हार्दिक आभार
यहि ३० र ३१ मार्चमा अन्तराष्ट्रीय नेपाली कलाकार समाज बेल्जियमले इनास युरोपको संयोजकत्वमा आयोजना गरेको सातौ युरोपियन सम्मेलन अन्तरगतको सातौं युरोपियन एकल नृत्य प्रतियोगिता र चौंथो एकल गायन प्रतियोगिता भब्य रुपमा सफल भएको छ। यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण टिम धन्यबादको पात्र हुनुहुन्छ।हाम्रो आतिथ्यता स्विकार गरी आउनुभएका आदरणीय अतिथीज्यूहरु , इनास ग्लोबल, इनास युरोप तथा बिभिन्न देशबाट आउनुभएका इनासका प्रतिनिधीहरु,निर्णायकमण्डल, बाद्यबादक कलाकारहरु,प्रतियोगी कलाकारहरु,यस इभेन्टका प्रायोजकहरु, टिकट ब्यबस्थापन टिम,क्याटरिङ टिम , यातायात ब्यबस्थापन टिम , मिडिया पार्टनरहरु, फोटोग्राफरहरु, मेकअप तथा ब्याकस्टेज स्वयंसेबकहरु, लगायत सम्पूर्ण इनास बेल्जियम कमिटी र स्वयमंसेबक
भाइबहिनीहरु प्रति इनास बेल्जियम कमिटी हार्दिक आभार ब्यक्त गर्दछ। कला संस्कृतीलाई प्रोत्साहन गर्ने क्रममा यहाँहरु सबैको सहयोग यसैगरी भबिष्यमा पनि पाइरहने अपेक्षाका साथ यहाँहरु सबैलाई हामी हार्दिक धन्यबाद ब्यक्त गर्दछौं।
अध्यक्ष श्याम श्रेष्ठ
महासचिव बिनिता रिमाल