चल्ने गरेको छ धेरैलाइ थाहा नहुन सक्दछ। थाहा भएर पनि नजाने गाँउको बाटै नसोध्नु भने जस्तो धेरैले चासो नराखिएको बिषय हुन सक्दछ। बाटो भुलेको यात्रि जस्तै लडखडिएको यो एन आर एन भित्रको आर्थिक अपारदर्शिता एबम मनपर्दि रुपमा उठाइने गरिएको शुल्क र यसका पदाधिकारि, क्षेत्रिय नेटवर्क र सदस्यहरुबाट उठाइने आर्थिक प्रेसरको शुल्क हेर्दा र उठ्ने उक्त शुल्क सिमित मानिसको मोज गर्ने थलोको रुपमा मौलाउदै गएको छ।
आखिर कति कति रकम शुल्क लेबि उठाइन्छ हेर्दा जिब्रै काट्नु पर्ने अबस्था छ। उक्त रकम कहा कहा कहा खर्च हुन्छ त? त्यहि सस्था भित्रका पदाधिकारि एबम सदस्यहरुलाइ अत्तोपत्तो छैन। हुदैन पनि।
मतलब सिमित मानिसको बोलवाला, रेखदेख, मेजमानिमा खर्चिने गरिएको छ त्यो रकम। यो त एउटा पर्खालको एक पाटा मात्रै हो। अर्कोतिर चुनाबमा उम्मेद्वारबाट उठाइने उम्मेदवारि शुल्कको रकम त्यत्तिकै डरलाग्दो छ र मोटो रकम उठ्ने गर्दछ। त्यसैगरि बिभिन्न मुलुकका राष्ट्रिय शाखाबाट सदस्यता बापत उठाइने ५० प्रतिशत रकम अर्को ठुलो धनराशि करोडौ रुपैयालाइ हेर्दा एन आर एन आइ सिसि आर्थिक हिसाबले एउटा रकमि सस्था र ठुलै रकम चलखेल गर्ने सस्थाको रुपमा रहदै आइरहेको छ। यसका अलावा आफ्ना मनखुशि र राजिखुशिले आर्थिक भोलिन्टियरको रुपमा उठ्ने र जम्मा हुने रकमको हिसाबकिताब गर्दा एन आर एन आइ सिसिको दुइ बर्षे कार्यकालमा करोडौ करोडौ रुपैयाको खाइखेलि गर्ने र मोज गर्ने अखडाको रुपमा स्थापित भयो। एकातिर यत्रा रकमको हालिमुहालि गर्न पाउने, अर्कातिर नाम, सत्ता र शक्तिसङ्गको पहुच, खादामाला, भाषण एबम काला रकमलाइ सेतो बनाउने प्रचुर अबसर भएपछि यो सस्थाको नेत्रित्वका लागि किन हुदैन हानथाप र करोडौ करोडौ रकमको खर्चिलो चुनाब र खर्च?
आजलाइ यसका पदाधिकारि एबम अन्य पदमा निर्वाचित एबम मनोनयन र नियुक्ति पछि तिनैबाट उठाइने महङ्गो शुल्कलाइ मुख्य अश बनाएको छु यो लेखमा।
एन आर एन आइसिसिको सभापतिले १० हजार डलर बुझाउनु पर्नेछ। यसको मतलब झन्डै ११ लाख रुपैया। उपसभापतिले ६ हजार डलर भनेपछि महिला उपसभापति सहित ३ जना उपसभापतिबाट अर्को १८ हजार डलर भनेपछि झन्डै २० लाख। महासचिबबाट ६ हजार डलर झन्डै ७ लाख रुपैया, दुइ सचिबबाट ५ हजार डलरका दरले १० हजार डलर भनेपछि झन्डै अर्को ११ लाख रुपैया, कोषाध्यक्षबाट ५ हजार डलर र सहकोषाध्यक्षबाट ४ हजार भनेपछि ९ हजार डलर अर्को झन्डै १० लाख रुपैया, महिला एबम युवा सयोजकबाट ३५ सय डलरका दरले ७ हजार डलर झन्डै ८ लाख रुपैया, त्यसैगरि क्षेत्रिय कोअर्डिनेटर ६ जनाबाट ३५ सय डलरका हिसाबले अर्को २१ हजार डलर भनेपछि झन्डै २३ लाख रुपैया, अर्को डेपुटी कोअरडिनेट ११ जनाबाट २५ सय डलरका दरले २७ हजार ५ सय डलर झन्डै ३० लाख रुपैया, त्यसैगरि डेपुटि वेमन महिला उपसयोजक ६ जनाबाट २५ सय डलरका दरले १५ हजार झन्डै १७ लाख रुपैया, डेपुटी युथ युवा उपसयोजकबाट २५ सय डलरका दरले १२ हजार ५ सय डलर झन्डै १३ लाख रुपैया उठाइने प्रस्ताब पारित गरिएको छ।
