पत्रकार समिती पोल्यान्ड तथा नेपाली टोपी प्रतिष्ठानको शुभकामना एबम चियापान कार्यक्रम सम्पन्न

कलश खरेल

received_268344157375938.jpeg
आउदै गरेको नेपाली नया बर्ष २०७६ को उपलक्ष्यमा नेपाल पत्रकार समिती पोल्यान्ड र नेपाली टोपी प्रतिस्ठान शाखा पोल्यान्डले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम एक अन्तरक्रिया वारसवाको स्पाइस गार्डेन रेस्टुरेन्टमा सम्म्पन भएको छ।खासगरी बिगतमा भएका कमिकमजोरी सच्चाउदै सम्मुनत दिशा पहिलाउने उदघोष सहित नया बर्षलाइ भब्यरुपमा स्वागत गर्ने प्रचलन छ।त्यसैको कडिको रुपमा कार्यक्रमको आयोजना गरिएको थियो।उल्लेख्य सहभागीता रहेको कार्यक्रममा प्रमुख अतिथी पानी अभियानकर्ता मित्रलाल पार्देले बिगतमा भएको कटुतालाइ मित्रतामा बदल्दै भाइचाराको बिकास गर्नु पर्नेमा जोड दिएका थिए भने नेपाली एकता प्रबासी मन्च पोल्यान्डका संयोजक टंक कटुवालले नया बर्ष सबैका लागि उन्नति गर्ने ढोका बनोस भन्दै शुभकामना दिएका थिए।उक्त अबसरमा नेपाली व्यावसायि संघ पोल्यान्डका अध्यक्ष आनन्द घिमिरेले नयाँ बर्षले आशाको उज्यालो दियो पहिल्याउन सफल होस भन्ने शुभकामना व्यक्त गरेका थिए।त्यसै गरि कार्यक्रममा बोल्दै सगरमाथा नेपालका सन्चालक होमनाथ सापकोटाले सबल नेपाल -सम्मुन्न्त नेपालका लागि नया बर्षमा सबैबाट सक्रियता बढोस भनी कामना गरेका थिए ।

कार्यक्रमको सभापतिद्दय डा टोपी प्रतिष्ठानका संयोजक डा बोधराज सुवेदी र पत्रकार समिती पोल्यान्ड अध्यक्ष कलश खरेलले गरेका थिए ।उक्त कार्यक्रममा नेपाली व्यवसायी संघ पोल्यान्डका सचीव बिनोद आचार्य , नमस्ते पोल्यान्डका एवं पत्रकार समिती पोल्यान्ड सदस्य खगराज जिरेलले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
पत्रकार समितिका सचीव सुसन परियारले चलाएको कार्यक्रममा बिबिध समसामयिक विषयहरुमा छलफल भएको थियो ।
received_322725271720477.jpeg

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.