नेपालको बारामा आइतबार साझ परेको बर्षा सङ्गै आएको अकस्मात हाबाहुरिले कम्तिमा २४ जनाको निधन भएको र ४०० बढी घाइते भएको सरकारी अधिकारिले पुष्टि गरेका छन।यो अत्यन्तै भयाबह र कहालीलाग्दो थियो जसकाकारण मानिसहरुमा त्राहिमाम अबस्था श्रीजना भएका एक जना प्रत्यक्ष दर्शिले बताए।राती करिब ८ बजेतिर आएको हाबाहुरिले बिधुतको पोल ढली बिधुत प्रवाह अस्तव्यस्त हुदा अत्याथिक मात्रामा मानबिय क्षति भएको थियो।हावा हुरिको प्रभाब बाराका धेरै स्थानमा भएको हुदा घाइतेको संख्या अनुमान गरे भन्दा बढी हुन सक्ने बारा प्रमुख सानुराम भट्टराईले जानकारी दिए।घाइतेहरुको उद्दार गरि स्थानिय अस्पतालमा गरिएको छ भने गम्भीर घाइतेहरुलाइ हेलिकप्टरबाट काठमाडौ लगिएको छ।यता इट्टाभट्टा पर्खाल भत्किएर धेरै मानिस पुरिएको र अबस्था अज्ञात रहेको जनाइएको छ।सरकारका प्रधानमन्त्री के.पि ओलिले तत्काल घाइतेहरुको उद्दार गरि उचित ब्यबस्था मिलाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन।साथै दु:खद घडिमा धैर्यधारण गरि प्राकृतिक बिपत्तिमा परेका जनतालाइ सहयोग गर्न सम्बन्धित सबैमा अपिल गरेका छन् ।