पोल्यान्डको राजधानी वारसवामा गैर आवासीय नेपाली संघ पोल्यान्डको आयोजनामा नेपाली नयाँ वर्ष २०७६ को अवसरमा शुभकामना एवं साङितिक कार्यक्रम सप्पन्न भएको छ ।
कोहि दुख अप्ठ्यारो पर्दा सहज होस् भन्दै इमर्जेन्सी फन्ड स्थापना सहयोगार्थ कार्यक्रममा स्थानीय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । विभिन्न क्षेत्रबाट उपस्थिति भएको उक्त कार्यक्रमको प्रमुख अतिथी एन आर एन ए पोल्यान्डका संरक्षक डा बोधराज सुवेदी थिए र उनले उक्त कार्यक्रममा शुभकामना दिनुका साथै गैर आवासीय नेपाली संघ पोल्यान्डले नेपालमा निर्माण गर्न लागेको स्कूलको बारेमा जानकारी गराएका थिए । स्मरण रहोस् गैर आवासीय नेपाली संघ पोल्यान्डको लागत २५ लाखमा भुकम्प पिडित दुर्गम गाउँ दोलखामा स्कुल निर्माण प्रक्रिया अगाडि बढिरहेको छ ।
एन आर एन ए पोल्यान्डका अध्यक्ष गोपाल राइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष नरेश सापकोटाले शुभकामना सन्देश दिएका थिए । बिबेक पौड्यालले सन्चालन गरेको कार्यक्रममा अतिथिहरु पानी अभियान कर्ता एवं इनास ग्लोबल उपाध्यक्ष मित्र लाल पार्दे पत्रकार समिती पोल्यान्ड अध्यक्ष कलश खरेल , जनसम्पर्क समिती पोल्यान्ड सभापति डा अलिनी पोखरेल सुवेदी इनास पोल्यान्ड उपाध्यक्ष रिता न्यौपाने लगायतले आ आफ्नो मन्तब्य व्यक्त गरेका थिए । सानी बच्चा रिजन न्यौपानेको स्वागत नाचबाट शुरु भएको एन आर एन ए पोल्यान्डको कार्यक्रममा अतिथिहरु गुल्मी समाज पोल्यान्ड अध्यक्ष प्रकाश तिवारी , प्रवासी नेपाली एकता मंच पोल्यान्डका अध्यक्ष टंक कटुवाल , व्यवसायी समिती पोल्यान्डका अध्यक्ष आनन्द घिमिरे लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो ।
गैर आवासीय नेपाली संघ पोल्यान्डको शुभकामना एवम साङितिक कार्यक्रममा ब्लिस ग्रुपका रबि शाह , बिबेक पौड्याल सबिन घिमिरेले विशेष सहयोग गरेका थिए । चनु लामा , नवीन पुलामी लगायत दर्जनौ कलाकारको गीत एवं नाचले बिशेष रौनक्ता थपेको थियो भने बिवश तिमिल्सिनाको गजलले छुट्टै साहित्यिक आनन्द दिएको थियो ।
कार्यक्रम सफल पार्न सल्लाहकार राजु के सि उपाध्यक्ष जीवन केसि भिम बहादुर खड्का कबिन्द्र सुवेदी चतुरमान लगायतले मेहनत गरेका थिए । उक्त कार्यक्रममा कोषाध्यक्ष भिम बहादुर खड्काले झन्डै १ लाख ज्लोटी बराबर आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रम प्रायोजकहरुमा लिटल इन्डिया , सगरमाथा नेपाल रेस्टुरेन्ट , लालीगुरास रेस्टुरेन्ट , हिमालयन यति रेस्टुरेन्ट , हिमालयन रेस्टुरेन्ट एन्ड बार , खिमिलार्ना , भिन्तुना रेस्टुरेन्ट, स्नेहा टच अफ इन्डिया रेस्टुरेन्ट उज , आरोमा टेस्ट रेस्टुरेन्ट , म्याजिक मसला म्याङो करि लगायत विभिन्न व्यक्तित्वहरुको व्यवसायी कम्पनीले गरेका थिए भने उक्त कार्यक्रमको मिडिया पार्ट्नर पोल्यान्ड नेपाल थियो ।
संगम राई , सन्तोष अधिकारी , प्रतिमा थापा , गौरव गिरी, मेलिना पौडेल, जस्मिन महर्जन, निराजन नगरकोटी राहुल रायमाझी , संगम राई जस्ता कालाकरहरुको नाच एवं गीतले कार्यक्रममा रमाइलो थपेको थियो ।
स्मरण रहोस् उक्त कार्यक्रममा डा बोधराज सुबेदीले क्वीज कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रममा धन्यवाद ज्ञापन अध्यक्ष गोपाल राइले दिएका थिए ।
साझ ७.३० बजेबाट कार्यक्रम शुरु भएको बिहान झन्डै २.३० बजे सम्म चलेको थियो ।