नेपालको भू-उपग्रह नेपालीस्याट-१ अमेरिकाबाट प्रक्षेपण

१८ अप्रिल, वार्सवा । नेपालको पहिलो अन्तरिक्ष स्याटेलाइट अर्थात् भू-उपग्रह नेपाली समय अनुसार बिहान २:३५ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको तटस्थित नासाको प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो। NepaliSat-1 (नेपालीस्याट-१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ जुन केहि समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ। सो विमानले नेपालसंगै जापान र श्रीलङ्काका गरी तीन वटा भू-उपग्रहहरुलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने बताइएको छ । निकै सानो अर्थात नानो आकारमा निर्माण गरिएको भू-उपग्रहको तौल करिब एक कोलिग्रामको छ, जुन जापनस्थित क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरहरु हरिराम श्रेष्ठ र आभाष मास्केको सहयोगमा नेपालले पहिलोपटक भू-उपग्रह निर्माण गरेको हो। नेपाल सरकारले ती बिद्यार्थीहरुलाई दुई करोड रुपैंया गरेको थियो । भू-उपग्रह निर्मण गरेका बैज्ञानिकहरुले नेपाल सरकारको यो पहिलो पाइला भएको र अझै लामो समयसम्म अन्तरिक्षमा भू-उपग्रह राख्ने चुनौती पनि रहेको बताएका छन् ।

Untitled-4-copy

उनीहरुका अनुसार सुचना प्रबिधिमा अझै धेरै कामहरु गर्न बाँकि छ जसको लागि नेपाल सरकारले बिज्ञान प्रविधिमा लगानी तथा काम गर्ने वातावरणको आवश्यक छ । नेपालले पठाएको भू-उपग्रह केहि समयसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेने र पछि अन्तरिक्षमा घुम्न थाल्नेछ । यो भू-उपग्रहको मद्दतले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ, जसलाई सञ्चारमाध्यममा छाप्न उपयुक्त हुने हुनेछन्। नेपालीस्याट-१ भू-उपग्रह लामो समयसम्म अन्तरिक्षमा भने रहने छैन, यसको समयावधि करिब तीन महिनादेखि एक वर्षसम्म हुनेछ । लामो समय सञ्चालनमा रहने भू-उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने हुन्छ। नेपालको पहिलो प्रयास सानै आकारको भए पनि नेपाली भू-उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन्।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.