कलश खरेल
१३ अप्रिल, वार्सावा । लामो समय देखि गायिका सम्झना भण्डारीले नेपाली समाजमा चलनचल्तीमा आइरहने मौलिक भाकालाई गीतमार्फत मुखारित गरेकी छन् जुन आम नेपाली दर्शक श्रोताले अन्तरमनदेखी मन पराएका छन् । उनका हरेक गीतमा सकारात्मक भाव सहितको ठट्यौली शब्दहरूले गीतलाई थप रङ्गिन बनाउने गरेको छ।पछिल्लो कडिको रुपमा बजारमा आएको कार्न माया मारिछौ भन्ने बोलको नामक गीति सङ्ग्रह पनि यथेष्ट ठट्यौली शब्दले भरिपुर्ण छ।चर्चित गायक पशुपति शर्माको शब्द -सङ्गीतमा गायिका भण्डारी र स्वयं शर्माकै समधुर आवाजले एल्बम थप रङ्गिनमय बनेको छ भने अभिनय पनि स्वयं शर्मा र भण्डारीले नै गरेका छन्।लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यस एल्बमलाई पृथ्वी इन्टरटेन्मेन्ट प्राली ले बजार ब्यबस्थापन गरेको छ।