एस डी अर्पण
२० अप्रिल, वार्सवा । इसाई क्याथोलिक धर्मावलम्बीहरुको एक प्रमुख चाड इस्टरको रुपमा लिइन्छ । इसाईहरुले २००० वर्ष पहिले जन्मेका जिसस क्राइश्टलाई देउताको अवतार मानेर तिनै क्राइश्टको अन्तिम दिनको सम्झनामा इस्टरलाई बिशेष महत्व दिईन्छ । इस्टरलाई इसाईहरुले वसन्त ऋतु सुरुवात गराउने चाडको रुपमा पनि हेर्दछन् । पश्चिमाहरुले क्राइश्ट जन्मिनु भन्दा पहिले नै एस्त्रो भन्ने देवीको पुजाआजा गर्दथे जसलाई वसन्त ऋतुकै देवी मानिन्थ्यो । तिनै एस्त्रो कै नामबाट नै इस्टर पर्वको नाम रखिएको मानिन्छ । त्यस समय के पनि विश्वास थियो भने सुर्य जाडो मौसममा मृत्यु भएर गर्मीमा पुनर्जन्म लिन्छ त्यसैले सुर्यमा पुन: नयाँ उर्जा आउँदछ । त्यस समय के पनि विश्वास थियो भने सुर्य जाडो मौसममा मृत्यु भएर गर्मीमा पुनर्जन्म लिन्छ त्यसैले सुर्यमा पुन: नयाँ उर्जा आउँदछ ।
इसाइहरु क्रिसमस डिसेम्बर महिनाको २५ तारिख माने जस्तै इस्टरलाई वसन्त ऋतु सुरु भएको २१ मार्च देखि २५ अप्रिल सम्म पूर्ण चन्द्रमा भएको पहिलो आइतबार दिन मान्नु पर्छ भन्नेमा एकमत छन् । त्यसैलाई कतिपयले यो चाडलाई चालु चाडको नाम पनि दिएका छन्। उदाहरणको लागि पश्चिम युरोपियन देश बेलायतमा सन् २०१२ मा अप्रिल ८ तारिखमा इस्टर मनाइएको थियो। त्यस्तै पूर्वीय युरोपियन देशका चर्चहरुमा अप्रिल १५ मा मनाउनु पर्छ भन्ने थियो । यस्तो हुनुमा कारण पश्चिमाहरुले प्रयोग गर्ने गार्जियन क्यालेन्डर, पूर्वीयहरुले प्रयोग गर्ने जुलियन क्यालेन्डर भन्दा फरक थियो । विश्वभरीका इसाइहरुले मनाउने इस्टर देश अनुसार मनाउने आ–आफ्नै तरिकाहरु होलान्, यहाँ पोलिशहरुले मनाउने इस्टरको बारेमा थोरै चर्चा गर्न खोजिएको छ ।
पोल्याण्डमा इस्टर रोमन क्याथोलिक क्यालेन्डर अनुसार हरेक वर्ष अप्रिल महिनामा बिशेष महत्वका साथ मनाइञ्छ । इस्टरलाई पाम सन्डे (हत्केला आइतबार) या शुद्द आइतबार को नामले पनि चिनिन्छ । पोलिश इस्टरको एक हप्ता अघि देखि नै यस चार्डको तयारी गर्दछन् । प्राय: पोलिशहरुले हप्ताको सुरुवात हुनु भन्दा अघिल्लो शनिवार देखि नै पाउरोटीहरु पकाउने एवं उसिनेको अण्डाहरु रंग्याउन तिर लाग्छन् भने केहिले शुक्रबार देखि तयारी गर्दछन् । परम्परागत रुपमा अण्डाहरु प्याजको बोक्रालाई उसिनेर रंग्याउने प्रचलन छ भने आजभोली आधुनिक तरिकाले रंगहरुको प्रयोग गर्नेहरुको संख्या बढ्दै छ । यसरि रंग्याईएका अण्डाहरुलाई पोलिश भाषामा पिसानिक भनिन्छ । केहि परम्परागत रुपमा मनाउने गाँउहरुमा इस्टरको दिन पकाउन बन्देज गरिएको हुन्छ । यदि कुनै गृहिणीले यो नियमको उलंघन गरेमा ठुलै संकट आइपर्ने विश्वास गरिन्छ । यति सम्मकि खाना पकाउने गृहिणीको तलाउमा डुबेर मृत्यु पनि हुन सक्छ ।
इस्टर पर्वको शनिवारलाई विशेष रुपमा हेरिन्छ, यस दिन बिहानै विश्व भरिका चर्चहरुमा पादरीहरुसंगै सबै इसाई धर्मावलम्वीहरुले टोकरीमा विभिन्न परिकारका खानाहरु जस्तै पाउरोटी, केक, विभिन्न रंगहरुले सजिएका अण्डाहरु, मुला, ससेज, नुन, क्याप्सिकम इत्यादी लिएर जान्छन् ।
आइतबार सबै परिवारका सदस्यहरु बसेर मिस्ठान्न भोजन गर्दछन्। यस दिन पनि बिहान चर्च गएर आउछन् र रंगीबिरंगी सजाईएका अण्डाहरु, चिसो खाना, सलाद, ससेजहरु, हामहरु खानेकुरा हरु खाना खाने टेबलमा राख्दछन् । दिउसो खाने खानाहरु प्राय: चिसो नै हुन्छन किनकि त्यस दिन खाना पकाउन भान्सामा बन्देज गरिएको हुन्छ ।
इस्टरमा तयार परिने केहि प्रमुख खानाहरु यस्ता छन्
१) भेजीटेबलको जराहरु पकाइएको सलाद
२) जंगली च्याउको अचार
३) बंग्गुरको मासु
४) उसिनिएर रंग्याईएका अण्डाहरु
५) तुना माछाको सलाद
६) आलुसंग साधेको ससेज
७) इस्टर केक
८) माछाका परिकारहरु
९) परम्परागत रुपमा बनाइएको केक
पोल्याण्डमा इस्टरको अन्तिम दिनलाई भिजाउने दिनको रुपमा लिईन्छ, यस दिन केटाहरुले बाल्टी या पिच्कारिमा पानी राखेर आफुलाई मनपरेको केटीहरुले छ्याप्ने प्रचलन छ । अर्को मंगलबार भने केटिहरुले केटाहरुलाई पानी छ्यापेर भिजाइ दिने गर्दछन् । कतिपयलाई त सुतिराखेकै ठाउँमा गएर भिजाइदिने पानी गर्दछन् । यसरी पानीले छ्याप्नेहरु कतिपय मन परेर बिहे पनि गर्ने गर्दछन् । आज शनिवार देखि सुरु भएको इस्टर ३ दिन सम्म चल्नेछ, यो समयमा साना पसलहरु बाहेक सुपरमार्केट, रेस्टुरेन्टहरु बन्द भए संगै क्रिसमसमा जस्तै लामो छुट्टि भएको छ ।