जनसम्पर्क समिति पोल्यान्डको अधिबेशनमा नेपाली काङ्ग्रेसका प्रभावशाली युवा नेता गगन थापा आउने

कलश खरेल

FB_IMG_1555535542749

नेपालको पुरानो एबम माउ पार्टी नेपाली काङ्ग्रेसका आङ्गीक एबम भगिनी सस्था युरोपका विभिन्न रास्ट्रमा कृयाशिल छन् ।ती मध्य तिब्र बिकासको पाइला चालिरहेको पोल्यान्डमा पनि नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिती पोल्यान्ड झन्डै ७ बर्षदेखि जबर्जस्तरुपमा कृयाशिल छ। नेपालको लामो र गौरबमय ईतिहास बोकेको पार्टीको भगिनी सस्थाको रुपमा पोल्यान्डमा सकृय रहि जनहितमा काम गर्दै आइरहेको जनसम्पर्क समिती पोल्यान्डले  आउदो मे एक तारिखका दिन दोस्रो अधिबेशन गर्ने निणय गरेको छ।

२०१२ मा प्रजातन्त्र एबम लोकतन्त्र प्रति लगाब र आस्था राख्ने गहन एबम बिकासप्रेमी महिला नेतृ डाक्टर एलिनी पोखरेलको सभापतित्वमा  जीवन के.सि,गुरुदेब पौडेल ,श्री कृष्ण न्यौपाने सहित गठन भएको थियो भने हालसम्म पनि उहाँकै नेतृत्वमा उप सभापति जीवन के.सि,महामन्त्री नारायण चालिसे एबम कार्यसमिती सदस्य नरेस साप्कोटा,प्रबक्ता नुमानाथ न्यौपाने ,होमनाथ सापकोटा केशब पन्थ,सुरेन्द्र आचार्य र अनिल थापा सहितका उर्जाशिल व्यक्तित्वको संरचनामा कृयाशिल छ साथै मेघमान जोशी कोषाध्यक्ष कविन्द्र सुवेदी सहसचिब एव सदस्यहरू राम चन्द्र न्यौपाने , सोम सैन्जु जस्ता उर्जाशील व्यक्तिहरू जसले सस्थालाइ दरबिलो र मजबुत बनाउन अहम भुमिका निभाइरहेको समिती बताउछ।
सभापती पोखरेलका अनुसार पोल्यान्डको राजधानी वारसवा बाहिर रहेर पनि सस्थाको सदैब भलाइका लागि अहोरात्र तल्लिन हुनेमा चतुरमान तामाङ्ग,बालकृष्ण ,प्रबल भट्टराई ,भिम बहादुर परियार लगायतका युबाहरु अग्रणी स्थानमा देखिन्छन ।खासगरी पोखरेल जुझारु एबम कट्टिबद्ध भएकै कारण धेरै नेपालीहरुले पोल्यान्डमा पीडा र बेदनाको भुमरिमा फसिदा घाउमा कैयौ पटक मलम लगाउने उत्कृष्ट कार्य उनैबाट सम्म्पन भएका ज्व्लन्त उदारहण छन् ।कतिपय अबस्थामा नेपालबाट दलाल र मानब तस्करीको जालमा फसि पोल्यान्ड आइअपुगेका नेपालीलाइ सुरक्षित अवतरण गराउने अभियान चलाएर मानबिय साहयतालाई पोखरेलले सारत्व प्रदान गरेकी छन् भने अनेकौ लोभ लालच देखाएर रातारात करोडौं कमाउने तर नेपालीको जीवन तहसनहस गराउने गैर मानबिय प्रबृत्ति बिरुद्ध बिगत देखिनै आबाज उठाउदै आएको सभापती पोखरेल बताउछिन।डा पोखरेल भन्छिन”अनेकौ भ्रामक सपना देखाएर पोल्यान्डमा ल्याउने र सहयोहको सट्टा नेपालीलाई नै चरम शोषण गर्ने प्रथा र प्रबृत्तिका विरुद्ध हामिले बिगतदेखि नै निन्दा गर्दै आएका छौ र गर्दै जाने छौ”।नेपाली युबायुबतिलाइ अनाधिकृत उपयोग गर्ने अस्त्र केबल पोल्यान्डमा मात्र हैन युरोपका धेरै देशमा कृयाशिल छ जुन बेथितिलाई निमिट्यान्न पार्न कट्टिबद्ध भएको पोखरेलको भनाइ थियो।नेपाल सरकारका उच्च पदस्त अधिकारिहरुको पोल्यान्ड भ्रमणका क्रममा समग्र बस्तुगत अबस्थाको पनि समय -समयमा समितिले ध्यानाकर्षण गराएको पोखरेलको कथन छ।अधिबेशनको पुर्ब सन्ध्यामा समितिले पोल्यान्डमा छरिरहेर रहेका इच्छुक नेपालीलाई आवद्धता दिने अभियान तिब्र रुपमा अगाडि बढाएको छ भने आबद्ध हुन चाहाने प्रजातन्त्रप्रति आस्थाबान व्यक्तिहरुलाई सदैब ढोका खुला रहने समितिले जनाएको छ।
received_2051432081598976

खासगरी गगन थापाको प्रमुख आतिथ्य एबम जनसम्पर्क समिती युरोपका दिल गुरुङ्गको उपस्थितिमा सम्पन हुने उक्त अधिबेशनमा पानी अभियान कर्ता एबम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका केन्द्रिय उपाध्यक्ष मित्र लाल पार्देको सम्योजकत्वमा दुर्गा पन्थ र मनोज भट्ट सहितको ३ सदस्यीय निर्बाचन कमिटी समेत गठन गरिएको छ
FB_IMG_1555536766945.jpg
मे १ तारिख १२ बजे देखि dom Nauki,ul.schroegera 82,वारसवामा हुने अधिबेशन भब्य-सभ्य रुपमा सम्पन गर्न सम्पुर्ण पोल्यान्डबासी नेपालीको उच्च सहयोग र साथ रहने आयोजकको अपेक्षा रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.