कलश खरेल
नेपालीहरुको नयाँ बर्षलाइ देश -बिदेशमा रहेका नेपालीले भब्य स्वागत गर्ने तयारी गरिरहेको परिपेक्षमा गैर आबासिय नेपाली सघ पोल्यान्डले पोल्यान्डमा भब्य- सभ्यताका साथ मनाउने उदघोष गरेको छ।खास गरि प्राकृतिक बिपत्ती,दैबिक प्रकोप एबम कुनै आकस्मिक घटनाबाट हुने पिडित जुन सुकै व्यक्तिको सहयोगार्थ आकस्मिक फन्डमा रकम जम्मा गर्ने एन आर एन पोल्यान्डको मुलभुत उद्देश्य रहेको छ।पोल्यान्डमा अभिभावकीय सस्थाको रुपमा दर्ज भएको एन आर एन बिगतमा पनि यस्तै सहरानीय एबम प्रशमसनिय कार्यहरु गर्दै आएको छ जहाँ पीडितको घाउमा मलम लगाउने काम भएको छ ।
आउदो अप्रिल १४ तारिख हुने विशेष सास्कृतिक कार्यक्रममा धेरै भन्दा धेरै नेपालीहरुको उपस्थिति तद कार्यको लागि अत्यन्त महत्वपूर्ण हुने एन आर एन को अपेक्षा छ। एउटा पिडितले राहतको लागि उपयुक्त छहारी खोजेको हुन्छ जहाँ छटपटाइ रहेको जीवन केही हदसम्म भए पनि उज्यालो किरणमा सामिप्य हुन सकोस भन्ने विशेष चाहना राख्दछ।पिडितहरुको अँध्यारो पर्खाललाई पन्छाएर आशाको दियो जलाउने एन आर एन ए पोल्यान्डले जुन अगुवाइ गरेको छ। उक्त कार्यमा सम्पुर्ण पोल्यान्डबासी नेपालीले होस्टेमा हैसे गर्दै सहयोगको भावना उजागर गर्नु सम्बन्धित सबैका लागि फलदायी हुने देखिन्छ।