कलश खरेल
बिगत लामो समय देखि पोल्यान्डमा समस्त नेपालीको आस्थाको केन्द्र रहि आएको गैर आबासिय नेपाली सघ पोल्यान्डले बिगतका बर्षहरु जस्तै यस बर्ष पनि नयाँ बर्षको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरेको छ।तुलनात्मकरुपमा यो कार्यक्रम बिगतको भन्दा अति महत्वपूर्ण र ओजपुर्ण छ जहाँ समस्त नेपालीको बज्रपातपुर्ण पीडालाइ मत्थर गर्ने एबम आलो घाउलाइ मलमपट्टि लगाउने तार्किक उद्देश्य रहेको छ।सत्कार्य र सार्वजनिक सरोकार राख्ने गौरबपुर्ण तद कार्यक्रमलाई सफल बनाउन सम्पुर्ण पोल्यान्डबासी नेपालीको भुमिका सह्रानीय रहनेछ।आइतबार साझदेखि सुरु हुने उक्त कार्यक्रममा यथासक्य समस्त नेपालीहरु उपस्थित भै राहातकोष केन्द्रित मिसनलाइ निस्कर्षमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेलौ।काम र व्यस्ततालाई साझको केही घन्टा स्थगित गरि तद कार्यमा थोपा -थोपा सहयोग गरि सागर बनाउने अभियानमा सरिक होउ।