पोल्याण्डको वास्तविकता बुझेर मात्र भिसा आवेदन दिदा उपयुक्त

कलश खरेल
०६ अप्रिल, वार्सवा । युरोपिन युनियनको सकृय सदस्य राष्ट्र पोल्यान्ड पछिल्लो चरणमा तिब्र विकासको चरणमा छलाङ्ग मारेको छ। स्वास्थ ,शिक्षा ,सडक एवं संचारमा स्तरिय प्रविधिको प्रयोगमार्फत नबिनतम विकासको ढांचा तर्जुमा गरेको छ जुन उत्साहजनक छ।प छिल्लो समय एसियन राष्ट्र बङ्गलादेश,भारत,नेपाल तथा पाकिस्तान लगायतका मुलुकबाट बिधार्थी र कामदार आउनेक्रम बड्दोक्रममा छ।पछिल्लो चरणमा अनुमानित ५००० भन्दा माथी नेपालीहरु पोल्याण्डमा आइपुगेका छन्।नेपालमा रोजगारको अवसर कम हुनु र बिदेशनै पहिलो गन्तव्यमा राख्नु अन्तरनिहित कारकतत्व हुन।कतिपय अध्यन-अनुसन्धान गरेर पोल्याण्डमा प्रबेश गरेको पाइएको छ भने अत्याधिक संख्या लहैलहैमा पोल्याण्ड आएको देखिन्छ।यसरी मुलतः दुई पाटोमा विश्लेषणको अम्श बनेका छन्। यथेष्ट जानकारी लिएर पोल्यान्ड आएका युवायुवती बर्तमानमा नसकेपनी भबिस्यमा उन्न्तैको बाटो पहिल्याउने दिशामा प्रयन्तरत छन भने भ्रमको चपेटामा आकर्षक सपना बुनेर आएका युवायुवती चरम दोसाधमा छन।जसरी नेपालमा कम्तिमा एक लाख भन्दा माथी तलब सहज पाइन्छ र ३ बर्षमै पिआर पाइने कपोकल्पित भ्रमको द्वारमा काउन्सिलिङ्ग गरिन्छ जुन सम्बन्धित व्यक्तिको मानसपटलमा गुन्ज्यायमान हुन्छ तर पोल्यान्डको तलब मापदण्ड कम्पनी अनुसार तोकिएको हुन्छ जुन नेपालिको लागि हात्ती आयो हात्ती आयो फुस्सा भन्ने उखानले उदगार गर्छ।

tramwaj

अर्को तर्फ यहाँको रास्ट्रीय भाषा पोलिस बोलिन्छ जुन हरेक निकाय ,कार्यलय ,कम्पनी ,उधोगमा अनिवार्यजस्तै लागू गरिएको छ जहाँ अन्तर्राष्ट्रिय भाषा इङलिसलाई खासै प्राथमिकता दिएको पाइदैन। नेपालीहरुलाई भाषाको कारण पनि सम्बाद सन्चारमा निकै जटिलता देखिन्छ जसको प्रत्यक्ष असर कार्यसम्पादनमा देखिन्छ। भाषाको जटिलतालाई चिर्न कम्तिमा पनि आधारभुत बिषयमा दख्खल राखेर मात्र पोल्यान्ड यात्रा तय गर्दा प्रभाबकारी हुन्छ।पछिल्लो समय भिषा नवीकरणमा पनि अथाह समस्याले जेलिएको छ।खासगरी आबेदन दिएको ६ महिना देखि एक बर्ष,दुई बर्ष सम्म पनि अन्तिम निणय दिएको देखिदैन यद्यपि निणय दिएपनी अत्याधिकको नकारात्मक निणय दिएको देखिएको छ। परिणामस्वरूप गैरकानुनि तबरले बस्नु पर्ने वा देश छोडेर स्वदेश अलबा तेस्रो मुलुक जानू पर्ने बाध्यता अत्याधिकमा देखिएको छ। कुनै व्यक्ति भिषा नवीकरण नभएकै कारण बर्षौ सम्म घर-परिबार भेटनलाई आकाशको फल आखातरी मर भन्ने जस्तो उखान सामिप्य भैइ मनमा पिडाको बाधलाई भकारी बनाएर राख्न बिबश छ।घर फर्कौ रिणले दिनप्रतिदिन ब्याज गनिरहेको छ भने नफर्कौ प्रतीक्षा गरौ त कुरा हुन्छन खास, हुन्छ सत्यनास भन्ने सारबाट प्रताडित छ। सोचेजस्तो सरलिकरणमा नजरअन्दाज गरीए जस्तो छैन पोल्याण्ड तसर्थ कम्तिमा आधारभुत बिषयमा उचित जानकारी लिएर मात्र यहा आउदा प्रभाबकारी हुन्छ।भाषामा दख्खलता हासिल गरि सिपयुक्त बेक्तिलाइ भने पोल्यान्ड सुनमा सुगन्ध छ।तद व्यक्तिले स्तरिय होटल, कम्पनी एवं उधोग लगायतमा जागिर पाउने सम्भावना प्रबल देखिन्छ। यति दलालले खायो वा यसरी फसायो भन्नू पुर्ब कम्तिमा सम्बन्धित व्यक्ति स्वयं सचेत भैइ साबधानि अपनाउनु अपरिहार्य छ।इमिग्रेसनका अनेकन झन्जटिला बिधिका कारण पनि पीडा बल्झेको देखिन्छ। उल्लेखित बिषय र बस्तुमा यथेस्ट जानकारी हासिल गरि आउने सम्बन्धित सबैलाई फलदायी हुने देखिन्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.