यो माथिका उठ्ने रकम यसै डरलाग्दो त छदै छ त्यो भन्दा अर्को डरलाग्दो १२० जना को अप्टेड आइ सि सि मेम्बर निर्वाचित र थप २१ जना मनोनित गरि १ सय ४१ सदस्यहरुबाट एक हजार डलरका दरले उठ्ने अर्को एक लाख ४१ हजार डलर झन्डै एक करोड ५० लाख रुपैया ठुलो रकम हो।
अब हिसाब गर्नुहोस कति रकम ऊठ्दो रहेछ त निर्वाचित एबम मनोनित पछि जम्मा भनेपछि झन्डै झन्डै २ करोड ८० लाख रुपैया यो रकममा डलरको भाउ बढ्दा ३ करोड नाघ्ने देखियो मात्र पदमा बसे बापत दुइ बर्षे शुल्क। कार्यक्रमामा जाउ, उस्तै परे नेपाल आतेजाते गर, अन्य कार्यक्रममा चन्दा देउ, आपतकालिन आइपरे थप चन्दा, प्लेन खर्च र खानपिन गर्दा एउटा सामान्य वर्किङ्ग क्लासको प्रबासिले यत्रो सेतो हात्ति सरह खर्च धान्लान त?
फेरि नामका लागि, उक्साहट, इमोशनमा आएर, अर्काले उचालिदिएको भरमा सुर्केर, मैमत्ता भै सस्थामा लाग्दा आफ्नो परिवारको, बालबच्चाको पेट, इच्छा र अबसर एबम आबश्यकता काटेर यो सस्थामा लाग्दा मात्रै हजारौ हजार डलर खोलाको बालुवामा फ्याक्नु पर्ने देखियो। तपाइसङ्ग ब्यापार छ, ब्यापारले कालो धन्दा पनि गर्ने गर्दछ, टेबुल मुनिको अर्को कमाइ छ, तपाइसङ्ग पानिमा फुल पार्ने कला छ, छक्कापन्जा गने कला छ तपाइसङ्ग, ठग्ने, ढाट्ने, फट्टाइ गर्ने र लुट्ने कला हुनु पर्दछ तपाइसङ्ग र तपाइसङ्ग दलालि गर्ने, तस्करि गर्ने धन्दा पनि छ साथमा भने मात्र तपाइ यो सस्थामा लाग्दा हितकारि देखिन्छ। पसिनाको कमाइ, परिश्रमको कमाइ र दुखि कमाइ खोलाको बालुवामा खन्याउन तपाइको न त मनले मान्दछ, न त तपाइको कमाइले नै थेग्न सक्दछ।
लेबिका नाममा, शुल्कको नाममा, चन्दाको नाममा, यो सस्थाको बार्हमासे कार्यक्रममा दौडधुपमा लाग्ने खर्चले तपाइको समुन्नतिमा धक्का लाग्न जान्छ। तपाइको कुरा नसुनिने, तपाइले सस्थामार्फत कमाउन नसक्ने र नचाहने, तपाइको नियमित कमाइले नधान्ने चुहिएको र पिध प्वाल परेको लोटामा कतिदिनसम्म तपाइ पानि भरिरहनु हुन्छ? यो ठग, दलाल र तस्करहरुले मात्र थेग्न सक्ने चौतारि हो र तपाइ इमान्दार प्रबासिको खर्च र समयको नास मात्रै हो।
त्यसैले अर्काको लहैलहैमा लागि इमोशनमा आएर आफुलाइ बर्बादि बनाउने र तपाइ र तपाइको परिवारको समुन्नतिको ड्रिममा यो वाहियात खर्च गरि आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम रोक्नुहोस।