०८ अप्रिल, वार्सवा । रुपाकोट सेवा जापानले मृगौला पिडित एक जनालाई २ लाख रुपैया भन्दा बढि सहयोग गरेको छ । अस्ति अप्रिल ५ तारिख शुक्रबार बुटवल अनलाईनमा प्रकाशित समाचार अनुसार सेवाले बुटवलमा एक कार्यक्रमको आयोजना गरी गुल्मी चन्द्रकोट गाउपालिका वडा नं. ७ रुपाकोटका गोपाल वि.क. लाई २ लाख १९ हजार १ सय रुपैया सहयोग गरेको भनेर जनाईएको छ।
समाजका अध्यक्ष विष्णु भण्डारीले उक्त रकम पिडित वि.क.लाई प्रदान गरेका हुन् । वि.क.का दुवै मृगौला फेल भएपछि उनलाई बचाउन रुपाकोटकै हरी प्रसाद भण्डारीले विशेष अभियाननै सञ्चालन गरेका थिए । वि.क बुटवलको सिद्धबाबा अस्पतालमा मृगौला डायलासिस गराइरहेका छन् । आर्थिक समस्या भएपछि उनको उपचारका लागि अभियान नै सञ्चालन गरेर रकम प्रदान गरिएको सेवाका सामाजिक अभियन्ताले जानकारी गराए ।