कलश खरेल
पछिल्लो तथ्यांकअनुसार नेपालीहरु युरोपका विभिन्न देशमा आउने क्रम निकै वृद्धि भैरहेको छ जहाँ पोल्यान्ड पनि अग्रभागमा आउँछ।२०१७-२०१८ मै नेपाली सख्या पोल्यान्डमा उच्च तहमा पुगेको बुझाइ छ।यकिन तथ्यांक उपलब्ध नभएपनि ५०००-७००० नेपालीको संख्या यहाँ भएको अनुमान गरिएको छ।संख्या वृद्धि भएसङ्गै नेपाली समुदायको सकृयता एबम जागरुपता पनि उत्साहजनक भएको पाइएको छ।नेपालबाट भिन्न उद्देश्यसहित पोल्यान्डमा प्रवेश गरेका नेपाली मध्य केहिले आफ्नै ब्यबसाय सन्चालन गरि नेपाली युबायुबतिलाई नै रोजगार उपलब्ध गराइ आर्थिक समृद्धिको बाटो पहिल्याउन सफल भएका छन् जुन आम नेपाली जगतको लागि प्रेरणादायी छ।केही तथ्यांकमा आधारित रहेर बिश्लेण गर्दा होटल हिमालय यति अग्रपंक्तिमा पर्छ जहाँ उच्च संख्यामा नेपालीहरुले रोजगारीको अबसरलाइ सदुपयोग गरिरहेका छन् भने सगरमाथा नेपाल रेस्टुरेन्ट ,म्याङ्गो करि रेस्टुरेन्ट ,बासमती रेस्टुरेन्ट ,लालिगुरास रेस्टुरेन्ट ,स्पाइसी गार्डेन रेस्टुरेन्ट ,एके आडिया मेकर कन्सलटेन्सी, एस एम एस सर्भिस लगायतका होटल तथा कम्पनिमा नेपाली कामदार नै अग्रपंक्तिमा देखिएका छन। यसरी बस्तुगत पाटोलाइ केलाउदा नेपालीहरु रोजगारी सङ्गैसङ्गै आफनै ब्यबसाय क्षेत्रलाई पनि संख्यात्मकरुपमा फराकिलो बनाउदै लगेको पाइन्छ।अर्को तर्फ सामाजिक एबम राजनितिक गतिबिधिले पनि तिब्रता पाएका छन। माउ सस्था गैर आबासिय नेपाली सघ पोल्यान्ड बिगत लामो समय देखि स्थापित छ भने अन्य सस्थाको गतिबिधी पनि व्यापक हुँदै गएको छ।नेकपा एमाले माओवादी निकट प्रबासी नेपाली एकता मन्च तथा नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिती पनि सक्रियताकासाथ सकारात्मक भाब सहित राजनितीक गितिबिधी बढाउदै लगेका छन भने केही समय अघि गठन भएको गुल्मी समाजले छोटो समयमै कृयाशिलता उजागर गरि लोककल्याणकारी कार्य अगाडि बडाएर उदारहणिय नमुना पेश गरेको छ।यसैगरी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज शाखा इनास पोल्यान्डले पनि नभ प्रतिभाबान कलाकारलाई खोजबिन गरि प्रतिभाको उजागर गर्ने देखि गीत सङ्गीत एबम नेपाली सस्कृती -परम्परालाइ जिबन्त राख्न उल्लेख्य भुमिका निर्बाह गरेको छ।केही समय अगाडि गठित पत्रकार समिती पनि सूचना एबम सन्चार प्रबाहलाइ पोल्यान्डमा प्रभाबकारी एबम तेजस्वी बनाउने अभियानमा सारत्व प्रदान गर्न विभिन्न मिडियामा आबद्ध पत्रकारलाई गोलबन्द गरि घनिभुतरुपमा अग्रसरता लिएको देखिन्छ भने हालै गठित नेपाली टोपी प्रतिस्ठान पोल्यान्ड शाखाले पनि नेपालको गौरबमय इतिहास बोकेको राष्ट्रिय चिनारी टोपिलाइ प्रचार गरि सम्बर्द्धन एबम प्रबर्द्धनमा बेजोड कृयाशिलता देखाएको छ।शेर्पा समाज पनि उत्तिकै कृयाशिल छ जसले समयानुकूल आफ्नो चाड-पर्बलाइ मध्यनजर गरि स्तरिय कार्यक्रम सन्चालन गर्दै आएको छ भने हालै मात्र गठित नेपाली ब्यबसायी सघ पोल्यान्ड पनि नेपाली मुलका ब्यबसायिलाइ एकीकृत गर्न कटिबद्धरुपमा लागेको देखिन्छ। अर्को तर्फ युरोपियन रास्ट्रमै नेपालिको पहिचान र बिरतालाइ उचो राख्न नेपाली फुटबल टिम ब्रदरहुड टिमले पनि यहाँ सराहनिय खेल प्रदशन गर्दै आएको छ।सतहिमा बिश्लेण गर्दा नेपाली आवद्ध ब्यबासाय एबम सघ-सस्था बृर्द्धीले नेपालिको संख्या तुलनात्मक रुपमा वृद्धि भएको सहजै अनुमान लगाउन सकिन्छ।